×

NEPAL TIMES UPDATES

Playing
Watch Top15 News Of The Day in 5 Minutes || Nepal Times
Apr 18, 2026
Playing
इस्लामावाद वार्ताका लागि तयार, तर भाँडिने संकेत|| Nepal Times
Apr 18, 2026
Playing
World News: सिरियाबाट १२ वर्षपछि अमेरिकी सेना फिर्ता, राहुल गान्धीविरुद्ध एफआईआर || Nepal Times
Apr 18, 2026
Playing
चीनका चार रहस्यमयी विमान इरान पुगे? || Nepal Times
Apr 18, 2026
Playing
“मुस्ताङको युरेनियम लिन विदेशी से*ना आउँदै?” — Parsaiको सनसनीपूर्ण दाबी
Apr 18, 2026
Playing
देउवा समूह चोईटेला ? पूर्णबहादुरले बोलाए असन्तुष्टहरुको बैठक || Nepal Times
Apr 18, 2026
Playing
एक्लिएका ओलीलाई प्रचण्डको याद आयो, एकता गर्न किन खोज्दै छन् ? || Nepal Times
Apr 18, 2026
Playing
Top 15 Afternoon News || April-18-2026 || Nepal Times
Apr 18, 2026
Playing
अमेरिकी ‘युवा परिषद् नेपाल’ भर्सेस चिनियाँ ‘युथ पायोनियर प्रोग्राम’ || Nepal Times
Apr 18, 2026
Playing
इरानको युरेनियम लैजाने ट्रम्पको दाबी सत्य हो? होर्मुज खुलेपनि अमेरिकी नाकाबन्दी जारी|| Nepal Times
Apr 18, 2026

विराटनगरमा आबद्ध भएका सन्दीप को हुन् ?

२९ भाद्र २०८१

२९ भदौ, विराटनगर ।

राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान सन्दीप लामिछाने नेपाल प्रिमियर लिगआबद्ध विराटनगरको मार्की खेलाडी बनेका छन् । एसोसिएट राष्ट्रका स्टारका रूपमा पहिचान बनाएका लामिछाने विराटनगरका मार्की प्लेयर बनेका हुन् ।

Advertisement
Advertisement

आगामी मंसिर १५ देखि पुस ६ गतेसम्म कीर्तिपुरस्थित त्रिवि मैदानमा आयोजना हुँदै छ । जसका लागि नेपाल क्रिकेट संघ (क्यान)ले शुक्रबार आठ मार्की प्लेयरको नाम सार्वजनिक गरेको थियो । शनिबार आयोजित कार्यक्रममा क्यानले ‘लक्की ड्र’ मार्फत् मार्की प्लेयरको टिम टुंगो लगाउँदा लामिछाने विराटनगरमा परेका हुन् ।

लामिछाने विराटनगरको मार्की प्लेयर बन्दा काठमाडौंको मार्की प्लेयरमा करण केसी, पोखराको कुशल भुर्तेल, चितवनको कुशल मल्ल, जनकपुरको आसिफ सेख, लुम्बिनीको रोहित पौडेल, कर्णालीको सोमपाल कामी र सुदूरपश्चिमको दीपेन्द्रसिंह ऐरी मार्की प्लेयर बनेका छन् । एनपिएल खेल्ने अरू खेलाडी अक्सनमार्फत छानिने छन् ।

अब, विराटनगरले अरू खेलाडीभने अक्सनमार्फत छान्ने छ । मार्की प्लेयर चुनिएका लामिछानेले २० लाख रुपैयाँ पाउने छन् । सम्भवतः विराटनगरले कप्तानको भूमिका लामिछानेलाई नै सुम्पिने छ ।

को हुन् त सन्दीप ?

देश तथा विदेशका विभिन्न लिगको अनुभवले निखारिएका २४ वर्षीय सन्दीप ग्लोबल आइकनका रूपमा परिचित छन् । छोटो समयमा नै ठुलो सफलता हात पारेका सन्दीपको सफलता ग्राफ आफैंमा निक्कै लोभलाग्दो थियो । उनको क्रिकेट करिअर १४ वर्षको उमेरदेखि सुरु भएको हो । सन् २०१५ को मार्च ४ मा वसन्त रेग्मीको विवाहका लागि भैरहवा जाँदैगर्दा बाटोमा पर्ने चितवन एकेडेमीमा तत्कालीन नेपाली क्रिकेट टिमका मुख्य प्रशिक्षक पुबुदु दासानायकेले सन्दीपलाई भेटेका थिए । पहिलो भेटको खेलबाटै प्रभावित बनेका पुबुदुले लामिछानेलाई राष्ट्रिय टिमको बन्द प्रशिक्षणमा डाके ।

सन् २०१५ को नोभेम्बरमा कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा भएको मेलबर्न क्रिकेट क्लब (एमसीसी) सँगको दुई दिने क्रिकेटबाट लामिछानेले नेपाली टिमबाट ‘डेब्यू’ गरेका थिए । तथापि, नेपाली टिमबाट लामिछानेको यो आधिकारिक ‘डेब्यू’ भने थिएन । सन् २०१६ मा आइसिसी विश्व क्रिकेट लिग च्याम्पियनसिपअन्तर्गत त्रिवि क्रिकेट मैदानमै भएको नामिबियाविरुद्धको खेलबाट उनले सिनियर राष्ट्रिय टिममा ‘डेब्यू’ गरेका थिए ।

त्यसयता राष्ट्रिय टिमका समेत नियमित सदस्य बनिरहेका लामिछानेले विश्व क्रिकेटकै सबैभन्दा ठूलो फ्रेन्चाइज इन्डियन प्रिमियर लिग (आइपिएल) को अनुभव पनि संगालेका छन् । आइपिएल खेल्ने पहिलो र हालसम्मका एकमात्र नेपाली क्रिकेटरका रूपमा रहेका सन्दीपले विश्वभरका चर्चित फ्रेन्चाइज क्रिकेट खेलेका छन् ।

अस्ट्रेलियाको बिग बास लिग, पाकिस्तानको पाकिस्तान सुपर लिग, वेस्ट इन्डिजको क्यारेबियन प्रिमियर लिग, क्यानडाको ग्लोबल टी–२० खेलेका उनले २०७८ साल मंसिर २९ गते ज्ञानेन्द्र मल्ललाई विस्थापित गर्दै राष्ट्रिय टोलीको कप्तान बनेका थिए । ज्ञानेन्द्रसहित उपकप्तान दीपेन्द्रसिंह ऐरी, सोमपाल कामी र कमलसिंह ऐरीले क्यानको केन्द्रीय सम्झौताप्रति असन्तुष्टि जनाउँदै ‘विद्रोह’ गरेपछि लामिछानेले मौका पाएका थिए ।

युवा अवस्थामा विश्व क्रिकेटमा सन्दीप नामलाई ‘ब्रान्ड’ बनाएका उनको चर्चा बढ्दो थियो । क्रिकेट थालेको दिनदेखि उकालो लागेको लामिछानेको क्रिकेट करिअरले २०७९ भदौ अघिसम्म कहिल्यै पछाडि फर्किनुपरेको थिएन । तर, २०७९ साल भदौ २१ गते प्रहरी वृत्त गौशालामा जबरजस्ती करणीमा जाहेरी प¥यो । आफ्नी समर्थक युवतीलाई आर्थिक अवस्थाको फाइदा उठाएर बलात्कार गरेको आरोप लागेपछि क्यानले उनलाई निलम्बन गरेको थियो । उनी निलम्बित भएलगत्तै क्यानले रोहितकुमार पौडेललाई कप्तानको भूमिका सुम्पिएको थियो ।

Advertisement

बलात्कार आरोप लागेका उनलाई मुद्दाको किनारा नलागेसम्म कारागारमा राख्न काठमाडौं जिल्ला अदालतले २०७९ साल कात्तिक १८ गते आदेश दिएको थियो । तर, पुस २८ गते उच्च अदालत पाटनले उनलाई २० लाख धरौटीमा थुनामुक्त गर्न आदेश दिएको थियो । धरौटीमा रिहा भएपछि क्यानले माघ १७ गते सन्दीपमाथिको निलम्बन पनि फुकुवा गर्यो । यसपछि उनले आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत घरेलु मैदानमै भएको नामिबियाविरुद्ध खेलबाट राष्ट्रिय टिममा पुनरागमन गरेका थिए ।

भर्खरको समाचार

इरानको युरेनियम लैजाने ट्रम्पको दाबी सत्य हो? होर्मुज खुलेपनि अमेरिकी नाकाबन्दी जारी

donald_trump

ओली हटाएर एमाले अध्यक्ष बन्न तम्सिदैछिन् विद्या

Bidhya-Bhandati-and-Kp

आजदेखि ‘भेहिकल फ्रि असन’

Places-To-Visit-in-Kathmandu-Ason-Spice-Market-Nepal

कांग्रेस विवादको कानुनी बाटो सकियो, देउवाको रिट खारेज, फैसलामा के छ ?

deuwba and gagan

कांग्रेस प्रति दिलदार रास्वपा ! भ्रष्टचारको फाइल अड्काउने श्रम संस्कृतिलाई डर

harka-and-rabi-2-1711872787

पार्टीमा कुर्सी हल्लिएपछि प्रचण्डको ’त्यो’ र ओलीको ’यो’ स्वार्थ मिल्यो

_126009314_prachanda_oli_

अब अस्पतालमा पनि दुई दिन बिदा, आकस्मिक सेवा सञ्चालन हुने

swasthya-mantralaya

बालेन,रवि, प्रचण्डले आमालाई कसरी सम्झिए ? म नेपाल आमा हाँसेको हेर्न चाहन्छु।

674536346_955343240419027_988202194885674559_n (1)

“आमा”

cdc212c1-c8e6-4838-a4f5-496822c8e048

Lebanon–Israel  १० दिन शान्त,Iranसँग सम्झौता नजिक

thumbs_b_c_28fdaf3eb721532ff51d5afdea914410

सम्बन्धित खबरहरु

Scroll to Top