अर्कैसँग लागेको आशंकामा प्रेमिकाको हत्या, शव व्यवस्थापन गर्न सघाउने फुपाजू पनि पक्राउ

२२ भदौ ८१, आइतबार

२३ भदौ, काठमाडौं ।

काठमाडौंको गोकर्णेश्वर नगरपालिका-१ सुन्दरीजलस्थित ढुंगाको चेपभित्र शंकास्पद अवस्थामा शव भेटिएको महिलाको हत्या उनकै प्रेमीले गरेको खुलेको छ ।

हत्या आरोपमा प्रहरीले सर्लाही चक्रघट्टा गाउँपालिका ३ बस्ने ४० वर्षका रामविनय महरा र सर्लाहीकै बसगरिया गाउँपालिका ५ घर भई हाल काठमाडौं बसुन्धारा बस्ने २४ वर्षका सन्तोसराम महरालाई पक्राउ गरेको छ । विनय सन्तोषका फुपाजु हुन् ।

Advertisement

गत बिहीबार बिहान करिब ९:४५ बजे सुन्दरीजलस्थित बागमतीको किनारमा शंकास्पद अवस्थामा एक अपरिचित महिलाको शव फेला परेको थियो । हत्या भएकी महिला सिरहा घर भई काठमाडौंको बसुन्धारा बस्दै आएकी राम दुलारी रहेको प्रहरीको भनाइ छ । महराले मृतक महिला सिराहा घर भई काठमाडौं ३ बसुन्धारा बस्दै आएकी रामदुलारी रहेको बयान प्रहरीसमक्ष दिएका हुन् ।

टाउकामा चोट देखिएपछि घटनाको अनुसन्धानलाई थप तीव्रता दिएको प्रहरीले राम दुलारीको हत्या भएको निष्कर्ष निकालेको थियो । घटनाबारे अनुसन्धानमा जुटेको जिल्ला प्रहरी परिसर काठमाडौंको टोलीले घटनाको दुई दिनपछि शनिबार महिलाका प्रेमीसहित दुई जनालाई बसुन्धरा क्षेत्रबाट नियन्त्रणमा लिएको हो ।

Advertisement

काठमाडौंका प्रहरी उपरीक्षक (एसपी) नवराज अधिकारीका अनुसार पक्राउ परेका राम विनय महरा मृतक महिलाको प्रेमी हुन् । राम विनय पुलमुनि जुत्ता सिलाउने काम गर्दै आएका थिए भने मृतक रामदुलारी मजदुरीको काम गर्ने गरेको खुल्न आएको प्रहरीले जनाएको छ ।

पक्राउ परेका विनयले आफू र मृतक दुलारीबीच दुई वर्ष अघिदेखि चिनजान भएको र प्रेम सम्बन्ध रहेको बताएका छन् । मृतक दुलारीले दिनहुँ जाँडरक्सी खाने तथा अन्य पुरुषसँग पनि सम्बन्धमा रहेको आशंका गरी उनका प्रेमी राम विनय महराले हत्या गर्ने योजना बनाएका थिए ।

उनको योजनाअनुसार सन्तोष महरासँग मिलेर घटनाको दिन घुम्न जाने भन्दै दुलारीलाई सुन्दरीजल पुर्‍याएका थिए । घटनास्थलमा लगी विनय र सन्तोषले दुलारीलाई अग्लो स्थानबाट धकेलेर घाइते बनाएका थिए । दुलारी घाइते अवस्थामै रहेका बेला उनीहरू दुवै जनाले पालैपालो ढुंगाले पटक-पटक टाउकोमा प्रहार गरी हत्या गरेको प्रारम्भिक अनुसन्धानबाट खुल्न आएको प्रहरीको भनाइ छ ।

हत्यापछि बोक्सेदहकै ढुंगाको कापमा दुलारीको शव लुकाएर उनीहरु त्यहाँबाट हिँडेको पाइएको प्रहरीले जनाएको छ । हत्यापछि उनीहरुले सुन्दरीजलस्थित बागमती नदी किनारमा ढुंगाको चेपमा शव व्यवस्थापन गरेका प्रहरीले जनाएको छ ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

ओली–प्रचण्डको नयाँ गेमप्लान ! फेरि एकै जहाजका दुई पाइलट

_126009314_prachanda_oli_

ब्रिटिस काउन्सिल नेपालद्वारा उत्कृष्ट साझेदार संस्थाहरु सम्मानित

British Council PR_IELTS Partner Summit_Nepali_25 June 2026 (1)

हालान्ड  VS एमबाप्पेः विश्वकपको सबैभन्दा ठूलो भिडन्त !

66a54980-db9c-44ce-bbe1-13c6474a1cb6

चीनको हात टिष्टा नदीमा चोबलियो

TISTA NADI

भारतमा विना निर्वाचन दुई–तिहाइ पुर्याउने मोदीको खेल

ovhrqjf_pm-modi_625x300_21_April_25

मेस्सीको जन्मोत्सवको अवसरमा DGO र हिमालयन स्पोट्र्सद्वारा उपहार योजना घोषणा

Himalaya-Dgo-Lockup_1-2_copy

रास्वपा उपसभापतिमा सोविता र तोसिमा भिड्दै

sobita-toshmia

राहदानी खरिद प्रकरणको अनुसन्धान ओलीतर्फ कसरी सोझियो ?

UMohNunsd6yfBacoQ1S4A0PRjWkb2rDuQNufheIe

भेनेजुएलामा Doublet Earthquake ,जापानमा ६.९, क्यालिफोर्नियामा ५.६ रेक्टरको भूकम्प

AFP__20260624__B88K6XZ__v1__HighRes__VenezuelaEarthquake-1782364061

इरान युद्ध रोकियो, तेलको भाउ पनि घट्यो तर नेपालमा किन घटेन ?

petrol-pump-india_AFP

सम्बन्धित समाचार

Scroll to Top