बूढो खेलाडी भन्दै हेपिएका जेम्स रोड्रिग्वेज अहिले चम्किँदै

२५ भदौ ८१, बुधबार

२६ भदौ, एजेन्सी । 

कोलम्बियन स्टार फुटबलर जेम्स रोड्रिग्वेज जुलाई र अगस्टबीचको एक क्लबविहीन थिए । ब्राजिलियन क्लब साओ पाउलोबाट व्यवसायिक फुटबल खेलिरहेका उनले युरोपियन लिग फर्किने मनसायका साथ उक्त क्लब छोडेका थिए ।

युरोप फर्किने मानसिकता बनाएका उनले साओ पाउलोसँगको सम्झौता रद्द गरे गरेका थिए । त्यसबीचमा ला लिगा क्लब एट्लेटिको मड्रिड र इटालियन क्लब लाजियोसँग नजिक भएका थिए । तर, ३३ वर्षीय रोड्रिग्जेलाई दुवै क्लबले ‘धेरै बूढो भए’ भनेर भित्र्याउन मानेनन् ।

तर, उनै रियल मड्रिडका पूर्वखेलाडी रोड्रिग्वेजलाई ला लिगा क्लब रायो भालेकानोले विश्वस्त भएर अनुबन्ध गर्‍यो । त्यहाँबाट डेब्यु बाँकी नै रहेको अवस्थामा उनले कोलम्बियाका लागि उत्कृष्ट प्रदर्शन गरिरहेका छन् ।

हुन त रोड्रिग्वेजले हालै सम्पन्न कोपा अमेरिकामा कोलम्बियाका लागि उत्कृष्ट प्रदर्शन गरेका थिए ।  उनले एक गोल गर्दा ६ वटा गोलमा पास मिलाउँदै कोलम्बियालाई फाइनलसम्म पुर्‍याएका थिए ।

तथापि, फाइनल खेलमा कोलम्बिया अर्जेन्टिनासँग अतिरिक्त समयमा पराजित हुँदा उनी कोपा अमेरिकाको ट्रफी उचाल्नबाट चुके । तर, रोड्रिग्वेजको प्रदर्शनलाई मूल्यांकन गर्दै आयोजकले उनलाई प्रतियोगिताकै उत्कृष्ट खेलाडी घोषणा गर्‍यो ।

फेरि एकपटक उनले आफूलाई प्रमाणित गरिदिएका छन् । यो तथ्यांकले बोल्छ । विश्वकप छनोटअन्तर्गत अर्जेन्टिनासँगको खेलमा एक गोल र एक असिस्ट गरेका रोड्रिग्वेजले कोलम्बियाका लागि पछिल्ला आठ खेलमध्ये १० गोलमा आफ्नो योगदान दिएका छन् । अर्थात् उनले तीन गोल गर्दा सात गोलमा पास मिलाएका छन् ।

रोड्रिग्वेजले पाराग्वेसँगको खेलमा दुई गोलमा पास मिलाएका छन् भने कोस्टारिकाविरुद्ध एउटा गोलमा असिस्ट गरेका छन् । पानामाविरुद्ध दुई गोल गर्न भ्याएका उनले उरुग्वेविरुद्ध एउटा गोलमा पास मिलाएका छन् ।

आज भएको अर्जेन्टिनासँगको खेलमा भने उनले एक गोल र एक असिस्ट गरे । जसमा कोलम्बियाले घरेलु मैदानमा साविक विजेता अर्जेन्टिनालाई २-१ गोलले हराएर बदला लिएको थियो । कोलम्बिया र अर्जेन्टिनाले गत जुलाईमा कोपा अमेरिकाको उपाधि भिडन्तमा प्रतिस्पर्धा गरेका थिए, जसको अतिरिक्त समयमा गोल गर्दै अर्जेन्टिनाले उपाधि जितेको थियो ।

दुई महिनापछि कोलम्बिया र अर्जेन्टिनाले फेरि एकपटक खेलेका थिए, जसमा कोलम्बियाले अर्जेन्टिनासँग बदला लिएको हो । घरेलु मैदानमा कोलम्बियालाई जिताउन यर्सन मस्क्युरा र जेम्स रोड्रिग्वेजले एक-एक गोल गरे । अर्जेन्टिनाका निकालेस गोन्जालजले गरेको गोल सान्त्वना बनेको थियो ।

रोड्रिग्वेज सम्मिलित कोलम्बिया सन् २०२६ मा हुने विश्वकप छनोटका एउटा पनि खेल नहार्ने एकमात्र टोली हो । सन् २०१४ को विश्वकपमा सर्वाधिक ६ गोल गरेर गोल्डेन बुट पाएपछि रियलमा अनुबन्ध हुने मौका पाएका रोड्रिग्वेजले त्यहाँबाट दुई वटा ला लिगा र दुई वटा च्याम्पियन्स लिगको उपाधि जितेका छन् । बायर्नबाट दुईचोटी जर्मन बुन्डेसलिगा जितेका उनले राष्ट्रका लागि एक सय आठ खेलमा २९ गोल गरेका छन् ।

भर्खरको समाचार

दरबार हत्या काण्डको छानबिनमा तानिएलान् पूर्वराजा ज्ञानेन्द्र ?

Screenshot 2026-06-10 153959

अपाचेपछि ‘एमक्यू–९ रिपर’ ड्रोन खसालेको इरानको दाबी

d7732478-ea7c-49c3-8151-49c529adf0ea

‘बा’,‘ओली–नोमिक्स’,‘राजनेता’, ‘युग पुरुष’ हुँदै ओली आउटसम्म

KP_oli_GWvsFkDBBI

अब पोखराबाट सिधै दुबई, दैनिक अन्तर्राष्ट्रिय उडान तय

pokhara-airport

बलोच उग्रवादी समूहलाई ‘फितना अल–हिन्दुस्तान’ भनेपछि…

Screenshot 2026-06-10 125253

प्रधानमन्त्री र अर्थमन्त्रीमाथि नियोजित घेराबन्दी ? कसले गर्यो ?

Finance Ministry_-199

अपाचे खसालेपछि इरानमा अमेरिकाको जवाफ, युएस ‘फिफ्थ फ्लिट’मा इरानी ड्रोन प्रहार

flags of USA and Iran

गृहमन्त्रीमा सुधन २.० : कोही खुशी, कोही दुःखी

719940633_1001084555844895_4744652334709059280_n

वर्षा गराउने प्रणाली पूर्वतिर सर्याे, विहानैदेखि झरी,सावधानी अपनाउन आग्रह

mausam-2075-12-18-768x388

फिफा विश्वकप २०२६ को प्रत्यक्ष प्रसारण डीगो एपमा हुने

dgo-logo

सम्बन्धित समाचार

Scroll to Top