खानेपानी लिनसमेत भारत जान बाध्य !

नेपालीहरु भारतीय सीमवर्ती बजारमा सामान किनमेलका लागि जानु नौलो कुरा होइन । तर दाङ जिल्लाको सीमावर्ती क्षेत्र कोईलाबासका स्थानीयलाई भने खानेपानीका लागिसमेत भारत पुग्नुपर्ने बाध्यता छ ।

सो क्षेत्रका प्रदेश सांसद ईन्द्रजित थारुले बर्षौँदेखि कोईलाबासकाा स्थानीयले भारतीय सुरक्षा फोर्स एसएसबीले गाडेको बोरिङबाट पानी ल्याएर गुजारा चलाउँदै आएका छन्।

बेलाबेलामा भारतीइ पक्षले त्यही पानी पनि बन्द गरिदिन्छ।नेपालीलाई पानी दिएबापत एसएसबीले नेपालको बिजुली प्रयोग गरेको छ ।

Advertisement

गत चैतमा विधुत् महशुलका विषयमा विवाद हुँदा पानी दिन बन्द गरिदिएपछि कोईलाबास काकाकुल बनेको थियो ।सभासद थारुका अनुसार करिव दुई सय घरपरिवार रहेको कोईलाबासमा अहिलेसम्म खानेपानीका लागि एउटा मात्रै बोरिङ छ ।

त्यही बोरिङ पनि गर्मीयाममा सुक्छ ।, यो समाचार आजको नागरिक दैनिकमा छापिएको छ ।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top