रोनाल्डोको सम्मानमा पोर्चुगल सरकारले निकाल्यो सात युरोको सिक्का !

२८ भदौ ८१, शनिबार

२९ भदौ, एजेन्सी ।

क्रिस्टियानो रोनाल्डो एउटा त्यस्तो नाम हो, जुन फुटबलको महानतासँग मात्र नभएर अनेकौं उपलब्धिसँग पनि जोडिएको छ । विश्व फुटबलका समकालीन हस्ती रोनाल्डोले आफ्नो राष्ट्र पोर्चुगलका लागि महत्त्वपूर्ण योगदान गरेका छन् । 

सन् २०१६ मा ऐतिहासिक रूपमा पोर्चुगललाई युरो कपको उपाधि दिलाएका रोनाल्डोले २०१९ मा नेसन्स लिगको उपाधि हात पारेका थिए । त्यसबाहेक पोर्चुगलका कप्तासमेत रहेका रोनाल्डोले फुटबल इतिहासमा सबैभन्दा धेरै गोल गर्ने खेलाडी हुँदै राष्ट्रको पहिचानलाई अझ फराकिलो पारेका थिए ।

Advertisement

यिनै उपलब्धिहरूलाई मध्येनजर गरेर पोर्चुगल सरकारले रोनाल्डोको सम्मानमा सात युरोको सिक्का निकालेको छ । अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार यो स्मारक सिक्का इतिहासकै सबैभन्दा महान फुटबल खिलाडीहरूमध्ये एकका रूपमा निकालिएको हो ।

विश्व फुटबलमा ३९ वर्षीय रोनाल्डोले बनाएको छविलाई उत्सवका रूमा लिँदै र उनले बनाएका उल्लेखनीय उपलब्धिहरूको कदर गर्दै पोर्चुगल सरकारले उक्त सिक्का बनाएको मिडिया रिपोर्टमा उल्लेख छ ।

Advertisement

खेलका माध्यमबाट पोर्चुगललाई विश्वमा चिनाउन सफल बनेका रोनाल्डोले उपाधिसहितका अरू तथ्यांकमा पनि उत्तिकै दखल राखेका छन् । मिस्टर च्याम्पियन्स भनेर चिनिने रोनाल्डो मैदानभित्र मात्र नभएर मैदानबाहिरका पनि प्रभावशाली व्यक्ति मानिन्छन् ।

समाजसेवामा पनि सक्रिय रहेका छन्, रोनाल्डो । उनले बाल अस्पतालहरूमा आर्थिक सहयोग गरेका छन् भने विपद् प्रभावितका लागि राहत दिने र शैक्षिक पहलका लागि समेत सहयोग गरेका छन् । समाजिक कार्यका लागि विभिन्न समयमा च्यारिटी म्याच पनि खेल्छन्, उनी ।

रोनाल्डोले समान पाँच-पाँच पटक बालोन डी’ओर र युइएफए च्याम्पिन्स लिग जितेका छन् । उनले फुटबल इतिहासमा सबैभन्दा बढी ९०१ गोल गरेका छन् । करिअरको हजार गोल पुर्‍याउने लक्ष्यमा रहेका रोनाल्डो विश्वभरका ४८ वटा राष्ट्रविरुद्ध गोल गर्ने एक मात्र खेलाडी पनि हुन् ।

रोनाल्डोले रियल मड्रिडका लागि ४५० गोल गर्दा म्यानचेस्टर युनाइटेडबाट १४५, पोर्चुगलका लागि १३१, युभेन्टसका लागि १०१ र अल नासरका लागि ६८ गोल गरेका उनले बाल्यकालका बेला स्पोर्टिङ सिपीबाट पाँच गोल गरेका थिए ।

फुटबलभन्दा बाहिर सामाजिक सञ्जालमा पनि रोनाल्डोको उत्तिकै दबदबा छ । उनी सबै प्रकारका सामाजिक सञ्जालमा एक अर्ब फलोअर्स बनाउनले पहिलो व्यक्ति पनि हुन् । पछिल्लो अढाइ दशकयता विश्व फुटबलमा राज गरिरहेका रोनाल्डो ‘एक्स’ (पूर्वट्विटर),  इन्स्टाग्राम, फेसबुक र युट्युबमा सक्रिय छन् ।

युट्युबसहित सबै सामाजिक सञ्जालबाट उनले आकर्षक आम्दानीसमेत गर्छन् । फेसबुक, एक्स र इन्स्टाग्राममा एउटा विज्ञापन गरिदिएबापत उनले करोडौं कमाउँछन् । झन्, युट्युबमा सक्रिय बन्दा सामाजिक सञ्जालबाट आउने रोनाल्डोको आम्दानीमा उत्तिकै बढोत्तरी भएको छ ।

रोनाल्डोले हालसम्म ३५ वटा ट्रफी जितेका छन् । राष्ट्रका लागि युरो कप र नेसन्स लिग जितेका रोनाल्डोले विश्वकपको ट्रफी भने जित्न सकेका छैनन् । उमेरले चार दशक पूरा गर्न आँटे पनि मैदानमा आफूलाई प्रमाणित गर्न तत्पर देखिएका रोनाल्डो तत्काल सन्न्यास लिने मनसायमा पनि छैनन् ।

उनको यो तत्परताले आगामी दुई वर्षपछि मेक्सिको, क्यानडा र अमेरिकामा संयुक्त रूपमा आयोजना हुने विश्वकप फुटबल खेल्ने संकेत दिएको छ । व्यवसायिक रूपमा आफ्नो फुटबल यात्रा भने साउदीको अल नासरबाटै अन्त्य गर्ने उनले घोषणा गरिसकेका छन् ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

ग्लोबल आइएमई बैंकद्वारा उद्यमशाला कार्यक्रम घोषणा, आवेदन खुल्ला

6e079520-4a98-4216-a901-c3a661ca88df

ओली–प्रचण्डको नयाँ गेमप्लान ! फेरि एकै जहाजका दुई पाइलट

_126009314_prachanda_oli_

ब्रिटिस काउन्सिल नेपालद्वारा उत्कृष्ट साझेदार संस्थाहरु सम्मानित

British Council PR_IELTS Partner Summit_Nepali_25 June 2026 (1)

हालान्ड  VS एमबाप्पेः विश्वकपको सबैभन्दा ठूलो भिडन्त !

66a54980-db9c-44ce-bbe1-13c6474a1cb6

चीनको हात टिष्टा नदीमा चोबलियो

TISTA NADI

भारतमा विना निर्वाचन दुई–तिहाइ पुर्याउने मोदीको खेल

ovhrqjf_pm-modi_625x300_21_April_25

मेस्सीको जन्मोत्सवको अवसरमा DGO र हिमालयन स्पोट्र्सद्वारा उपहार योजना घोषणा

Himalaya-Dgo-Lockup_1-2_copy

रास्वपा उपसभापतिमा सोविता र तोसिमा भिड्दै

sobita-toshmia

राहदानी खरिद प्रकरणको अनुसन्धान ओलीतर्फ कसरी सोझियो ?

UMohNunsd6yfBacoQ1S4A0PRjWkb2rDuQNufheIe

भेनेजुएलामा Doublet Earthquake ,जापानमा ६.९, क्यालिफोर्नियामा ५.६ रेक्टरको भूकम्प

AFP__20260624__B88K6XZ__v1__HighRes__VenezuelaEarthquake-1782364061

सम्बन्धित समाचार

Scroll to Top