अभ्यास खेलमा श्रीलंकाको डेभ्लपमेन्ट टिमसँग हार्‍यो नेपाल

२० भदौ ८१, शुक्रबार

२१ भदौ, विराटनगर ।

नेपाली राष्ट्रिय क्रिकेट टोलीले अभ्यास खेलअन्तर्गत श्रीलंकाको एसएल डेभ्लपमेन्ट टिमसँग पराजय बेहोरेको छ । शुक्रबार श्रीलंकाको थ्रुस्टन कलेज मैदानमा भएको खेलमा नेपालमाथि एसएलले पाँ विकेटको जित निकालेको हो ।

नेपालले दिएको १६० रनको लक्ष्य एसएलले २६.५ ओभरमा ५ विकेटको क्षतिमा पूरा गर्‍यो । उसका लागि सन्जुलाले सबैभन्दा बढी ६८ रन बनाए ।

Advertisement

बलिङमा नेपालका कप्तानको भूमिकामा रहेका सोमपाल कामी र गुल्सन झाले २-२ विकेट लिए । ललितनारायण राजवंशीले १ विकेट लिए ।

त्यसअघि एसएलले टस जितेर फिल्डिङ गर्ने निर्णय गरेसँगै पहिले ब्याटिङ गरेको नेपाल ४० ओभरमा १५९ रनमा अलआउट भयो ।

Advertisement

नेपालका लागि कुशल भुर्तेलले ५० बलमा ४३ रन र कुशल मल्लले ५५ बलमा ३५ रन बनाए । आरिफ शेखले २० रन र करण केसीले १५ रन जोड्दा नेपालका ७ ब्याटर दोहोरो अंकमा रन जोड्न नपाइ आउट भए ।

बलिङमा एसएलका गरुका संकेतले ७ ओभरमा ३९ रन खर्चिदा ४ विकेट लिए ।

आइसिसी विश्वकप क्रिकेट लिग-२ अन्तर्गत क्यानडा र ओमानविरुद्धको एकदिवसीय सिरिजको तयारीका श्रीलंका पुगेको हो । अब, आइतबारसम्म नेपालले त्यहाँ अभ्यास गर्ने छ ।

यसअघि नेपाली टोलीले भारतको बेङ्लोर नेसनल क्रिकेट एकेडेमी (एनसिएमा) मा दुई साता प्रशिक्षण र तयारी गरेको थियो । श्रीलंका भ्रमणका लागि क्यानले रोहितकुमार पौडेलको कप्तानीमा १९ सदस्यीय खेलाडी टोलीको घोषणा गरेको थियो ।

तर, नियमित कप्तान पौडेल क्यानडामै रहेकाले श्रीलंकन डेभ्लपमेन्टसँगको खेलमा सोमपालले कप्तानको भूमिका निर्वाह गरेका थिए ।

टोलीमा राेहित र सोमपालसँगै आसिफ शेख, अनिल शाह, देव खनाल, भीम सार्की, आरिफ शेख, कुशल मल्ल,  करण केसी, गुलसन झा, रिजन ढकाल, ललित राजवंशी, आकाश चन्द, सागर ढकाल, सन्दीप जोरा, कुशल भुर्तेल, अर्जुन साउद, दीपेन्द्रसिंह ऐरी र सन्दीप लामिछाने छन् ।

नेपालले क्यानडामा दोस्रो राउन्डको त्रिकोणात्मक सिरिज खेल्न लागेको हो । पहिलो राउन्डमा नेपालले नामिबिया र नेदरल्यान्ड्ससँग खेलेको थियो । सिरिजमा प्रत्येक टोलीसँग समान दुई खेल्ने प्रावधान रहेको छ ।

नेपालले पहिलो राउन्डमा एक खेल मात्र जितेको छ । नेपालमा भएको पहिलो राउन्डमा नेपालले नेदरल्यान्ड्सलाई एक खेलमा पराजित गरेको थियो ।

क्यानडाको ओन्टेरियोमा हुने एकदिवसीय सिरिज भदौ ३१ देखि सुरु हुनेछ । असोज १० गते एकदिवसीय सिरिज सकिएपछि असोज १२ बाट टी-२० सिरिज सुरु हुनेछ । दुवै सिरिजमा नेपालले चार-चार खेल गरी कुल ८ खेल खेल्नेछ ।

नेपालले क्यानडामा लिग-२ को दोस्रो सिरिज खेल्न लागेको हो । यसअघि नेपालले घरेलु मैदानमा पहिलो सिरिज खेलेको थियो ।  नेदरल्यान्ड्स र नामिबियाविरुद्धको सो सिरिजमा नेपालले एक खेल मात्र जित्दा तीन खेलमा पराजय भोगेको थियो ।

क्यानडामा खेलेपछि नेपाली टोलीले अमेरिकामा अर्को सिरिज खेल्नेछ । अक्टोबरमा हुने सिरिजमा अमेरिका, नेपाल र स्कटल्यान्ड भिड्नेछन् ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top