२२ भदौ, एजेन्सी ।
युरोपियन नेसन्स लिगअन्तर्गत इटालीले फ्रान्सलाई उसैको मैदानाम पराजित गरेको छ । शुक्रबार राति भएको समूहको पहिलो खेलमा इटालीले फ्रान्समाथि ३–१ गोलअन्तरको जित दर्ता गरेको हो ।
फ्रान्सको राजधानी पेरिसस्थित पिएसजीको मैदानमा भएको खेलमा इटालीलाई जिताउन फेडेरिको डिमार्को, डेभिड फ्राटेसी र जियाकोमो रासपाडोरीले एक-एक गोल गरे ।
फ्रान्सका ब्राडली कारकोलाले एक गोल फर्काए ।
जियोभान्नी डि लोरेन्जोले दिएको ब्याक पासमा ब्राडली बारकोलाले पहिलो मिनेटमै गोल गर्दै फ्रान्सलाई सुरुआती अग्रता दिलाएका थिए ।यो उनको पहिलो अन्तर्राष्ट्रिय गोल हो । तर, ३०औं मिनेटमा सान्ड्रो टोनालीको पासमा फेडेरिको डिमार्कोले हेडरमार्फत गोल गर्दै इटालीलाई बराबरीमा ल्याए ।
पहिलो हाफको पाँच मिनेटपछि डेभिड फ्रेटेसीले इटालीलाई २–१ को अग्रता दिलाए । ७४ औं मिनेटमा जियाकोमो रासपाडोरीले गोल गप्दै इटालीलाई सहज जित दिलाए ।
जितसँगै इटालीले तीन अंक जोडेको छ । हारबाट प्रतियोगिताको थालनी गरेको फ्रान्स भने अंकविहीन रहँदै पुछारमा छ ।