×

NEPAL TIMES UPDATES

Playing
ओली राजीनामा नदिने अडानमा, बादल एक्लैले गरे प्रतिकार|| Nepal Times
May 22, 2026
Playing
भारतलाई भारी पर्नेछ मजाकको कक्रोज,नेपालको विद्रोहसँग कसरी जोडिन्छ ?|| Nepal Times
May 22, 2026
Playing
रास्वपाका माननीयहरुले रविलाई मन फुकाएर सुनाए|| Nepal Times
May 22, 2026
Playing
Watch Top50 News Of The Day || Jestha-08-2083 || Nepal Times
May 22, 2026
Playing
भारतीय ‘कक्रोज‘ले किन भने नेपाल र बंगलादेशसँग तुलना नगर्नु ?|| Nepal Times
May 22, 2026
Playing
पिता बिना ट्रम्प जुनियरको विवाह,ट्रम्पको परिवारमा को–को छन् ?|| Nepal Times
May 22, 2026
Playing
सांसद्हरुले प्रधानमन्त्री र मन्त्रीको पोल सुनाएपछि रविले के भने ?|| Nepal Times
May 22, 2026
Playing
अमेरिकाविरुद्ध नेपालको शानदार जित,इशान र सन्दीपको जादु || Nepal Times
May 22, 2026
Playing
रवि, छवि र जिवीविरुद्ध अब सहकारी ठगी मुद्दा मात्रै चल्ने|| Nepal Times
May 22, 2026
Playing
नेपालमा पाकिस्तानको जस्तो “हाइब्रिड शासन मोडेल” सम्भव होला ?|| Nepal Times
May 22, 2026

मन्त्रीले वरीयता मिचेको भन्दै संगीनाले दिइन् उपनिर्देशक पदबाट राजीनामा

२३ भाद्र २०८१

२३ भदौ, विराटनगर ।

नेपाली खेलकुदकी शीर्ष महिला संगीना वैद्यले तालिम तथा प्रशिक्षण विभागको उपनिर्देशक पदबाट राजीनामा दिएकी छन् । युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीको ठाडो निर्देशनमा वरीयता मिचेर निर्देशक नियुक्ती गरेपछि विरोधस्वरूप उनले उपनिर्देशक पदबाट राजीनामा दिएकी हुन् ।

Advertisement
Advertisement

संगीना आठौं तथा नवौं साफका साथै एसियन च्याम्पियनसिपमा स्वर्ण पदक जितेकी नेपाली तेक्वान्दोकी खेलाडी हुन् । उनी लामो समयदेखि तालिम तथा प्रशिक्षण विभागमा उपनिर्देशकको भूमिकामा थिइन् ।

तर, विभागका निर्देशक बक्सिङका वरिष्ठ प्रशिक्षक प्रचण्ड शर्मा सेवा निवृत्त भएपछि उनको ठाउँमा वरिष्ठताको आधारमा आफूले नेतृत्व पाउनुपर्ने संगीनाको अपेक्षा थियो ।

तर, मन्त्री चौधरीको ठाडो निर्देशनमा गतसाता पूर्वाञ्चलमा कार्यरत वरिष्ठ कराते प्रशिक्षक सोवित प्रसाईंलाई निर्देशक बनाइएपछि संगीनाले राजीनामा दिएकी हुन् । वरिष्ठताको वरीयता मिचेर निर्णय गरिएपछि आइतबार उपनिर्देशक पदबाट राजीनामा दिएको उनले बताएकी छन् ।

को हुन् संगीना ?

नेपाली खेलकुदमा ‘तेक्वान्दो क्वीन’ नामले परिचित संगीना सदावहार सफलताको पर्याय हुन् । सन् १९९१ देखि तेक्वान्दो खेल्न सुरु गरेकी उनले अन्तर्राष्ट्रिय प्रतियोगितामा १० स्वर्ण, एक रजत र दुई कांस्य जितेकी छन् ।

संगीना सन् २००४ को एथेन्स ओलम्पिकमा छनोट चरण पार गरेर ओलम्पिक यात्रा तय गर्ने पहिलो नेपाली महिला खेलाडी हुन् । सोझै ओलम्पिकमा छनोट भएर खेल्ने संगीनाको कीर्तिमान भेट्टाउन अझै कसैले सकेको छैन ।

सागमा दोहोरो स्वर्ण र एसियन च्याम्पियनसिपमा पदक चुम्न सफल संगीनाले चोटका कारण खेलबाट २०६६ सालमा सन्न्यास लिइन् ।सक्रिय खेलबाट सन्न्यास लिँदा उनलाई कार पुरस्कार प्रदान गरिएको थियो ।

Advertisement
Advertisement

विभागीय टोली त्रिभुवन आर्मी क्लबको प्रशिक्षक संगीनाले नेपालमै भएको १३ औं सागमा नेपाली तेक्वान्दोको टोलीको प्रशिक्षण पनि सम्हालिन् । १३ औं सागमा नेपाली तेक्वान्दोलाई प्रशिक्षकको रूपमा १२ स्वर्ण, ६ रजत र ११ कांस्य गरी २९ पदक जिताउन सफल उनी अहिले राष्ट्रिय खेलकुद परिषद् (राखेप) अन्तर्गत तालिम तथा प्रशिक्षण विभागको उपनिर्देशक रहेकी थिइन् ।

भर्खरको समाचार

सम्बन्धित खबरहरु

Scroll to Top