×

NEPAL TIMES UPDATES

Playing
चीनको ‘कायाकल्प’ र ‘मेक अमेरिका’ सँगसँगै बढ्ने, सीलाई निम्ता|| Nepal Times
May 14, 2026
Playing
विश्वकप फुटबलको तालिका के छ ?नेपालबाट कति बजे हेर्ने ?|| Nepal Times
May 14, 2026
Playing
Watch Top50 News Of The Day || Baisakh-31-2083 || Nepal Times
May 14, 2026
Playing
नीति तथा कार्यक्रम ः विपक्षी सांसद्ले आलोचना गरे, सत्तारुढले बचाऊ|| Nepal Times
May 14, 2026
Playing
सरकारदेखि आफ्नै पार्टीकालाई गगनको चेतावनी, किन रिसाए ? || Nepal Times
May 14, 2026
Playing
ट्रम्प–सी बैठक २ घन्टामा सकियो, के के भयो छलफल ? || Nepal Times
May 14, 2026
Playing
कर्मचारी र विद्यार्थी राजनीति अन्त्य गर्ने सरकारी निर्णयमा न्यायपालिकाको ब्रेक|| Nepal Times
May 14, 2026
Playing
World News: बेइजिङ वार्ताः सहकार्यसँगै द्व*न्द्वको चेतावनी, नेतन्याहुको UAEमा गोप्य भ्रमण
May 14, 2026
Playing
सुकुम्बासीको मुद्यामा बालेन घेरिए, अब घर भाडा दिने|| Nepal Times
May 14, 2026
Playing
बिरामी हुँदा पनि संसद् पुग्ने प्रधानमन्त्रीको इतिहास || Nepal Times
May 14, 2026

किन खेले बेल्जियम र इजरायलले बन्द रंगशालामा ?

२२ भाद्र २०८१

२२ भदौ, एजेन्सी ।

चौथो संस्करणको युरोपियन नेसन्स लिगअन्तर्गत बेल्जियम र इजरायलले बन्द रंगशालामा खेल्नु परेको थियो । नेसन्स लिगका अरू खेलमा आफ्नो स्टेडियमभरि दर्शक हुँदा बेल्जियम र इजरायलले भने अर्काको बन्द रंगशालामा खेल्नुपरेको हो ।

Advertisement
Advertisement

इजरायल-हमास युद्ध जारी रहेका बेला बेल्जियमका थुप्रै सहरले सुरक्षाको जोखिम औंल्याउँदै यो खेल आयोजना गर्न अस्वीकार गरेका थिए । त्यसपछि युरोपियन फुटबल महासंघले उक्त खेल हंगेरीमा बिनादर्शक खेलाउने निर्णय गरिएको थियो ।

गत अक्टोबरमा बेल्जियम र स्विडेनबिचको युरो २०२४ छनोट खेलअघि एक बन्दुकधारीले दुई स्विडिस समर्थकको हत्या गरेका थिए ।

युइएफएले बेल्जियमको किङ बाउडिन स्टेडियममा गराउने तय गरेको थियो । तर, बेल्जियम फुटबल संघले भने सुरक्षा चुनौती हुने भन्दै अस्वीकार गरेपछि हंगेरीमा दर्शकबिना खेलाइएको हो ।

शुक्रबार राति हंगेरीको डिब्रिसेनस्थित नाइजेर्डी स्टेडियममा भएको समूह चरणको पहिलो खेलमा बेल्जियमले इजराइललाई ३-१ गोलले हराएको थियो ।

बेल्जियमलाई जिताउन केभिन डी ब्रुयनले दुई गोल गर्दा युरी टाइलेमान्सले एक गोल गरे । इजराइलले भने एउटा आत्मघाती गोल उपहारमा पाएको थियो ।

खेलको २१औं मिनेटमा ब्रुयनले गोल गर्दै बेल्जियमलाई सुरुआती अग्रता दिलाएका थिए । खेलको ३६औं मिनेटमा बेल्जियमका टिमोथी कास्टाग्नेले आफ्नै पोस्टमा गोल गरेपछि इजराइल बराबरीमा फर्किएको थियो ।

Advertisement
Advertisement

बेल्जियमका टाइलेमान्सले ४८औं मिनेटमा गोल गर्दै घरेलु टोलीलाई पुनः अग्रता दिलाए । ५२औं मिनेटमा ब्रुयनले पेनाल्टीमा गोल गर्दै बेल्जियमलाई ३-१ गोलको जित दिलाए । जितसँगै बेल्जियमले तीन अंक जोडेको छ ।

भर्खरको समाचार

सम्बन्धित खबरहरु

Scroll to Top