नर्वेको पहिलो जित, हालान्डको गोल बन्यो निर्णायक

२४ भदौ ८१, मंगलबार

२५ भदौ, विराटनगर । 

एर्लिङ हाल्यान्ड सम्मिलित नर्वेले चौथौ संस्करणको युरोपियन नेसन्स लिगमा पहिलो जित दर्ता गरेको छ । सोमबार राति भएको दोस्रो चरणको खेलमा नर्वेले घरेलु मैदानमा अस्ट्रियालाई २-१ गोलले हराएको हो ।

नर्वेस्थित युरेभालमा भएको खेलमा नर्वेलाई जिताउन हालान्ड र फेलिक्स हर्न मिहरेले एक-एक गोल गरे । अस्ट्रियाका मार्सेल सबिट्जरले गोल गरेका थिए ।

Advertisement

फेलिक्स हर्न मिहरेको गोलमा नर्वेले सुरुआती अग्रता लिएको थियो । तर, नवौं मिनेटमा लिएको त्यो अग्रता नर्वेले जोगाउन सकेन ।प्याट्रिक विमरले उपलब्ध गराइदिएको बलमा मार्सेल सबिट्जरले गोल गर्दै अस्ट्रियालाई खेलमा फर्काए ।

तथापि, निर्धारित खेल सकिन १० मिनेट बाँकी हुँदा हाल्यान्डले गोल गर्दै नर्वेलाई जिताए । खेलको ८३औं मिनेटमा नर्वेले अर्को गोल थपे पनि उक्त गोललाई भिएआर रेफ्रीले मान्यता दिएनन् ।

Advertisement

योसँगै नर्वेले दुई खेलबाट चार अंक जोडेको छ । नर्वेलाई पहिलो खेलमा काजकिस्तानले गोलरहित बराबरीमा रोकेको थियो। अस्ट्रियाको भने समान खेलमा एक अंक छ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

भेनेजुएलामा ५ दिनसम्मपनि भग्नावशेषबाट चमत्कारिक उद्धार

venezueala earthquake

राहदानी विभागका महानिर्देशकसहित ७ जनाको थुनछेक बहस सकियो

e-passport

 हराएको रैथाने धानको बाला फेरि खेतमा झुल्दै

733374161_2103140983879869_4605619504120523340_n

जापान भर्सेस ब्राजिलः एसियाली पावर हाउसले विश्व विजेतालाई रोक्ला ?

brazil; team

रोनाल्डोले विश्वकप ट्रफी उचाल्ने घानाका तान्त्रिकको भविष्यवाणी

97a1f16f-8f62-44c3-9244-1967faa97a60

अफगानिस्तानभित्रै पसेर पाकिस्तानको सैन्य कारबाही

afghanistan-pakistan-friendship-flags-waving-600nw-2614082565

रास्वपा महाधिवेशनको निष्कर्षः रवि झन शक्तिशाली, पार्टी ?

730732303_4445183819104388_7343949058751405664_n

नेपाली कृषिको तितो यथार्थः खेत बाँझो, युवा खाडीमा, चामल विदेशबाट

734178487_4411518265786836_7881587848052361177_n

अल्टिमा लाइफस्टाइलको ९औँ आउटलेट जनकपुरमा,९९ रुपैयाँमा इयरबड्स

55579c71-86b1-4ea7-8f9e-222455dc8eac

ग्लोबल आइएमई बैंकद्वारा उद्यमशाला कार्यक्रम घोषणा, आवेदन खुल्ला

6e079520-4a98-4216-a901-c3a661ca88df

सम्बन्धित समाचार

Scroll to Top