माओवादीले भन्यो- हिंसा संसद्को रेकर्डबाट नहटाएसम्म संसद् चल्न दिँदैनौं

२७ भदौ ८१, शुक्रबार

२८ भदौ, काठमाडौं ।

प्रमुख प्रतिपक्ष दल नेकपा माओवादी केन्द्रले नेकपा एमालेका सांसदहरूले प्रयोग गरेको हिंसा शब्द संसद्को रेकर्डबाट नहटाएसम्म सदन चल्न नदिने अडान राखेको छ ।

शुक्रबार बसेको संसदीय दलको बैठकले जनयुद्धलाई अपमानित गर्ने शब्द फिर्ता नभएसम्म सदनको अवरोधलाई जारी राख्ने निर्णय भएको प्रमुख सचेतक हितराज पाण्डेले बताए ।

Advertisement

सत्तारूढ दल नेकपा एमालेका सांसदहरूले जनयुद्ध, संघीयता र गणतन्त्रविरुद्ध जसरी अभिव्यक्ति दिएका छन्, त्यो शब्दमा मात्रै नभएर नियतमा होच्याउने शैलीको भएको भन्दै संसद्को अवरोध कायमै राख्ने निर्णय गरेको उनले जानकारी दिए ।

उनले भने, ‘हामीले संसद अवरोध गरिरहेका छौं । माओवादीबाट सञ्चालित दश बर्षे सशस्त्र जनयुद्ध थियो । हामीले यो कुरालाई शान्ति प्रक्रियामा उल्लेख गरेर अगाडि बढिरहेका छौं । हामीले संविधानमा सबै कुरालाई समावेश गरेका छौं । जनयुद्धलाई अपमानित गर्ने हिसाबले एमालेका सांसद योगेश भट्टराईले दिनुभयो । हामीले त्यतिबेलामा पनि प्रतिवाद गरेका थियो । सभामुखको रुलिङ हिंसा शब्दलाई मात्रै केन्द्रित गरेर आयो । हामीले जनयुद्ध, जनमुक्ति सेनालाई अपमान गरेको उहाँको भाव छ ।’

‘एमालेका सांसदहरूबाट हिंसा शब्दमात्रै केन्द्रित गरेर आयो । जनमुक्ति सेना, जनयुद्धलाई अपमानित गरेको कुरा आयो । ३० गते बैठक बोलाइएको छ । तर समस्याको समाधान नहुँदासम्म अवरोध निरन्तरता दिने निर्णय भएको छ,’ उनले भने ।

भर्खरको समाचार

३१ वर्षदेखि थन्किएको प्रतिवेदन कार्यान्वयन गर्ने सरकारको निर्णय

b5fc9095-b836-4ece-9599-342d56381717

student visa मा ’किर्ते’ धन्दा : कागजमा मात्रै कलेज र विद्यार्थी

Ballmiki-Campus

बीपी राजमार्गमा भयानक बस दुर्घटना, ठूलो हताहतीको आशंका

22a8a24f-68ca-4fea-b4f7-43597b6b85fc

अर्थमन्त्रीले फाइल खोल्ने भनेपछि विपक्षी एक मुख लागे

Finance Ministry_-199

विश्वकप फुटबलः को कति सफल ? कसले कति खेले, कति जिते ?

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाल–भारत सीमा क्षेत्र सुस्तामा बिहानैदेखि तनाव

713308110_1389978686494718_5103644594415436128_n

बागमती प्रदेशका आधा दर्जन जिल्लामा वर्षा, आज कहाँ कहाँ पर्छ पानी ?

mausam-2075-12-18-768x388

फास्ट ट्रयाक निर्माण कछुवा गतिमा ,अर्थमन्त्रीले घटाइदिए बजेट

swarnim wagle

किन डुब्यो हेटौँडा सिमेन्ट ? बालेन सरकारले कसरीे बचाउला ?

Current situation of Hetauda Ciment factory at Hetauda. Photo: Prakash Chandra Timilsena/Nepal Photo Laibrary

निजामती सेवामा ५५ वर्षे उमेर हद र ३० वर्षे सेवा अवधि ?

nijamati

सम्बन्धित समाचार

Scroll to Top