NepalTimes

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश
No Result
View All Result
YouTube
Nepaltimes-logo
Nepaltimes-logo
Nepaltimes-logo-white
No Result
View All Result
  चर्चामा :
फेरि जागे जेनजी, माइतीघरमा विना अनुमति धर्ना,प्रहरी पछि हट्यो शुक्रबार कार्तिक ७ , २०८२
सिंहदरबार त कुरुप रैछ,२४ गते भन्दा २३ गते अपूरणीय क्षति शुक्रबार कार्तिक ७ , २०८२
पुटिनसँग भेट भंग गरेका ट्रम्पले सी लाई भेट्ने शुक्रबार कार्तिक ७ , २०८२
ओली ग्याङको घेरा बन्दीमा एमाले शुक्रबार कार्तिक ७ , २०८२
बुडापेस्ट वार्ता भङ्ग शुक्रबार कार्तिक ७ , २०८२
Next
Prev

समाचार

एमाले नेतृलाई मेटमणि भन्छन्, अचारवाली अचारमा ध्यान दिनु

शनिबार भदौ २९ , २०८१
Reading Time: 1 min read
A A
ओलीमाथि लगाए मेटमणिले गम्भीर आरोप
Advertisement
Share on FacebookShare on WhatsAppShare on TelegramShare on X

२९ भदौ ,काठमाण्डौ ।

एक टीभी अन्तर्वार्तामा नेपालको भूभागबारे विवादास्पद टिप्पणी गरेका नेकपा एकीकृत समाजवादीका उपमहासचिव मेटमणी चौधरीले अहिले चौतर्फी आलोचनाको सामना गर्नु परेको छ । यसबारे उनलाई पार्टीले समेत स्पष्टीकरण सोधेको छ ।

 

LS Auto

तर पार्टीलाई दिएको स्पष्टीकरणमा उनले आफूले भनेको कुरालाई बंग्याएर गलत अर्थ लगाइएको दाबी गरेका छन् । केहीले त उनलाई कारबाही गरिनु पर्ने समेत माग गरेका छन् । तर मेटमणी भने आलोचना गर्नेहरुमाथि नै जाइलाग्न थालेका छन् ।

उनले आफूमाथि प्रश्न उठाउनेलाई व्यक्तिगत तहमै उत्रिएर कटाक्ष गरेका छन् । नेकपा एमालेकी पोलिटब्युरो सदस्य शान्ता चौधरीले पनि मेटमणीको अभिब्यक्तिको आलोचना गर्दै उनलाई कारबाही हुनुपर्ने समेत बताएकी छन् ।

मेटमणिले ‘देशविरोधी’ अभिव्यक्ति दिएकाले उनलाई कारबाही हुनुपर्ने माग पूर्वसांसद शान्ताले गरेकी हुन् । तर पूर्वमन्त्रीसमेत रहेका मेटमणीले भने शान्तालाई अचारवाली भन्दै खिसिट्उिरी गरेका छन् ।

केही दिनअघि टीभी अन्तर्वार्ताका क्रममा मेटमणिले नेपालको नक्सामा समेटिएका लिम्पियाधुरा, कालापानी, लिपुपलेकमा भारतको अधिकार भएको भनेपछि उनको आलोचना भइरहेको छ । आफूले पनि त्यस्तो बोल्न नहुने भन्दा मेटमणिले आफूलाई ‘अचारवाली’ भनेर अपमान गरेको गुनासो शान्ताले गरेकी छन् ।

‘जो चोर उसैको ठूलो स्वर भनेजस्तो मेटमणिजी मेरो बदख्वाइँ गर्न लाग्नुभएछ । कालापानी भारतको हो भन्दै टेलेभिजनमा बोल्ने मेटमणिलाई त्यस्तो बोल्नु राम्रो होइन भन्दा मलाइ अचारवाली भनेर तुच्छ वचन बोल्नुभएछ’, शान्ताले सामाजिक सञ्जालमार्फत भनेकी छन्, ‘महिला उद्यमीहरूप्रतिको उहाँको धारणा कति दुर्गन्धित रहेछ । म एउटा राजनीति गर्ने मान्छे स्वाभिमानयुक्त राजनीतिको लागि उद्यमशीलता आवश्यक छ भनेर लागेको छु। विदेशीको दलाली गरेर देशको सार्वभौमिकताप्रति खेदो खन्ने काम मैले गरेको छैन।’

उनले अगाडि लेखेकी छन्, ‘कि तपाईंजस्तै विदेशी कुँडो खाएर देशविरुद्ध बोल्दै हिँड्नु माननीयज्यू? देशविरोधी तपाईंका अभिव्यक्तिप्रति तपाईंलाइ कारबाही हुनुपर्छ।’ मेटमणीले भने सामाजिक संजालमा लेखेका छन्, आफूलाई खुब ज्ञानी ठान्ने सुशील गौतम र दाङको अचार वालीले, भिडियोको सानो फुटेज मात्रै हेरेर मेरो बारेमा टिप्पणी गर्न भ्याएछन् ।

फुटेजको अघि, पछिको कुरा पनि सुन्नु नि । प्रतिक्रिया दिने विषयमा किन हतार गरेको ? हुन त फुर्सद कहाँ छ यी दुवैलाई । एउटालाई नकारात्मक कुराको खोजि गर्न ठिक्क छ र अर्कालाई भने डल्ले रातो खुर्सानी र नुन बेसार, अमिलो अनि विभिन्न मसलाको विषयमा । यसैले दुवै जानाले मज्जाले सुन्नु ।

कुन मनसाय र नियतको साथ बोलेको ? फुटेजमा लिम्पियाधुरा, लिपुलेक र कालापानिका जनताहरु २०१५ सालका मतदाता हुनुहुन्छ, तिरो तिरेको रसिद अहिले पनि सुरक्षित छ भनेछु, सुगौली सन्धिको समयमा पनि महाकाली नदी पूर्व सबै भूभाग हाम्रो हो भनेको छु तर महाकाली सन्धिपछि आधा आधाका सिद्यान्तमा सन्धि गरेकाले उसले दाबी गरिरहेको र दाबी पुगेको भनी दाबी गरिराछ भनेर मनसाय व्यक्त गरेकोछु ।

तर केही नबुझिकन टिप्पणी गर्न सुहाएन । बरु अचार तर्फै ध्यान दिनु, उद्योग राम्रो चलेछ भन्ने सुनेछु । नुन कम पर्ला, डल्ले खुर्सानी नभेटिएला । पञ्जा नलगाई अचार मोल्लान, कपाल नढाकिकन बनाउने ठाउँमा प्रवेश होला ।

यद्यपि, यसबीच चौतर्फी आलोचना बढेपछि सांसद मेटमणि चौधरीले विज्ञप्ति निकालेर आफूले अभिव्यक्त गरेको पूर्ण अंश र आशयलाई तोडमोड गरी विषयलाई अतिरञ्जित गर्दै विवादित बनाउने प्रयास गरेको उनको जिकिर गरेका छन् ।

उनले भनेका छन्, ‘न मेरो त्यस्तो आशय थियो न त नियत नै । कार्यक्रममा मेरो अभिव्यक्ति हेर्ने सुन्ने जो सुकैले यो सजिलै बुझन सक्नुहुनेछ ।’ उनले गलत महाकाली सन्धिको कारणले नै भारतले नेपालको लिम्पियाधुरा, लिपुलेक र कालापानी क्षेत्रमा दाबी गरिरहेको र महाकाली सन्धि नै सच्चाउनु’ पर्ने विषयलाई इंगित गरेको बताएका छन् ।

चार वर्षअघि यही विषयमा आफ्नो आपत्तिजनक अभिव्यक्तिका कारण तत्कालीन समाजवादी पार्टीकी सांसद सरिता गिरी पार्टीको कारबाहीमा परेकी थिइन् । नेपालको राष्ट्रियता, सीमा र तत्कालीन सरकारले जारी गरेको नयाँ नक्सालाई लिएर आपत्तिजनक अभिव्यक्ति दिएकी गिरीको सांसद पदमात्रै गएन उनको राजनीतिक करियर नै सकियो ।

अहिले उनी मूलधरको राजनीतिक सिनमा कतै देखिएकी छैनन् । गिरीले २०७७ जेठमा संसद्मै सरकारले जारी गरेको नक्सा देशको नभएको अभिव्यक्ति दिएकी थिइन् । एक टेलिभिजन अन्तर्वार्तामा उनले लिम्पियाधुरा नेपालको भाग हो भनेर आफूले स्वीकार नगर्ने अभिव्यक्ति दिएकी थिइन् ।

यतिमात्रै होइन सांसद गिरीले नेपालको संविधान संविधानको अनुसूची ३ मा रहेको निसान छाप संशोधन गरेर नेपालको अद्याविधक नक्सा अनुसारको नक्सा राख्ने बुँदा हटाउनुपर्ने मागसमेत गरेकी थिइन् । आफ्नो विवादास्पद अभिव्यक्तिमा अडिग रहेपछि न उनको सांसद पद रहृयो न राजनीतिक करियर नै ।

संसद्, सामाजिक सञ्जाल र सञ्चारमाध्यमबाट राष्ट्रियता जस्तो संवेदनशील विषयमा लगातार आपत्तिजनक अभिव्यक्ति दिएर गिरीले राजनीतिबाट हात धोएको चार वर्षपछि नेकपा (एकीकृत समाजवादी)का उपमहासचिव मेटमणि चौधरी फेरि उस्तै विवादमा फसेका हुन् ।

Tags: #आलोचकको बदख्वाइँ#मेटमणि चौधरी

लोकप्रीय

फेरि जागे जेनजी, माइतीघरमा विना अनुमति धर्ना,प्रहरी पछि हट्यो

फेरि जागे जेनजी, माइतीघरमा विना अनुमति धर्ना,प्रहरी पछि हट्यो

शुक्रबार कार्तिक ७ , २०८२
नेपालमा हुन सक्ने ५ शासकीय स्वरुपका मोडल कुन–कुन हुन् ?

सिंहदरबार त कुरुप रैछ,२४ गते भन्दा २३ गते अपूरणीय क्षति

शुक्रबार कार्तिक ७ , २०८२
पुटिनसँग भेट भंग गरेका ट्रम्पले सी लाई भेट्ने

पुटिनसँग भेट भंग गरेका ट्रम्पले सी लाई भेट्ने

शुक्रबार कार्तिक ७ , २०८२

विचार

फेरि जागे जेनजी, माइतीघरमा विना अनुमति धर्ना,प्रहरी पछि हट्यो

फेरि जागे जेनजी, माइतीघरमा विना अनुमति धर्ना,प्रहरी पछि हट्यो

शुक्रबार कार्तिक ७ , २०८२
नेपालमा हुन सक्ने ५ शासकीय स्वरुपका मोडल कुन–कुन हुन् ?

सिंहदरबार त कुरुप रैछ,२४ गते भन्दा २३ गते अपूरणीय क्षति

शुक्रबार कार्तिक ७ , २०८२
पुटिनसँग भेट भंग गरेका ट्रम्पले सी लाई भेट्ने

पुटिनसँग भेट भंग गरेका ट्रम्पले सी लाई भेट्ने

शुक्रबार कार्तिक ७ , २०८२

थप समाचार

फेरि जागे जेनजी, माइतीघरमा विना अनुमति धर्ना,प्रहरी पछि हट्यो
ताजा समाचार

फेरि जागे जेनजी, माइतीघरमा विना अनुमति धर्ना,प्रहरी पछि हट्यो

शुक्रबार कार्तिक ७ , २०८२
नेपालमा हुन सक्ने ५ शासकीय स्वरुपका मोडल कुन–कुन हुन् ?
ताजा समाचार

सिंहदरबार त कुरुप रैछ,२४ गते भन्दा २३ गते अपूरणीय क्षति

शुक्रबार कार्तिक ७ , २०८२
पुटिनसँग भेट भंग गरेका ट्रम्पले सी लाई भेट्ने
अन्तर्राष्ट्रिय

पुटिनसँग भेट भंग गरेका ट्रम्पले सी लाई भेट्ने

शुक्रबार कार्तिक ७ , २०८२
पतनको बाटोमा ओली,प्रधानमन्त्री र गृहमन्त्रीलाई दिए धम्की, नेताले दिएनन् साथ
ताजा समाचार

ओली ग्याङको घेरा बन्दीमा एमाले

शुक्रबार कार्तिक ७ , २०८२

भिडियो

Currently Playing

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

00:01:21

सरकारको असफलता: महँगी रोक्न नसक्दा उपभोक्तामाथि थप आघात || Nepal Times

00:13:15

काठमाडौं महानगरको राजस्व असमझदारी र गृहमन्त्री लेखकको विवादित निर्णयले सरकारमाथि दबाब।

00:10:28

सहकारी प्रकरणमा लामिछाने निर्दोषको दाबी र संसद् उपेक्षा गरेकोमा विपक्षीले सरकारलाई कठघरामा उभ्याए।

00:10:47

स्वर्णलक्ष्मी विवादले तातेको अदालत, सार्क ठप्प: लामिछानेमाथि दवाब र भारत-पाक तनाबको कूटनीतिक खेल

00:12:15
Currently Playing

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

00:13:34

किन सधैं अशान्त रहन्छ मध्यपूर्व? कारण र द्वन्द्वको चक्रव्यूह || Nepal Times

00:14:58

Imran Khan र Rabi Lamichhane : फरक देश, एउटै नियति #rabilamichhane #imrankhan #news

00:14:15

लाइक,कमेन्ट र सेयर गरे जेल,विधेयक हुबहु पास भए के हुन्छ ?|| Nepal Times

00:14:44

चरीदेखि घैंटे सम्म : डनहरूको इन्काउन्टर कथा|| Nepal Times

00:15:42
Currently Playing

विश्वमै इन्धनको भाउ बढ्ने, पुटिनलाई रोक्न सीको शरणमा ट्रम्प || Nepal Times

विश्वमै इन्धनको भाउ बढ्ने, पुटिनलाई रोक्न सीको शरणमा ट्रम्प || Nepal Times

00:22:07

World News: भेनेजुएलासँग ५००० रूसी मिसाइल, क्यानडाले माग्यो नेतन्याहुको गिरफ्तारी || Nepal Times

00:17:50

World News: उत्तरले हान्यो ब्यालिस्टिक मिसाइल, बेलायती ‘स्टोर्म श्याडो’ रुसी प्लान्टमा|| Nepal Times

00:15:42

World News: पुनर्निर्माणमा सहयोग गर्न अन्तर्राष्ट्रिय समुदायलाई नेपालको आह्वान || Nepal Times

00:14:56

World News: Russiaमा माओवादी पूर्वलडाकु कमान्डर, कोलम्बियाली राष्ट्रपति ‘लागू औषध नेता’

00:19:42

प्रदेश

Menu
  • कोशी
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदूरपश्चिम

नेभिगेशन

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

लोकप्रिय पोस्टहरू

रास्वपामा कुलमान ल्याउने प्रस्तावले भाँडभैलो,सुमनापछि अब तोसिमा ?

रास्वपामा कुलमान ल्याउने प्रस्तावले भाँडभैलो,सुमनापछि अब तोसिमा ?

आइतवार कार्तिक २ , २०८२
प्रचण्ड नेतृत्वमा ८ सदस्यीय मन्त्रिपरिषद् गठन

सम्पत्ति छानविनपछि आत्तियो माओवादी,सुशीलालाई भेट्न दूत पुगे

सोमवार कार्तिक ३ , २०८२
डलरमा चलेको पहिचानको लडाइँः फण्ड रोकिएपछि विद्रोह

आजको विदेशी मुद्राको विनिमय दर

बिहिबार कार्तिक ६ , २०८२

हालका पोस्टहरू

फेरि जागे जेनजी, माइतीघरमा विना अनुमति धर्ना,प्रहरी पछि हट्यो

फेरि जागे जेनजी, माइतीघरमा विना अनुमति धर्ना,प्रहरी पछि हट्यो

शुक्रबार कार्तिक ७ , २०८२
नेपालमा हुन सक्ने ५ शासकीय स्वरुपका मोडल कुन–कुन हुन् ?

सिंहदरबार त कुरुप रैछ,२४ गते भन्दा २३ गते अपूरणीय क्षति

शुक्रबार कार्तिक ७ , २०८२
पुटिनसँग भेट भंग गरेका ट्रम्पले सी लाई भेट्ने

पुटिनसँग भेट भंग गरेका ट्रम्पले सी लाई भेट्ने

शुक्रबार कार्तिक ७ , २०८२
सम्पादक
हरिहर नेपाल
प्रधान सम्पादक
लीलाबल्लभ घिमिरे
सूचना विभाग दर्ता नं.
७२७-०७४-०७५
9820710515
[email protected]
© 2025 Nepal Times. All Rights Reserved.

© 2025 Nepal Times. All Rights Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

© 2025 Nepal Times All Rights Reserved.