झापामा दुई महिनाको गर्भिणी गाई चोरी गरेपछि काटेर खाएको आरोपमा समातिए चार जना

२२ भदौ ८१, आइतबार

२३ भदौ, झापा ।

झापाको दमकमा भएको गौ हत्यामा संलग्न आरोपमा चार जनालाई प्रहरीले पक्राउ गरेको छ । गोठमा बाँधेर राखिएको दुई महिनाको गर्भिणी गाई चोरी गरेपछि काटेर खाएको आरोपमा झापा प्रहरीले चार जनालाई समातेको हो ।

मंगलबार राति दमक नगरपालिका-२ बस्ने ६७ वर्षीय लक्ष्मण विष्टको वडा नम्वर १ मा रहेको गोठबाट गाई चोरेर हत्या गरिएको थियो । गोठबाट अकलापुरी ग्रिन सिटी तथा विश्वकर्मामन्दिर प्रवेशद्वारको गेटबाट सय मिटरको दूरीमा गाईलाई मारिएको थियो ।

Advertisement

गाईगोठदेखि करिब १०० मिटर पूर्वतर्फ रहेको खाली प्लटिङ जग्गामा लगेर काटेर मासु लगेको उजुरीका आधारमा प्रहरीले अनुसन्धान थालेको थियो ।

जसक्रममा संलग्नता देखिएपछि चार जनालाई पक्राउ गरिएको प्रहरी नायव उपरीक्षक कृष्णकुमार चन्दले जानकारी दिए ।

Advertisement

पक्राउ पर्नेमा दमकस्थित बेलडाँगी शिविरमा आएका भुटानी शरणार्थीहरू प्रेमबहादुर विष्ट, खगेन्द्र दुलाल, विधान थापाका साथै दमक नगरपालिका-४ बस्ने गीता श्रेष्ठ रहेका छन् ।

घटनामा संलग्नलाई कारबाहीको माग गर्दै हिन्दुवादी संगठनहरुले आन्दोलन गर्दै आएका छन् ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

रोनाल्डोले एकैपटक रचे दुई कीर्तिमान,लुका मड्रिचको भावुक विदाइ

ad657f7b-6036-4be9-a4fe-6a1f006e6e1b

नेपाली युवाको अमेरिकी सेनामा मृत्यु,अनुसन्धान जारी

edd9dcfb-9170-402e-95d8-e457e0a51c84

रोनाल्डोले नकआउटमा गोल गर्न नसकेको खडेरी तोडे

60ff14fc-eb1d-4c10-b156-c237ad64295e

देशभर मनसुनको कहरः आज ४ प्रदेशमा अति भारी वर्षाको चेतावनी

mausam-2075-12-18-768x388

केही घण्टामै बन्यो १० लाखसम्म जरिवाना गर्ने कानून, मन्त्रीको ठाडो निर्देशन

nepal-oil-nigam

२०१० को विश्वकप जितपछि स्पेन फेरि उपाधि होडमा

e34f67be-d857-48b2-ae41-dce5377f95fa (2)

२९ भूमिहीन परिवारलाई बालेन सरकारले बनायो जग्गाधनी

IMG_7206.JPG

असई थमन मृत्युप्रकरणः ६ जनालाई ५ वर्ष कैद, ३ जनालाई जन्मकैद

MixCollage-02-Jul-2026-12-57-PM-3185

निर्मला पन्त प्रकरणको पुरानो फैसलामा पत्रकार भण्डारी पक्राउ

2668d156-d8e8-4076-8f24-d6bcb46d05c1

अमेरिका अन्तिम १६ मा, बोस्निया एन्ड हर्जगोभिना बाहिरियो

722c405b-4265-45bb-aea3-f1ea6f3b04bb

सम्बन्धित समाचार

Desktop Popup ImageMobile Popup Image×
Scroll to Top