मुनाको ज्यान लिने !बबी नेपालमै जन्मिएका थिए

२२ भदौ ८१, आइतबार

२३ भदौ , एजेन्सी ।

अमेरिकामा केही दिनअघि नेपाली विद्यार्थी मुना पाण्डेलाई गोली हानी हत्या गरेको आरोपमा पक्राउ परेका भारतीय नागरिक बबी सिंह नेपालमै जन्मिएको खुलेको छ । त्यो पनि राजधानी काठमाडौंमै । भारतीय नागरिक बबीको जन्म कसरी नेपालमा भयो ? अनि उनी कहिले अमेरिका गए ?

 सन् १९६० ताका बबीका पिता दर्शन सिंह भारतको जम्मु–काश्मिरबाट नेपाल आएका थिए । यहाँ आएर उनले ‘ट्रान्सपोर्ट’मा काम गर्न थाले । त्यसपछि उनले रेष्टुरेन्ट व्यवसाय सुरु गरे । काठमाडौंको सुन्धारामा ‘इन्द्रपुरी’, पाखोमा ‘मोतीमहल’, थापाथली चोकमा ‘पञ्जाबी ढाबा’ उनले खोलेका थिए ।

Advertisement

दर्शनले काठमाडौंमा व्यवसाय गरिरहँदा बबीको जन्म पनि डिल्लीबजारमै भएको हो । बबीसंगै उनका अर्का छोरा अर्थात बबीका दाजु अमीत पनि थिए । बबीले ललितपुरको सेन्ट जेभियर्स स्कुल त्यसपछि मोडर्न इन्डियन स्कुलबाट उच्च मावि तहसम्मको अध्ययन गरेका थिए । त्यसपछि झण्डै ३० वर्षअघि उनी अमेरिका गएका थिए ।

यो खुलासा दर्शन र बबीको परिवारलाई नजिकबाट चिनेका हरपाल सिंहले गरेका हुन् । उनीहरुले परिवार अहिले नेपालमा नरहेको समेत उनले बताएका छन् । उनै बबी अघिल्लो हप्ता ह्युस्टनस्थित अपार्टमेन्टमा मुनालाई गोली हानी हत्या गरेको आरोपमा पक्राउ परेका हुन् । वेष्ट एअरपोर्ट ब्लुभर्डमा रहेको मुनाको अपार्टमेन्टमा प्रवेश गरेर बबीले गोली प्रहार गरेका थिए ।

Advertisement

मुनालाई उनले के कारणले गोली प्रहार गरेका हुन् भन्नेबारेमा अहिलेसम्म स्वतन्त्र पुष्टि हुन सकेको छैन् । बबी मुनाको कोठामा ओछ्यानसम्मै पुगेर गोली हानेर बाहिरिएको अमेरिकाबाट प्रकाशित हुने अनलाइन सञ्चारमाध्यमले जनाएका छन् । मुनालाई चारवटा गोली प्रहार गरिएको जनाइएको छ ।

मुनालाई गोली हानेर हत्या गरेको आरोपमा पक्राउ परेका बबी सिंह शाहले उनलाई लगातार पिछा गरेको खुलेको छ । हत्या आरोपमा पक्राउ परेका ५१ वर्षीय सिंह अघिल्लो साताको शनिबार रातितिर मुनाकै कोठाको ढोकातर्फ गएको सीसीटीभी फुटेजमा देखिएको छ । प्रहरी हिरासतमा रहेका बबीले अमेरिका पुगेपछि भारतीय मूलकी एक युवतीसँग विहे भएको तर पछि एउटा बच्चा भएपछि छाडेको पनि खुलेको छ ।

पक्राउ परेका सिंहमाथि अदालतमा ‘जघन्य हत्या’को अभियोगमा मुद्दा दायर भएको छ । टेक्सासमा जघन्य हत्या अदालतले पुष्टि गरेमा मृत्युदण्डसम्म हुन सक्ने कानुनी व्यवस्था रहेको छ ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

२९ भूमिहीन परिवारलाई बालेन सरकारले बनायो जग्गाधनी

IMG_7206.JPG

असई थमन मृत्युप्रकरणः ६ जनालाई ५ वर्ष कैद, ३ जनालाई जन्मकैद

MixCollage-02-Jul-2026-12-57-PM-3185

निर्मला पन्त प्रकरणको पुरानो फैसलामा पत्रकार भण्डारी पक्राउ

2668d156-d8e8-4076-8f24-d6bcb46d05c1

अमेरिका अन्तिम १६ मा, बोस्निया एन्ड हर्जगोभिना बाहिरियो

722c405b-4265-45bb-aea3-f1ea6f3b04bb

नेपाली प्रतिभाको विश्वभर कदरः दिपेन्द्रलाई क्यानडा तेक्वान्दोको अन्तर्राष्ट्रिय सम्मान

2cf23fc9-11ec-4a50-971d-63826f7093e2

गरिमा विकास बैंक सिल्भर अवार्डबाट सम्मानित

fb33e2d1-fd38-46f2-a34a-820de1a45bd6

इरानले खामेनीको ‘रगतको बदला’ लिने, अन्त्येष्टिअघि गर्यो घोषणा

iran america update

भेनेजुएला भूकम्पःमृतक २२ सय नाघे,मेक्सिकोको प्रख्यात उद्धार टोली पुग्दै

venezueala earthquake

वर्षाले बढायो विपद्को जोखिम, आज कहाँ हुन्छ भारी वर्षा ?

mausam-2075-12-18-768x388

डीआर कंगोको करामत रोक्दै केनले देखाए चमत्कार

78295008-3d7d-4338-8303-e06f9a5c560e

सम्बन्धित समाचार

Scroll to Top