×

NEPAL TIMES UPDATES

Playing
आमाप्रति श्रद्धाभाव गरेर औँसी मनाइँदै, थानकोटको मातातीर्थमा मेला || Nepal Times
Apr 17, 2026
Playing
प्रधानमन्त्रीसँग मुख्यमन्त्रीले गरे गाँ जा खोल्ने प्रस्ताव || Nepal Times
Apr 16, 2026
Playing
दिपक खड्कालाई रिहा गर्न सर्वोच्चको आदेश, विदेश जान अनुमति चाहिने || Nepal Times
Apr 16, 2026
Playing
उर्जाका सबै समस्या समाधान गर्न विराजभक्तले कम्मर कसे,रोजगारी र लगानी सुनिश्चित || Nepal Times
Apr 16, 2026
Playing
के पूरक बयानका लागि ओली र लेखकलाई फेरि बोलाइन्छ ? || Nepal Times
Apr 16, 2026
Playing
Watch Top50 News Of The Day || Baisakh-03-2083 || Nepal Times
Apr 16, 2026
Playing
सम्पत्ति छानबिन आयोगको रडारमा जिवितदेखि दिवंगतसम्म,पूर्वराजाको के हुन्छ ? || Nepal Times
Apr 16, 2026
Playing
“जो जान्दछन् तिनीहरू बोल्दैनन्, जो बोल्दछन् तिनीहरू जान्दैनन्“ || Nepal Times
Apr 16, 2026
Playing
हिजोका विद्रोही गगन, आजका ’कठोर’ सभापति || Nepal Times
Apr 16, 2026
Playing
World News: वार्तामा Pakistanको ‘ब्रेक थ्रु’, ४४० किलो युरेनियम बाधक, Ukraineमा भीष*ण आ*क्रम*ण
Apr 16, 2026

मानवता मरेको छैन : हराएको ४० वर्षपछि साहुले घर खोज्दै ल्याइदिए तेजबहादुरलाई

२० भाद्र २०८१

२० भदौ, विराटनगर ।

हराएको ४० वर्षपछि एक गाउँले घर फर्किएपछि धनकुटाको महालक्ष्मी नगरपालिका-९ आहालेमा खुसी छाएको छ । चार दशकदेखि बेपत्ता बनेका तेजबहादुर भण्डारी अकस्मात बुधबार (हिजो) घर फर्किएपछि आहालेमा खुसियाली छाएको हो ।

Advertisement
Advertisement

साबिकको मूर्तिढुंगा गाविस-२ बाट १९ वर्षको उमेरमा २०४१ सालयता तेजबहादुर बेपत्ता बनेका थिए । बुधबारमात्र तेजबहादुरलाई भारतबाट उनका साहुले घर ल्याइदिएका हुन् ।

तेजबहादुरलाई उनका साहु हेमन्त चौधरीले भारतको उत्तर प्रदेशबाट सोधपुछ गर्दै यहाँसम्म ल्याइदिएको उनका दाजु प्रेम भण्डारीले जानकारी दिए ।

उनका अनुसार तेजबहादुरका साहुले नेपाल नै आएर ५० हजार दिएर बुधबार नै भारत फर्किए । चौधरीले महिनाको पाँच हजार हाल्दिने भन्दै दाजुको बैंक अकाउन्ट नम्बर लिएर फर्किएको प्रेमको भनाइ छ ।

‘भाइले एउटा कापीमा आफ्नो ठेगाना लेखेको रहेछ,’ प्रेमले नेपाल टाइम्ससँगको कुराकानीमा भने, ‘जोगबनी-विराटनगर-धनकुटा भनेर गरिएको टिपोट हेरेर साहुले सोध्दैखोज्दै ल्याइदिएका छन् । रोड परमिट थोरै हुँदा फेरि आउने बाचासहित हिजै साहु फर्किए ।’

उनका अनुसार घरबाटै बेपत्ता बनेका तेजबहादुर कामका लागि भौतारिँदै केही साथीसँग विराटगर-जोगबनी हुँदै उत्तर प्रदेशसम्म पुगेका थिए । तर, उत्तर प्रदेश पुगेपछि उनका साथीहरू छिन्नभिन्न भए ।

तेजबहादुरले एउटा होटलमा काम पाए । र, त्यहाँ कुकको काम गर्न थाले । तर, कामको पारिश्रमिकले मदिरा पिउने बानी बसेपछि साहुले उनको तलब राखिदिने गरेका थिए ।

यसबीचमा एक महिनाअघि उनलाई घरको याद आएपछि साहुले सोधखोज गर्दै घरैसम्म ल्याइदिएका हुन् । फर्किनेबेलामा मासिक रूपमा बैंक खातामा उनको पारिश्रमिक पठाउने प्रतिबद्धतासहित चौधरी आँसु झार्दै बिदा भएको प्रेमले बताए ।

तेजबहादुरका बुवा टंकबहादुर भण्डारीको सात वर्षअघि र आमा शुभद्राको १० वर्षअघि मृत्यु भइसकेको छ । अहिले तेजबहादुरका दाजु-भाउजु र तीन जना भतिजाहरू रहेका छन् ।

Advertisement

उमेरले ५९ वर्ष पुगेका तेजबहादुरको बिहे पनि भएको छैन र उनीसँग नेपाली नागरिकता पनि छैन । अब, नागरिकताको प्रक्रिया थाल्ने योजनामा रहेको दाजु प्रेम भण्डारीले सुनाए ।

भर्खरको समाचार

Lebanon–Israel  १० दिन शान्त,Iranसँग सम्झौता नजिक

thumbs_b_c_28fdaf3eb721532ff51d5afdea914410

आज र भोलि तराईमा तातो दिन रहने, सतर्कता अपनाउन आग्रह

Heat,,Thermometer,Shows,The,Temperature,Is,Hot,In,The,Sky,

जन्मदिने आमा र जन्मभूमि स्वर्गभन्दा पनि महान् हुन्छन्

Screenshot 2026-04-17 100512

गृहमन्त्री सुधनको एक्सनदेखि राजीनामा मागिएकोसम्म

666054673_1250746363833654_2093017393456223042_n

अमेरिकी अखडामा हान्न इरानलाई चीनकोे स्याटलाइट सहयोग

108271690-1772409830437-gettyimages-2204438991-AFP_37287VV

बालेन सरकारको प्रतिरक्षामा कलाकार, धनी भएकाले नै अब भ्रष्टाचार हुँदैन

670200642_880540235011019_6960321166116653165_n

युद्ध अन्त्य हुने दाबी, ट्रम्पलाई रोक्ने प्रस्ताव अमेरिकी सदनमा विफल

Screenshot 2026-04-16 124629

डिजल र मट्टीतेल एकैपटक लिटरको ३० रुपैयाँ महँगियो

petrol-pump-india_AFP

बालेनले विश्व हल्लाए,विश्वका १०० शक्तिशाली ब्यक्तिको सूचीमा बालेन्द्र

666707698_875077882223921_4422618132601218086_n

दीपक भट्ट र सुलभ अग्रवालको घर तथा कार्यालय सिल

CopyPasta_1776240119512

सम्बन्धित खबरहरु

Scroll to Top