×

NEPAL TIMES UPDATES

Playing
कहिलेसम्म चल्ला सभामुख र हर्क साम्पाङबीच जुहारी ?|| Nepal Times
May 20, 2026
Playing
१६ वटा युरोपेली देशसँग श्रम सम्झौताको तयारी कहाँ पुग्यो ? || Nepal Times
May 20, 2026
Playing
रास्वपा नेतृत्वमा रवि र बालेन यथावत, महामन्त्री र उपसभापति को ?|| Nepal Times
May 20, 2026
Playing
नगरप्रहरीले काफल पोख्यो,मेयरले ढाडससहित दिइन् १० हजार || Nepal Times
May 20, 2026
Playing
ब्रिटिस किंग्स गोर्खा अर्टिलरी, ब्रिटिस सेनाको शान बढाउन नेपालीमात्रै भर्ती || Nepal Times
May 20, 2026
Playing
विश्वमा जंगलराज आउने सी–पुटिनको चेतावनी|| Nepal Times
May 20, 2026
Playing
Watch Top50 News Of The Day || Jestha-06-2083 || Nepal Times
May 20, 2026
Playing
ग्रे लिस्ट भनेको के हो ? बाहिरिन नेपालले अब के गर्नुपर्छ ? || Nepal Times
May 20, 2026
Playing
Trump ले शान्ति मागे, इरानले ‘फाइटर जेट खसाल्न तयार होउ’ भन्दै लल्कार्यो || Nepal Times
May 20, 2026
Playing
नेपालमा संसद्बाट निकालिएका सांसद्हरुको इतिहास, कसलाई किन निकालियो ? || Nepal Times
May 20, 2026

छोरी मुनाको अन्त्येष्टिमा आमा भावविभल

२५ भाद्र २०८१

२५ भदौ , काठमाण्डौ।

अमेरिकाको ह्युस्टनस्थित अपार्टमेन्टमा हत्या गरिएकी नेपाली विद्यार्थी मुना पाण्डेको अन्त्येष्टि गरिएको छ । सोमबार साँझ हिन्दु परम्परा अनुसार नै उनको अन्त्येष्टि गरिएको स्थानीय सञ्चारमाध्यमले उल्लेख गरेका छन् । छोरीको अन्त्येष्टि समारोहमा उनकी आमा अनिता भावविभल बनेकी थिइन।

Advertisement
Advertisement

मुनाको शव दुई साताअघि अगस्ट २६ मा उनकै अपार्टमेन्टमा फेला परेको थियो । उनलाई चार गोली हानिएको थियो । त्यसमध्ये शरीरको अघिल्लो भागमा तीन र टाउकोको पछाडि एउटा गोली लागेको थियो । मुनाकी आमा आफ्नो एक मात्र सन्तानलाई अन्तिम बिदाइ गर्न नेपालबाट गएको साता ह्युस्टन पुगेकी थिइन् ।

पाण्डेको शव फेला परेको दुई दिनपछि उनलाई गोली हान्ने ५१ वर्षीय बबी सिंह शाह भएको पहिचान गरिएको थियो । शाहलाई पक्राउ गरी हत्या अभियोगमा मुद्दा चलाइएको छ । सिसिटिभी फुटेजसहित बलियो प्रमाण जुटाएर अदालत पु¥याइएका कारण शाह थुनामै छन्। उनलाई जघन्य हत्याको आरोप लगाइएको अमेरिकी सञ्चारमाध्यमहरुले जनाएका छन् ।

जघन्य हत्या अभियोगमा अमेरिकामा मृत्युदण्डसम्मको सजाय हुन सक्ने कानुनी व्यवस्था रहेको छ । भोजपुर घर भएकी पाण्डेको अमेरिकाको टेक्सासस्थित ह्युस्टन सहरमा गोली हानी हत्या भएको थियो । अपार्टमेण्टका कर्मचारीहरूका अनुसार अज्ञात व्यक्तिले फोन गरेर कोठाभित्र लास भएको जानकारी दिएको थियो ।

त्यसपछि अपार्टमेन्टका कर्मचारीले प्रहरीलाई खबर गरेका थिए । मुनाकी साथीका अनुसार उनको फोनमा हत्या हुनुभन्दा दुई दिन अघिदेखि सम्पर्क हुन सकेको थिएन । अनुसन्धानका क्रममा फेला परेको सिसिटिभी फुटेजका आधारमा नै प्रहरीले शाहलाई पक्राउ गरेको हो ।

पाण्डेको हत्याका अभियोगमा शाहलाई ह्युस्टन प्रहरीले ट्राफिक जामको समयमा पक्राउ गरेको थियो । मुना र बबीबीच ब्यििक्तगत सम्बन्ध रहेको र त्यसै कारण हत्या भएको भन्ने अनुमानहरु गलत रहेको उनका साथीहरुले बताएका छन् । उनका साथीले मुना र बबी शा बीचको सम्बन्धको बारेमा अफवाह मात्र फैलिएको भन्दै त्यो सत्य नभएको र बबीको उद्देश्य के थियो?

त्यसको जवाफको आफूहरु पर्खाइमा रहेको बताएका छन् । मुनाको अन्त्येष्टि समारोह नेपाली एसोसिएसन अफ ह्युस्टनले आयोजना गरेको थियो । एसोसिएसन अध्यक्ष द्रोण गौतमले मुनाको हत्यारालाई सजाय दिलाउन आफूहरुले समेत पहल गरिरहेको बताएका छन् । नेपाली समुदायले नै आर्थिक सहयोग संकलन गरी मुनाकी आमालाई नेपालबाट अमेरिकासम्म जाने व्यवस्थापन मिलाएका थिए ।

Advertisement

मुनाकी आमा अनिता एकल महिला हुन् । अनिता भोजपुरबाट इटहरी हुँदै पछिल्लो समय काठमाडौं काँडाघारीमा बस्दै आएकी छिन् । मुना पनि आमासँगै बस्दै आएकी थिइन् । आमासँग सम्बन्धबच्छेद गरेका उनका पिता भने वैदेशिक रोजगारीमा रहेका छन् । तीन वर्षअघि अमेरिका गएकी उनी पढाइ सकेर घर आउने योजनामा थिइन्, तर मुना अब कहिल्यै घर नआउने गरी बिदा भइन् ।

Advertisement

भर्खरको समाचार

सम्बन्धित खबरहरु

Scroll to Top