पलेशाको पुरस्कार रकम ८६ लाखमाथि, कांग्रेसले थप्यो पाँच लाख रुपैयाँ

२२ भदौ ८१, आइतबार

२३ भदौ , काठमाडौं ।

ओलम्पिकमा नेपालका लागि इतिहासमै पहिलो पदक जितेकी तेक्वान्दोकी पलेशा गोवर्द्धनलाई नेपाली कांग्रेसले पाँच लाख नगदसहित सम्मान गरेको छ ।

आइतबार पार्टी कार्यलय सानेपामा आयोजित एक कार्यक्रमकाबीच कांग्रेसका सभापती शेरबहादुर देउवाले ५ लाख रुपैयाँको चेक हस्तान्तरण गरेका हुन् । यस्तै, प्रशिक्षक कविराज नेगी लामालाई पनि एक लाख ५० हजार रुपैयाँसहित सम्मान गरिएको छ ।

Advertisement

पलेशाले भदौ १४ गते के–४४ वर्गअन्तर्गत महिला ५७ केजीमुनिको स्पर्धामा पलेशाले सर्वियाकी मारिजा मिचेभलाई १५–८ ले पराजित गर्दै कास्य जितेकी थिइन् । यसअघि नेपाली खेलकुदमा एसियाली खेलकुद प्रतियोगितामा प्राप्त दुई रजत पदक नै सर्वोच्च थियो । तर, २१ वर्षीया पलेशाले ओलम्पिकमा पदक जित्ने नेपालको सपना पूरा गरेकी थिइन् ।

ओलम्पिकमा पाइला चालेको ६ दशकपछि नेपालले पदक पाएको थियो  । समग्रमा सन् १९६४ देखि ओलम्पिक खेल्न थालेको नेपालले मेडल जित्न ६० वर्ष नै कुर्नुपरेको थियो । तर, सहभागितामै रम्दै आएको नेपालको ओलम्पिक यात्रामा पदकको सपना पूरा गर्ने काम पारा तेक्वान्दो खेलाडी पलेशाबाट सम्भव भएको हो ।

Advertisement

फ्रान्सको राजधानी पेरिसमा भएको पारा ओलम्पिक खेलकुदमा नेपाललाई ऐतिहासिक पदक दिलाएकी पलेशालाई अहिले सम्मान र पुरस्कार थाप्न भ्याइनभ्याइ छ । नेपाललाई पहिलोपटक पारा ओलम्पिकमा पदक दिलाउने पलेशालाई सरकारले ६५ लाख रुपैयाँ पुरस्कार दिने भएको थियो । त्यसमाथि प्रधानमन्त्री ओलीले कर छुट नै गरेर पलेशालाई सम्मानस्वरुप पुरस्कार दिने प्रतिबद्धता जनाएका थिए ।

यस्तै, एनसेलले १० लाखसहित सम्मान गर्ने घोषणा गरेको थियो । पलेशालाई १० लाख दिँदा अरू सहभागी पारा खेलाडी तथा प्रशिक्षकलाई थप १० लाख रुपैयाँसहित सम्मान गर्ने घोषणा गरेको थियो । त्यससँगै काठमाडौं महानगरपालिकाले पलेशालाई पाँच लाख नगदसहित सम्मान गरेको थियो ।

साथै, पलेशाका प्रशिक्षक लामालाई तीन लाख नगदसहित महानगर प्रमुख बालेन्द्र शाह र उपप्रमुख सुनिता डंगोलले सम्मान गरेका थिए । उनलाई नेपाल उद्योग वाणिज्य महासंघले पलेशालाई रु तीन लाख, प्रशिक्षक लामालाई रु एक लाख पच्चीस हजार र व्यवस्थापक रामचन्द्र श्रेष्ठलाई पचहत्तर हजार रुपैयाँसहित सम्मान गरेको थियो ।

त्यसबीचमा समाजसेवी राजी राणाले ऐतिहासिक ओलम्पिक पदक विजेता पारा तेक्वान्दो खेलाडी पलेशा गोवर्धनलाई चार लाख रुपैयाँ नगद पुरस्कार प्रदान गरिन् । खेलकुदमा रुचि राख्ने र खेलाडीहरुलाई माया गर्ने समाजसेवीका रूपमा परिचित राणाले प्रशिक्षक लामालाई एक लाख रुपैयाँ नगद पुरस्कार प्रदान गरेकी थिइन् ।

यता, कान्तिपुर टेलिभिजनले आफ्नो प्रमोटिङ पार्टनरका रूपमा पलेशालाई अनुबन्धित गरेको छ । कान्तिपुर टेलिभिजन, पलेशा र नेपाल तेक्वान्दो संघबीच भएको त्रिपक्षीय सम्झौतामा तेक्वान्दो संघको क्यालेन्डरमा समावेश भएका प्रतियोगितालाई कान्तिपुर टेलिभिजनले प्रत्यक्ष प्रशारण गर्नेछ ।

२१ वर्षीया पलेशा हाल चीनमा आर्किटेक्चर अध्ययन गरिरहेकी छिन् । उनले पुरस्कारको रकम आफ्नो अध्ययनमा खर्चिने बताएकी छन् ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

२९ भूमिहीन परिवारलाई बालेन सरकारले बनायो जग्गाधनी

IMG_7206.JPG

असई थमन मृत्युप्रकरणः ६ जनालाई ५ वर्ष कैद, ३ जनालाई जन्मकैद

MixCollage-02-Jul-2026-12-57-PM-3185

निर्मला पन्त प्रकरणको पुरानो फैसलामा पत्रकार भण्डारी पक्राउ

2668d156-d8e8-4076-8f24-d6bcb46d05c1

अमेरिका अन्तिम १६ मा, बोस्निया एन्ड हर्जगोभिना बाहिरियो

722c405b-4265-45bb-aea3-f1ea6f3b04bb

नेपाली प्रतिभाको विश्वभर कदरः दिपेन्द्रलाई क्यानडा तेक्वान्दोको अन्तर्राष्ट्रिय सम्मान

2cf23fc9-11ec-4a50-971d-63826f7093e2

गरिमा विकास बैंक सिल्भर अवार्डबाट सम्मानित

fb33e2d1-fd38-46f2-a34a-820de1a45bd6

इरानले खामेनीको ‘रगतको बदला’ लिने, अन्त्येष्टिअघि गर्यो घोषणा

iran america update

भेनेजुएला भूकम्पःमृतक २२ सय नाघे,मेक्सिकोको प्रख्यात उद्धार टोली पुग्दै

venezueala earthquake

वर्षाले बढायो विपद्को जोखिम, आज कहाँ हुन्छ भारी वर्षा ?

mausam-2075-12-18-768x388

डीआर कंगोको करामत रोक्दै केनले देखाए चमत्कार

78295008-3d7d-4338-8303-e06f9a5c560e

सम्बन्धित समाचार

Scroll to Top