NepalTimes

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश
No Result
View All Result
YouTube
Nepaltimes-logo
Nepaltimes-logo
Nepaltimes-logo-white
No Result
View All Result
  चर्चामा :
चैत १५को मातापिता को ? ओलीले झपारे, ज्ञानेन्द्र शाहीले थर्काए आइतवार बैशाख २८ , २०८२
पुटिन र जेलेन्स्कीबीच प्रत्यक्ष वार्ता ?३९ महिनापछि शान्ति फर्किने आइतवार बैशाख २८ , २०८२
अर्ती दिने ओलीले नै मर्यादा विर्सिए,थचक्क बसिरहे आइतवार बैशाख २८ , २०८२
भारत–पाकको युद्धमा ४ दिनमा के भयो ?चीन, रुस र टर्कीएका हतियार आइतवार बैशाख २८ , २०८२
दौडमै नरहेका विश्व पौडेल नयाँ गभर्नर ? आइतवार बैशाख २८ , २०८२
Next
Prev

समाचार

बालेनको नजरमाःसरकार नै दुई जिब्रो ! खोलाका घर नभत्किने

आइतवार भदौ २३ , २०८१
Reading Time: 1 min read
A A
Nepal Top
बालेनको नजरमाःसरकार नै दुई जिब्रो ! खोलाका घर नभत्किने
Advertisement
Share on FacebookShare on WhatsAppShare on TelegramShare on X

२२ भदौ , काठमाण्डौ ।

काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) पछिल्लो समय एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारविरुद्ध निरन्तर रूपमा खनिएका छन् ।

विशेषगरी काठमाडौं उपत्यकाको बागमती र यसका सहायक नदी किनारमा थप २० मिटरभित्र संरचना बनाउन नपाइने सर्वोच्च अदालतको फैसलाबारे विवाद सिर्जना भएपछि सरकार र बालेनबीचको भनाभन उत्कर्षमा पुगेको छ ।

LS Auto

सर्वोच्च अदालतले २०८० पुस ३ गते बागमती र यसका सहायक नदीहरूमा बढ्दो प्रदूषण र अतिक्रमण हटाउन भन्दै थप मापदण्ड तोक्ने गरी परमादेश जारी गरेको थियो ।

हाल बहाव क्षेत्र कायम भैसकेका बागमती लगायतका सबै सहायक नदीहरूको हकमा वर्षातमा हुने बाढी समेतलाई मध्यनजर गर्दै नदीको दुवै किनारामा कम्तीमा अर्को २० मिटरका दरले तटीय क्षेत्र कायम गरी सीमांकन गर्नुपर्ने सर्वोच्चको आदेशमा उल्लेख छ ।

सर्वोच्च अदालतको फैसलाको पूर्ण पाठ आएपछि, अदालतको आदेश कार्यान्वयन गर्न भन्दै काठमाडौं महानगरपालिकाले गत साउन २४ गते नदी किनारमा थप २० मिटर छाडेरमात्रै संरचना बनाउन सूचना जारी गरेको थियो ।

महानगरको यो सूचनापछि काठमाडौंका नदी किनारका क्षेत्रमा थप तरंग आएको छ। महानगरप्रमुखस्तरीय निर्णय भन्दै यस्तो सूचना जारी गरेपछि नागरिकमा आतंक छाएको भन्दै उपमेयर सुनिता डंगोल र केही वडाध्यक्षहरूले कार्यपालिका बैठकमै मेयर बालेन शाहसँग असन्तुष्टि पोखे।

सूचना फिर्ता लिन ध्यानाकर्षण गराएका उनीहरूले प्रधानमन्त्री ओली र सत्ता साझेदार दल नेपाली कांग्रेस सभापति शेरबहादुर देउवालाई भेटेर फैसलाको न्यायिक पुनरवलोकनका लागि आग्रह गरे ।

तर, बालेन आफ्नो कदमबाट पछाडि नहटेपछि नेकपा एमाले संस्थागतरूपमै आन्दोलित भएको मात्रै छ्रैन, एमाले–बालेन आमुन्ने–सामुन्नेको अवस्थामा पुगेका छन् ।

पछिल्लोपटक मात्र एमालेकी सांसदलक्षित स्टाटसमा उनीहरूका कार्यकर्ताहरूले धेरै ‘रिपोर्ट’गरेपछि फेसबुकले बालेनको उक्त पोस्ट हटाइदिएको थियो ।

त्यसले एमालेसहित पुराना दलका नेताहरूलाई फेसबुकमा अनफलो गर्ने अभियान नै चलेको थियो । पछि, फेसबुकले उक्त पोस्ट फिर्ता पनि ग¥यो ।

तर, अझै पनि एमाले–बालेन घोचपेचको श्रृंखला चलिरहेकै छ । पछिल्लोपटक भने बालेनले काठमाडौं उपत्यकाको बागमती र यसका सहायक नदी किनारमा थप २० मिटरभित्र संरचना बनाउन नपाइने सर्वोच्च अदालतको फैसलाबारे भएको विवादलाई कोट्याएका छन् ।

यो प्रकरणमा ओली नेतृत्वको सरकारले दोहोरो नीति लिएको भन्दै बालेनले आपत्ति जनाएका छन् । बालेनले नयाँ मापदण्डअनुसार बनेका काठमाडौँ महानगरअन्तर्गत पर्ने कुनै पनि घर नभत्किने पनि प्रतिबद्धता जनाएका छन् । यस्ता घर भत्काउनै परे सरकारले मुअब्जा दिनुपर्ने उनको भनाइ छ ।

‘आफैं धामी, आफैं झाँक्री । कानुन बनाउने कसले हो ? सरकारको नेतृत्व कसले गरेको हो ? अदालतमा न्यायाधीश नियुक्त गर्ने संवैधानिक परिषद्मा को छ ?,’ उनको प्रश्न छ ।

उनी थप लेख्छन्,– ‘खोलाको मापदण्ड र कानुन आफैं बनाउने, आफैं सहभागी भएको परिषद् देखि न्यायाधीश आउने । सरकार आफ्नै । कानुन बनाउने र संशोधन गर्ने अधिकार आफ्नै । अनि, भएको कानुन र फैसलालाई कार्यान्वयन गर्दा दोष जति काठमाडौं महानगरलाई ? गलत जानकारी दिएर जनतालाई उचाल्ने काम बन्द गरौँ ।’

न्याय खोज्ने हो भने काठमाडौँ महानगरलाई गाली गरेर न्याय नपाइने भन्दै उनले नेताहरूलाई प्रश्न गर्नु सुझाव दिएका छन् । मापदण्डबारे कानुन नै बनाएर निकास दिनुपर्नेमा उनले जोड दिएका छन् ।

उनी थप लेख्छन्–‘तपाईँ को नयाँ मापदण्ड अन्तर्गत पर्ने घर कुनै भत्किने छैन, निश्चिन्त रहनुहोस् । भत्काउनै परे सरकारले मुआब्जा दिनु पर्छ ।

५० वर्ष पहिलेको तीनकुने को मुआब्जा दिन नसक्ने सरकारले तपाईंलाई दिन नि सक्दैन, भत्काउन नि सक्दैन। तपाईंको लागि हामी छँदै छौं , केन्द्र सरकारलाई दबाब दिनुहोस् नियम परिवर्तनको लागि ।

जब नियम परिवर्तन हुन्छ हामी सोहीअनुसार फेरि सूचना जारी गरी हाल्नेछौं, त्यतिनजेल कोही नठगियोस् भन्ने चाहना मात्र हो हाम्रो ।’

यता सर्वोच्च अदालतले काठमाडौँ उपत्यकाका नदीको मापदण्ड थप २० मिटर कायम गरेपछि ठाउँ ठाउँमा स्थानीयहरू विरोधमा उत्रिएका छन्।

सर्वोच्च अदालतको आदेशसँगै काठमाडौँ महानगरले २० मिटर मा कुनै पनि संरचना निर्माण गर्न नपाइने भन्दै रोक लगाएपछि यो मुद्दा थप चर्किएको हो ।

आज गोकर्णेश्वर नगरपालिकाका स्थानीयले मापदण्डको विरोध गर्दै जोरपाटीमा प्रदर्शन गरेका छन्। सर्वोच्चको फैसला न्यायिक नभएको भन्दै उनीहरुले जोरपाटी क्षेत्रमा प्रदर्शन गरेका हुन् ।

Tags: #नेपाल टाइम्स् #विराटनगर #बालेन

लोकप्रीय

राजावादी आन्दोलनमा ओलीविरुद्ध नारा, गणतन्त्रवादीसँग भिड्ने दाउ

चैत १५को मातापिता को ? ओलीले झपारे, ज्ञानेन्द्र शाहीले थर्काए

आइतवार बैशाख २८ , २०८२
रुस र युक्रेनबीच बाँध युद्ध, नागरिकको कन्तबिजोक

पुटिन र जेलेन्स्कीबीच प्रत्यक्ष वार्ता ?३९ महिनापछि शान्ति फर्किने

आइतवार बैशाख २८ , २०८२
अर्ती दिने ओलीले नै मर्यादा विर्सिए,थचक्क बसिरहे

अर्ती दिने ओलीले नै मर्यादा विर्सिए,थचक्क बसिरहे

आइतवार बैशाख २८ , २०८२

विचार

थप समाचार

राजावादी आन्दोलनमा ओलीविरुद्ध नारा, गणतन्त्रवादीसँग भिड्ने दाउ
ताजा समाचार

चैत १५को मातापिता को ? ओलीले झपारे, ज्ञानेन्द्र शाहीले थर्काए

आइतवार बैशाख २८ , २०८२
रुस र युक्रेनबीच बाँध युद्ध, नागरिकको कन्तबिजोक
अन्तर्राष्ट्रिय

कसरी सम्भव भयो  भारत–पाक युद्धविरामः ?
अन्तर्राष्ट्रिय

भारत–पाकको युद्धमा ४ दिनमा के भयो ?चीन, रुस र टर्कीएका हतियार

आइतवार बैशाख २८ , २०८२

भिडियो

Currently Playing

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

00:01:21

सरकारको असफलता: महँगी रोक्न नसक्दा उपभोक्तामाथि थप आघात || Nepal Times

00:13:15

काठमाडौं महानगरको राजस्व असमझदारी र गृहमन्त्री लेखकको विवादित निर्णयले सरकारमाथि दबाब।

00:10:28

सहकारी प्रकरणमा लामिछाने निर्दोषको दाबी र संसद् उपेक्षा गरेकोमा विपक्षीले सरकारलाई कठघरामा उभ्याए।

00:10:47

स्वर्णलक्ष्मी विवादले तातेको अदालत, सार्क ठप्प: लामिछानेमाथि दवाब र भारत-पाक तनाबको कूटनीतिक खेल

00:12:15
Currently Playing

Imran Khan र Rabi Lamichhane : फरक देश, एउटै नियति #rabilamichhane #imrankhan #news

Imran Khan र Rabi Lamichhane : फरक देश, एउटै नियति #rabilamichhane #imrankhan #news

00:14:15

लाइक,कमेन्ट र सेयर गरे जेल,विधेयक हुबहु पास भए के हुन्छ ?|| Nepal Times

00:14:44

चरीदेखि घैंटे सम्म : डनहरूको इन्काउन्टर कथा|| Nepal Times

00:15:42

Nepal का नयाँ नायक Balen: काठमाडौंका मेयर र जनताका साथी|| Nepal Times #balen #shah #kathmandu

00:12:14

भ्रष्ट नेता: नेपालको पीडा || Corrupt Leaders: The Pain of Nepal || Nepal Times

00:09:14
Currently Playing

World News: Trumpलाई लग्जरी बोइङ जेट गिफ्ट, बेलायतमा आप्रवासन नियम कडा || Nepal Times

World News: Trumpलाई लग्जरी बोइङ जेट गिफ्ट, बेलायतमा आप्रवासन नियम कडा || Nepal Times

00:14:02

World News: युक्रेनलाई वार्ताका लागि पुटिनले बोलाए, भारत–पाकसंग ट्रम्प खुसी|| Nepal Times

00:13:09

World News: पाकिस्तानमा फतेह तैनाथ, हान्यो हाई स्पिड मिसाइल, भारतले जवाफ दिने || Nepal Times

00:19:13

World News: मि*सा*इलको डरले पाकिस्तानी आकाश बन्द, पाकिस्तानको पक्षमा कति देश ? || Nepal Times

00:17:15

World News:Pakistanका विभिन्न ठाउँमा वि*स्फोट, अमेरिकासंग डेनमार्कले माग्यो स्पष्टीकरण

00:11:49

प्रदेश

Menu
  • कोशी
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदूरपश्चिम

नेभिगेशन

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

लोकप्रिय पोस्टहरू

सुनिता डंगोलको आदर्श मन्चमै, धनुषामा कुर्सी हानाहान

सुनिता डंगोलको आदर्श मन्चमै, धनुषामा कुर्सी हानाहान

मङ्लबार बैशाख २३ , २०८२
शून्य दशमलब ९ डिग्री सेल्सियसमा झर्यो काठमाडौंको तापक्रम

अव्यवस्थित शहरीकरणलाई कसरी ब्यवस्थित गर्ने ?

आइतवार चैत्र २२ , २०७७
कोशीमा सरकार गठनको दाबी गर्ने अन्तिम दिन

के कांग्रेसले छोड्दैछ कोशी सरकार?

मङ्लबार बैशाख २३ , २०८२

हालका पोस्टहरू

राजावादी आन्दोलनमा ओलीविरुद्ध नारा, गणतन्त्रवादीसँग भिड्ने दाउ

चैत १५को मातापिता को ? ओलीले झपारे, ज्ञानेन्द्र शाहीले थर्काए

आइतवार बैशाख २८ , २०८२
रुस र युक्रेनबीच बाँध युद्ध, नागरिकको कन्तबिजोक

पुटिन र जेलेन्स्कीबीच प्रत्यक्ष वार्ता ?३९ महिनापछि शान्ति फर्किने

आइतवार बैशाख २८ , २०८२
अर्ती दिने ओलीले नै मर्यादा विर्सिए,थचक्क बसिरहे

अर्ती दिने ओलीले नै मर्यादा विर्सिए,थचक्क बसिरहे

आइतवार बैशाख २८ , २०८२
प्रधान सम्पादक
लीलाबल्लभ घिमिरे
सूचना विभाग दर्ता नं.
७२७-०७४-०७५
9820710515
[email protected]
© 2025 Nepal Times. All Rights Reserved.

© 2025 Nepal Times. All Rights Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

© 2025 Nepal Times All Rights Reserved.