×

Connection Required

Please add your YouTube API Key to the website code to load the latest videos.

सहकारीको १५ करोड ठगी बारे धनराज बेखबर

२५ भाद्र २०८१

२५ भदौ , काठमाण्डौ।

सहकारीमा वचत रहेको आम सर्वसाधारणको रकम अपचलनमा मुछिएका नेपाली कांग्रेसका उपसभापति तथा पूर्वमन्त्री धनराज गुरुङले आफू सहकारीको अपचनबारे बेखर रहेको बताएका छन् । श्रीमतीसँग अलग भइसकेको उल्लेख गर्दै उनले आफूले सहकारी संस्थाको बचत रकम ठगी र हिनामिना नगरेको बताएका हुन् ।

Advertisement
Advertisement

एक विज्ञप्ति जारी गर्दै गुरुङले श्रीमतीले सहकारीमा काम गरेको स्वीकार गर्दै आफ्नो कुनै सम्बन्ध नरहेकोले नाम जोड्नु गलत भएको उनको भनाई छ । उनले भनेका छन्, ‘तत्कालीन मेरी श्रीमती ज्योति गुरूङ महालक्ष्मीस्थान ललितपुरस्थित मितेरी बचत तथा ऋण सहकारी संस्थामा प्रबन्धकका रूपमा कार्यरत थिइन्।

 

निज उक्त सहकारीमा रहँदा भएको हरहिसाब लगायत अपचलनबारे मलाई जानकारी हुने विषय भएन। जहाँसम्म मैले सहकारीमा रकम अपचलन, ठगी गरेको भन्नेबारे जे जस्ता भ्रामक समाचार सम्प्रेषित भएका छन्, त्यसप्रति मेरो गम्भीर आपत्ति छ। साथै निज ज्योतिजीसँग २०७६ फागुन २९ गते जिल्ला अदालत ललितपुरमा सम्बन्ध विच्छेद भइसकेकाले, ज्योतिजीसँग उक्त मितिदेखि कुनै किसिमको सम्बन्ध नभएको समेत जानकारी गराउँछु।’

उनले सहकारी अपचलनबारे छानबिन गर्न सम्बन्धित निकायलाई ध्यानाकर्षण गराउँदै भनेका छन्, ‘अनर्गल, असत्य, भ्रामक, कपोलकल्पित समाचारका पछाडि नलाग्न सर्वप्रथम म आम नेपाली जनता, शुभचिन्तक तथा पार्टीका केन्द्रदेखि वडा तह र विदेशस्थित सम्पूर्ण साथीहरूमा हार्दिक अपिल गर्न चाहन्छु।’ धनराजले सहकारीको ठगी प्रकरणबारे आफूलाई कुनै जानकारी नै नभएको बताइरहदा उनले श्रीमतीसँग नक्कली सम्बन्धबिच्छेद गरेको आरोप लागेको छ ।

‘सहकारी बचत रकम दुरुपयोग सम्बन्धमा संसदीय छानबिन विशेष समिति’मा मितेरी बचत तथा ऋण सहकारी संस्थाका अध्यक्षसमेत रहेका कुम्मराज गुरुङले दिएको बयानपछि धनराज गुरुङ पनि सहकारी प्रकरणमा मुछिएको तथ्य सार्वजनिक भएको थियो । अध्यक्ष गुरुङले भदौ ६ गते समितिमा उपस्थित भएर बयान दिएका हुन् ।

बयानका क्रममा उनले धनराज गुरुङकी श्रीमती ज्योती गुरुङ व्यवस्थापक भएको बेलामा १२ देखि १४ करोडसम्म रकम हिनामिना भएको र त्यस प्रकरणमा कांग्रेस उपसभापति गुरुङ पनि जानकार रहेको बताएका थिए । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) स्रोतले दिएको जानकारीअनुसार ज्योतीविरुद्ध ठाडो उजुरी परेको र अनुसन्धान सुरु गरिएको छ ।

ज्योती चार वर्षदेखि फरार सूचीमा छन् । कुम्मराजले समितिमा भने धनराजलाई पनि सम्पूर्ण जानकारी भएको र कागजीरुपमा मात्रै ‘डिभोर्स’ भएको दाबी समेत गरेका थिए । “धनराज पनि जानकार छन् । बूढाबूढी सँगै बसेर पनि पटक–पटक तिर्ने बाचा गरेका हुन् भनेर कुम्मराजले लिखित बयान नै दिएको समितिका सदस्यहरुले बताएका छन् ।

कुम्मराजले धनराजसँग पछिल्लो सम्पर्क दुई वर्षअघि पनि भएको बताउँदै समितिको बयानमा भनेका छन्, “डिभोर्सपछि पनि धनराजले केही रकम तिरिदिएका हुन् ।” सहकारी अपचनमा कांग्रेस उपसभापति जोडिएपछि रास्वपाले यो विषयमा संसदमा गम्भिर रुपमा उठाएको छ । रास्वपाले गुरुङको सहकारी ठगी र नक्कली डिभोर्सबारे छानविन गर्न माग गरेको छ ।

प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसद गणेश पराजुलीले अब उपसभापति गुरुङमाथि छानबिन हुन्छ कि हुँदैन ? भन्दै कांग्रेस सांसदहरूलाई प्रश्न गरे ।उनले भने, ‘सहकारीको रकम अपचलनको विषयमा छानबिनको माग गर्न संसदीय समिति बनाउनुपर्छ भनेर नाराबाजी गर्ने एक माननीयविरुद्ध प्रहरीमा उजुरी परेको छ ।

उजुरी त अन्तिम सत्य होइन उजुरी नै नपर्दा प्रमाण नै नहुँदा रास्वपाका सभापतिलाई सदनमा के–के सम्म गरियो संसारले देखेको छ । तर, मितेरी बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष कुम्भराज गुरुङले सहकारीको १५ करोड हिनामिना गरेकोमा धनराज गुरुङ र ज्योति गुरुङविरुद्ध ठगीको उजुरी दर्ता गराउनुभएको छ ।’

सहकारी ठगीलाई लुकाउनको लागि नक्कली सम्बन्ध विच्छेद गरेको कुरालाई पनि छानबिन गर्न उनले माग गरेका छन् । उनले अब पार्टी उपसभापतिको विषयमा दोहोरो मापदण्ड बनाउने हो ? भन्दै कांग्रेसलाई प्रश्न गरेका छन् । कांग्रेस उपसभापति तथा पूर्वमन्त्री धनराज र उनकी पत्नी ज्योति अहिले कानूनीरूपमा सम्बन्ध बिच्छेद गरेको अवस्था देखिए पनि सम्बन्ध बिच्छेदको २ वर्षपछि ज्योतिको नाममा ऋणसमेत धनराजले सहकारीमा पुगेर तिरेको देखिएको छ ।

मितेरी सेभिङ एण्ड क्रेडि को अपरेटिभ महालक्ष्मी स्थान ललितपुरमा कार्यालय रहेको संस्था हो । यो सहकारीको हाल अध्यक्ष कुम्भराज गुरुङ , बोध विक्रम थापा सचिव, हरिबहादुर रोक्का मगर, मन गुरुङ लगायत सञ्चालक रहेको देखिएको छ । बागमती प्रदेश सहकारी विभागका सूचना अधिकारी लीलानाथ मिश्रका अनुसार यसले बागमती प्रदेश सहकारी विभागमा २०७७÷७८ को लेखा परीक्षण विवरण बुझाएको छ ।

त्यसयता कुनै पनि विवरण बुझाएको छैन । पछिल्लो विवरण अनुसार यसले वार्षिक २५ करोडको कारोबार गरेको देखिन्छ । यसको बचत १९ करोड छ । यो संस्थाको २०७० सालसम्मको विवरणमा ज्योति गुरुङ कोषाध्यक्ष तथा वरिष्ठ लेखा अधिकृत रहेको देखिन्छ । ज्योति गुरुङ धनराजकी पत्नी हुन् । उनले निकालेको करिब १५ करोड रुपैयाँमा धनराज व्यक्तिगत जमानी बसेको पाइएको छ ।

Advertisement

भर्खरको समाचार

होर्मुजकोमा १०,००० बढी अमेरिकी सेना तैनाथ, सी ले दिए ४ बुँदे शान्ति प्रस्ताव

Flag of Iran together with flag of the United States of America

बालेनले ल्याएको प्रतिवद्धतापत्रमा आशिकाको असन्तुष्टि, उठाइन् पिआरको पीडा

634384254_1308104231362099_3703139301615292633_n

तोडिएको होइन , २०८२ मा बनेको म ,बागमतीको किनारमा पुनर्जन्म

cdf68ebd-07f4-4c70-8984-ee648beb9fe2

इरानले ५ वर्ष आणविक परियोजना रोक्ने, अमेरिका भन्छ २० वर्ष

iran america

पोप लियोलाई गाली गरेपछि ट्रम्प ‘यशु’ बने….

DonaldTrumpimpeached_20191219095801

शिक्षामन्त्रीको २४ करोडको सम्पत्ति इमान्दारको कमाइ, छ्रैन कुनै डर

Screenshot 2026-04-14 083430

आफ्नै रुपमा उत्रिए ट्रपः होर्मुजमा जहाज गए ‘ध्वस्त’ पारिदिने

GettyImages_1191715388

नव वर्ष २०८३ प्रारम्भ, कसरी सुरु भयो नयाँ वर्ष ?

670917966_952821104004574_2755406620104523389_n

हजारौं गीत गाएर अस्थाइन् आशा भोसले

thumb

राष्ट्रपतिले किन रोकिरहेका छन् ओमप्रकाश अर्यालको नियुक्ति ?

823b3005-f7a7-4b8c-b72b-d383aa8b76fc

सम्बन्धित खबरहरु

Scroll to Top