×

NEPAL TIMES UPDATES

Playing
धनगढीका मेयरले भागेर ज्यान जोगाए, हुम्लीले पुल भत्काएर लखेटे || Nepal Times
May 21, 2026
Playing
कहिलेसम्म चल्ला सभामुख र हर्क साम्पाङबीच जुहारी ?|| Nepal Times
May 20, 2026
Playing
१६ वटा युरोपेली देशसँग श्रम सम्झौताको तयारी कहाँ पुग्यो ? || Nepal Times
May 20, 2026
Playing
रास्वपा नेतृत्वमा रवि र बालेन यथावत, महामन्त्री र उपसभापति को ?|| Nepal Times
May 20, 2026
Playing
नगरप्रहरीले काफल पोख्यो,मेयरले ढाडससहित दिइन् १० हजार || Nepal Times
May 20, 2026
Playing
ब्रिटिस किंग्स गोर्खा अर्टिलरी, ब्रिटिस सेनाको शान बढाउन नेपालीमात्रै भर्ती || Nepal Times
May 20, 2026
Playing
विश्वमा जंगलराज आउने सी–पुटिनको चेतावनी|| Nepal Times
May 20, 2026
Playing
Watch Top50 News Of The Day || Jestha-06-2083 || Nepal Times
May 20, 2026
Playing
ग्रे लिस्ट भनेको के हो ? बाहिरिन नेपालले अब के गर्नुपर्छ ? || Nepal Times
May 20, 2026
Playing
Trump ले शान्ति मागे, इरानले ‘फाइटर जेट खसाल्न तयार होउ’ भन्दै लल्कार्यो || Nepal Times
May 20, 2026

संसद् खुलाउन सभामुखले बोलाए बैठक

३० भाद्र २०८१

३० भदौ, विराटनगर ।

प्रतिनिधिसभा बैठकको अवरोध हटाउन सभामुख देवराज घिमिरेले दलहरूको बैठक बोलाएका छन् । प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रले ‘हिंसा’ शब्दलाई लिएर अवरुद्ध गरेको सदन खुलाउने प्रयासस्वरूप सभामुख घिमिरेले बैठक डाकेका हुन् ।

Advertisement
Advertisement

आइतबार बिहान ११ बजेका लागि घिमिरेले प्रमुख दलका प्रमुख सचेतक र सचेतकको बैठक बोलाएका हुन् । सत्तारूढ नेकपा एमाले सचिव योगेश भट्टराईले भदौ १२ गते बोलेको माओवादी ‘हिंसा’ शब्द संसद्को रेकर्डबाट हटाउन नपर्ने घोषणा सभामुखले गरेपछि संसद्मा अवरोध सिर्जना भएको हो ।

भदौ २६ गतेको बैठकमा सभामुखले हिंसा शब्द असंसदीय नभएको घोषणा गरेपछि माओवादीले संसद् अवरुद्ध गरेको थियो । माओवादी हिंसा शब्द संसद्को रेकर्डबाट नहटाएसम्म बैठक चल्न नदिने निर्णय माओवादीले संसदीय दलको बैठकबाटै गरेको छ ।

Advertisement
Advertisement

संसद् सचिवालयको परामर्शमा सभामुखले सो शब्द हटाउनु नपर्ने घोषणा गरेका थिए । प्रतिनिधिसभाको बैठक आइतबार दिउँसो १ बजेको लागि बोलाइएको छ ।

भर्खरको समाचार

सम्बन्धित खबरहरु

Scroll to Top