जापानिज इन्सेफलाइटिस : गत वर्षको तुलनामा यसपालि दोब्बरको मृत्यु

२७ भदौ ८१, शुक्रबार

२८ भदौ, काठमाडौं । 

नेपालमा जापानिज इन्सेफलाइटिस (जेई) को संक्रमणबाट मृत्यु हुनेको संख्या १४ पुगेको छ । जबकि, गत वर्षमा सात जनाले जेईका कारण ज्यान गुमाएका थिए ।

परिवार कल्याण महाशाखाको तथ्यांकअनुसार गत १५ साउनयता जापानी इन्सेफ्लाइटिस संक्रमितको संख्या ६१ पुगेको छ । विभिन्न जिल्लाबाट ६ सय ९५ जना जापानिज इन्सेफलाइटिसका शंकास्पद बिरामीको नमुना परीक्षण गरिएको थियो ।

Advertisement

जसमा हालसम्म ६१ जनामा सङ्क्रमण पुष्टि भएको हो । संक्रमण पुष्टि भएकामध्ये २२.९५ प्रतिशत अर्थात् १४ जनाको मृत्यु भएको महाशाखाले जनाएको छ ।

मृत्यु हुनेमा कैलाली, कपिलवस्तु, पाल्पा, चितावन, सिन्धुली, रौतहट, सर्लाही, सिराह, सुनसरी र झापा जिल्लाका छन् । प्रयोगशालामा पुष्टि भएका बिरामी धेरैजसाे १५ वर्षभन्दा कम उमेरका छन् ।

Advertisement

परिवार कल्याण महाशाखाका अनुसार गत वर्ष १०७ जनामा जापानिज इन्सेफलाइटिसको सङ्क्रमण पुष्टि भएको थियो । विशेषगरी साउन र भदौ महिनामा जेइको संक्रमणदर उच्च हुन्छ ।

संक्रमितमध्ये २९ जना १५ वर्षमुनिका बालबालिका छन् । जापानी इन्सेफलाइटिस क्युलेक्स जातको पोथी लामखुट्टेले सार्ने गर्छ । यो रोग लागेपछि कडा टाउको दुखाइ, उच्च ज्वरो र मस्तिष्क सुन्निने जस्ता लक्षणहरू देखिन्छन् । उपचारपछि निको भए पनि पक्षाघातको समस्या रहन सक्छ ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

ग्लोबल आइएमई बैंकद्वारा उद्यमशाला कार्यक्रम घोषणा, आवेदन खुल्ला

6e079520-4a98-4216-a901-c3a661ca88df

ओली–प्रचण्डको नयाँ गेमप्लान ! फेरि एकै जहाजका दुई पाइलट

_126009314_prachanda_oli_

ब्रिटिस काउन्सिल नेपालद्वारा उत्कृष्ट साझेदार संस्थाहरु सम्मानित

British Council PR_IELTS Partner Summit_Nepali_25 June 2026 (1)

हालान्ड  VS एमबाप्पेः विश्वकपको सबैभन्दा ठूलो भिडन्त !

66a54980-db9c-44ce-bbe1-13c6474a1cb6

चीनको हात टिष्टा नदीमा चोबलियो

TISTA NADI

भारतमा विना निर्वाचन दुई–तिहाइ पुर्याउने मोदीको खेल

ovhrqjf_pm-modi_625x300_21_April_25

मेस्सीको जन्मोत्सवको अवसरमा DGO र हिमालयन स्पोट्र्सद्वारा उपहार योजना घोषणा

Himalaya-Dgo-Lockup_1-2_copy

रास्वपा उपसभापतिमा सोविता र तोसिमा भिड्दै

sobita-toshmia

राहदानी खरिद प्रकरणको अनुसन्धान ओलीतर्फ कसरी सोझियो ?

UMohNunsd6yfBacoQ1S4A0PRjWkb2rDuQNufheIe

भेनेजुएलामा Doublet Earthquake ,जापानमा ६.९, क्यालिफोर्नियामा ५.६ रेक्टरको भूकम्प

AFP__20260624__B88K6XZ__v1__HighRes__VenezuelaEarthquake-1782364061

सम्बन्धित समाचार

Scroll to Top