×

NEPAL TIMES UPDATES

Playing
संसदमा १२ सभापतिलाई तलब, घरभाडा सहित गाडीको सुविधा || Nepal Times
Apr 17, 2026
Playing
चीनतर्फ भारतको एप्पल पाटपुर्जा निर्यात कीर्तिमानी स्तरमा|| Nepal Times
Apr 17, 2026
Playing
आज महान आमाको मुख हेर्ने दिन
Apr 17, 2026
Playing
लेब*नान–इजरा*यल ऐतिहासिक १० दिने यु*द्धविराम, बेरु*तमा उत्सव|| Nepal Times
Apr 17, 2026
Playing
आज र भोलि तराईमा तातो दिन रहने, सतर्कता अपनाउन आग्रह|| Nepal Times
Apr 17, 2026
Playing
आमाप्रति श्रद्धाभाव गरेर औँसी मनाइँदै, थानकोटको मातातीर्थमा मेला || Nepal Times
Apr 17, 2026
Playing
प्रधानमन्त्रीसँग मुख्यमन्त्रीले गरे गाँ जा खोल्ने प्रस्ताव || Nepal Times
Apr 16, 2026
Playing
दिपक खड्कालाई रिहा गर्न सर्वोच्चको आदेश, विदेश जान अनुमति चाहिने || Nepal Times
Apr 16, 2026
Playing
उर्जाका सबै समस्या समाधान गर्न विराजभक्तले कम्मर कसे,रोजगारी र लगानी सुनिश्चित || Nepal Times
Apr 16, 2026
Playing
के पूरक बयानका लागि ओली र लेखकलाई फेरि बोलाइन्छ ? || Nepal Times
Apr 16, 2026

यूएईले आममाफी दिने, अवैध बसेका नेपाललाई घर फर्किने अवसर

२१ भाद्र २०८१

२१ भदौ , काठमाण्डौ ।

यूएई सरकारले दुई महिनाका लागि ल्याएको आममाफी कार्यक्रमबाट त्यहाँ अवैध रूपमा बसेका नेपालीले लाभ लिन सक्ने भएका छन् । भिसा अवधि सकिएर अवैध रूपमा बसिरहेका विदेशी श्रमिक र पर्यटकलाई घर फर्किने अवसर दिन यूएईले आममाफी घोषणा गरेको हो। भिसा पाएर पनि यूएईको अध्यागमन नियम उल्लङ्घन गरेकाहरूले पनि आममाफी पाउनेछन् ।

Advertisement
Advertisement

यही सेप्टेम्बर १ अर्थात् गएको १६ गतेदेखि शुरू भएको आममाफी कार्यक्रम आउँदो अक्टोबर ३० अर्थात् कात्तिक १४ गतेसम्म चल्ने नेपालीहरुका लागि एक सुखद् खबर छ । अवैधानिक रूपमा युएईमा रहेका आप्रवासी कामदारका लागि युएईले दुई महिना समय तोकेर आममाफी (एमनेष्टी) योजना सुरु गरेको छ ।

गत १ सेप्टेम्बर आइतबारदेखि लागू हुने गरी कुनै कारणले गैरकानुनी तवरले बसोबास गरिरहेका आप्रवासी कामदारलाई कानुनी दायरामा ल्याउन समय सीमा तोकी आममाफी घोषणा गरिएको हो । यस योजना मार्फत विभिन्न कारणले यूएईमा अलपत्र परेका नेपालीहरूले लाभ लिन सक्नेछन् । तर, फौजदारी मुद्दा लागेका वा भिसासँग सम्बन्धितबाहेक अन्य कुनै पनि मुद्दा लागेकाहरूले भने आममाफी योजनामा सहभागी हुन पाउने छैनन् ।

आममाफी योजनामा सहभागी भई युएई छाड्नेहरूले भविष्यमा पुनः यूएई फर्किन पाउने यूएईको अध्यागमन प्राधिकरणका कार्यवाहक महानिर्देशक मेजर जनरल सुहेल सईद अल खैलीले गत साता पत्रकार सम्मेलनमा बताएका थिए । यस्तै नेपालीहरूलाई सम्पर्कमा आउन नेपाली दूतावास आबुधाबीले अनुरोध गरेको छ । युएई सरकारले आइतबारदेखि सुरु गरेको आममाफी प्रक्रियामा स्वदेश फर्किन वा पुनः युएईमा वैधानिक बनेर बस्न चाहने नेपालीलाई समयमै सम्पर्कमा आएर अवसरको फाइदा उठाउन दूतावासले आग्रह गरेको हो।

आममाफी प्रक्रियामा सहभागी हुने सम्बन्धमा दूतावासले सूचना जारी गर्दै यस्तो अनुरोध गरेको हो । युएईले यहाँ रहेका खास गरी कामदार प्रदान गर्दै आएका देशहरूका राजदूतहरू मार्फत समेत अवैधानिक रूपमा बस्दै आएका सम्पूर्ण आफ्ना नागरिकलाई आममाफी प्रक्रियामा सहभागी गराउन अनुरोध गरेको छ ।

सोही अनुसार नेपाली दूतावास आबुधावीले एक प्रेस विज्ञप्तिमार्फत भिसाको अवधि सकिएर बसेका, भिजिट भिसामा आएर काम नपाई ओभर स्टे भएका , अध्यागमन नियम उल्लङ्घन गरी धेरै रकम जरिवानामा परेकाहरूलाई आममाफी प्रक्रियामा सहभागी भई युएई छोड्न वा वैधानिक भएर बस्न अनुरोध गरेको छ ।

राहदानी नभएका कामदारले दूतावासको सहयोगमा आवश्यक कागजात पु¥याएर नेपाल फर्कन पाउनेछन् । त्यसका लागि आफू नजिकको अध्यागमन कार्यालयमा जाने र त्यहाँबाट पाएको यात्रा अनुमति पत्र सहित दूतावासमा आई ट्राभल डकुमेन्ट (एक तर्फी यात्रा अनुमति पत्र) बनाएर १४ दिन भित्र युएई छोडिसक्नु पर्ने दूतावासले जनाएको छ ।

यूएईमा वैधानिक भएर रहनका लागि यहाँको श्रम संसाधन मन्त्रालयले प्रमाणित गरेको ‘जब अफर लेटर’ आवश्यक पर्नेछ । त्यसका लागि पनि २ महिनाको समय सीमा भित्र काम गर्ने सम्बन्धित कम्पनीको प्रायोजनमा कामदार अनुमति भिसा लगाइसक्नु पर्नेछ। राहदानी नभएका तर भिसा लगाएर वैधानिक भई काम गर्न चाहने नेपालीको हकमा दूतावास मार्फत निवेदन दिएर राहदानी बनाउन सकिने दूतावासले जनाएको छ ।

आममाफी योजना मार्फत आफ्नो देश फिर्ता हुन चाहेका नागरिकले शुल्क वा सजाय तिर्नुपर्ने छैन । यसरी स्वदेश फर्किएकाहरू भविष्यमा पुनः यूएई आउन पाउने छन् । तर यूएईको अदालतमा मुद्दा लागिरहेका नागरिकको हकमा भने यो सुविधा लागु नहुने युएईले जनाएको छ। यो प्रक्रियामा हवाई टिकट भने व्यक्ति आफैँले जुटाउनु पर्नेछ ।

पछिल्लो पटक सन् २०१८ को आममाफी प्रक्रिया मार्फत जम्मा १ हजार ९० जना नेपाली स्वदेश फर्किएका थिए । युएईमा कति नेपाली गैरकानुनी रूपमा छन् भन्ने यकिन तथ्याकं नभए पनि यस अभियानपछि युएईले कडाइका साथ पक्राउ पनि गर्न सक्ने भएकाले अवसरको फाइदा उठाउनुपर्ने जानकारको भनाइ छ ।

Advertisement

आममाफी प्रक्रियामा सहभागी हुने नेपालीको सेवाका लागि नेपाली दूतावासले दुबईमा नेपाल हेल्प डेस्क राखेको छ । दुबईको केन्द्रीय अध्यागमन कार्यालय सँगको समन्वयमा युएईमा सबैभन्दा धेरै नेपाली रहँदै आएको दुबई र उत्तर पूर्वी राज्यहरूका नेपालीका लागि दुबईको केन्द्रीय अध्यागमन कार्यालय अल अविरमा एउटा स्टल राखेर सेवा सुरु गरेको नेपाली दूतावासले जनाएको छ ।

भर्खरको समाचार

बालेन,रवि, प्रचण्डले आमालाई कसरी सम्झिए ? म नेपाल आमा हाँसेको हेर्न चाहन्छु।

674536346_955343240419027_988202194885674559_n (1)

“आमा”

cdc212c1-c8e6-4838-a4f5-496822c8e048

Lebanon–Israel  १० दिन शान्त,Iranसँग सम्झौता नजिक

thumbs_b_c_28fdaf3eb721532ff51d5afdea914410

आज र भोलि तराईमा तातो दिन रहने, सतर्कता अपनाउन आग्रह

Heat,,Thermometer,Shows,The,Temperature,Is,Hot,In,The,Sky,

जन्मदिने आमा र जन्मभूमि स्वर्गभन्दा पनि महान् हुन्छन्

Screenshot 2026-04-17 100512

गृहमन्त्री सुधनको एक्सनदेखि राजीनामा मागिएकोसम्म

666054673_1250746363833654_2093017393456223042_n

अमेरिकी अखडामा हान्न इरानलाई चीनकोे स्याटलाइट सहयोग

108271690-1772409830437-gettyimages-2204438991-AFP_37287VV

बालेन सरकारको प्रतिरक्षामा कलाकार, धनी भएकाले नै अब भ्रष्टाचार हुँदैन

670200642_880540235011019_6960321166116653165_n

युद्ध अन्त्य हुने दाबी, ट्रम्पलाई रोक्ने प्रस्ताव अमेरिकी सदनमा विफल

Screenshot 2026-04-16 124629

डिजल र मट्टीतेल एकैपटक लिटरको ३० रुपैयाँ महँगियो

petrol-pump-india_AFP

सम्बन्धित खबरहरु

४ बैशाख २०८३
Scroll to Top