कोशीका पूर्वमुख्यमन्त्री कार्कीको आमरण अनशन दोस्रो दिन पनि जारी

२५ भदौ ८१, बुधबार

२६ भदौ, विराटनगर । 

आमरण अनसनमा बसेका कोशीका पूर्वमुख्यमन्त्री केदार कार्कीले बुधबार दोस्रो दिन पनि अनशनलाई निरन्तरता दिएका छन् । वर्तमान हिक्मतकुमार कार्की नेतृत्वको सरकारले बजेट कटौती गरेको भन्दै निषेधित क्षेत्रमा समर्थकसहित मंगलबार दिउँसोबाट अनशन थालेका थिए ।

हिजो दिउँसो साढे चार बजेदेखी आमरण अनशनमा बसेका पुर्वमुख्यमन्त्री कार्कीको अनशन दोस्रो दिन पनि जारी छ । अहिले पनि प्रदेशसभा भवननजिकै रहेको देवकोटा चोकमा उनी आमरण अनशनमा छन् ।

Advertisement

उनलाई साँझ प्रहरीले हस्तक्षेप गरेर घरमा ल्याएर छाडेपनि उनले पुनः रातिनै फर्केर आफ्नो अनशनलाई निरन्तरता दिएका थिए ।स्थानीय प्रशासनले हस्ताक्षेप गर्दा सुरक्षाकर्मी र कार्कीका समर्थकबीच दोहोरो झडप भएको थियो । जसक्रममा प्रहरीले पूर्वमुख्यमन्त्री केदार कार्कीलाई प्रहरीले लछारपछार पारेको छ ।

मुख्यमन्त्री हिक्मतकुमार कार्कीसमक्ष विभिन्न नौ बुँदे माग राख्दै केदार निषेधित क्षेत्रमै आमरण अनशन बसेका छन् । पूर्वमुख्यमन्त्री कार्कीले आफू नेतृत्वको सरकारले सुरु गरेको १० वर्षमुनिका बालबालिकाकाका लागि विशेषज्ञ उपचार सेवामा दिनथालेको निःशुल्क सेवालाई निरन्तरता दिनुपर्ने, शैलजा आचार्य हृदयरोग उपचार केन्द्र सञ्चालन गर्नुपर्ने, महिला स्वास्थ्य स्वयंसेविकालाई दिनथालेको प्रोत्साहन भत्तालाई निरन्तरता दिनुपर्ने, घिउ तथा धुलो दूध निर्यात अनुदान दिएर प्रोत्साहन गर्नुपर्ने माग गर्दै अनशन थालेका हुन् ।

Advertisement

पूर्वमुख्यमन्त्री कार्कीले प्रदेशले सञ्चालन गर्ने योजना न्यूनतम २५ लाख रुपैयाँभन्दा बढी हुनुपर्ने, सुनसरी–मोरङ केसलिया कोरिडोरको विकास कार्यक्रममा पर्याप्त बजेट दिनुपर्ने, कृषि र प्राविधिक शिक्षाका विद्यार्थीलाई छात्रवृत्ति दिनुपर्ने, डाक्टर, इन्जिनियरलगायत विभिन्न विधाका विद्यार्थीलाई छात्रवृत्ति दिनुपर्ने र जनावरमैत्री जंगल निर्माण गर्नुपर्ने माग पनि अगाडि सारेका छन् ।

वर्तमान सरकारले ती कार्यक्रम चालु वर्षको बजेटमा समावेश नगरेपछि उनले निरन्तर विरोध गर्दै आएका छन् ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

ग्लोबल आइएमई बैंकको खाता अब एपबाटै ब्लक गर्न मिल्ने

d0dd9096-8b59-45bb-98c5-b2538bf4eb36

नेपालको बिजुली बिक्री मोदी रिसाएपछि रोकिएको हो ?

ovhrqjf_pm-modi_625x300_21_April_25

‘आधुनिक भाइकिङ’ एर्लिङ हालान्ड इङल्याण्डबाट किन खेल्दैनन् ?

halad

युरेनियम उत्खनन् गर्न अमेरिकासँग सम्झौता भएको हो ?शिशिरले दिए जवाफ

sishir khanal

इन्धनमा कृत्रिम अभाव सिर्जना गरी नाफा कमाउनेहरुको खेल

nepal-oil-nigam

नायिक उषा रजकलाई दुव्र्यवहार गर्ने पात्र को हुन् ?

usha

विवाहका लागि जीवन साथी खोजिदिने ‘लमी’ एप सार्वजनिक

lamee app

इक्वेडरलाई हराउँदै मेक्सिको विश्वकपको अन्तिम १६ मा

602559fd-1b30-4cc1-ae87-a9055538d9f6

साउनभित्र २ लाख १० हजार मेट्रिक टन रासायनिक मल आउँदै

farmer uria DAP

जगदम्बा मोटर्सले नेपालमा पहिलो रियर–ह्विल–ड्राइभ ईभी ल्याउँदै

proton

सम्बन्धित समाचार

Scroll to Top