मन्त्री गुरुङले कर्मचारीलाई भने : काम चोर्ने र ढाँट्ने मान्छे मलाई मन पर्दैन

२९ भदौ ८१, आइतबार

३० भदौ, काठमाडौं । सरकारका प्रवक्ता तथा सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले काम चोर्ने र ढाँट्ने कर्मचारीहरू आफूलाई मन नपर्ने बताएका छन् । आइतबार मन्त्रालयका सचिव लगायत अन्य कर्मचारीहरूसँग कार्य सम्पादन सम्झौता गर्दै उनले यस्तो बताएका हुन् ।

मन्त्री गुरुङले उपलब्धि हासिल गर्ने कुरामा सधैँ पहिलो हुनेगरी काम गर्न मन्त्रालयका कर्मचारीहरूलाई निर्देशन दिएका छन् । ‘हामीसँग २२ वटा मन्त्रालय छ । प्रधानमन्त्री कार्यालयसहितको । यो प्रतिस्पर्धा पनि हो । त्यसैले हाम्रोमन्त्रालय यि सबै मन्त्रालयहरूमा कहिल्यै पनि दोस्रो हुनु हुँदैन । हामी पहिलो नै हुनुपर्छ । हाम्रो मन्त्रालय हरेक कुरामा डिस्टिङसन ल्याएर टप अफ द टबल हुनुपर्छ यो उपलब्धि हासिल गर्नेकुरामा,’ मन्त्री गुरुङले भने ।

‘यो एक जनाको मात्रै काम होइन, सबैले मिलेर सफल बनाउने हो । हामी र हाम्रो मन्त्रायल २२ वटा मन्त्रालयमा फर्स्ट नै हुने हो । किन भनिरहेको छु भने ममा पनि एउटा आत्मविश्वास छ । म यो काम गरेर देखाउँछु भन्ने । ममा आत्मविश्वास तपाईंहरूको अनुहार हेरेर पलाएको हो । तपाईंहरूमा मेरो त्यो विश्वास छ,’ उनले थपे । 

Advertisement

उनले सञ्चार मन्त्रालयलाई २२ मन्त्रायलहरूमध्ये दोस्रो हुने छुट नरहेको पनि स्पष्ट पारे । हरेक कुरामा विशिष्ट श्रेणी ल्याएर टप अफ द टबल हुनुपर्ने भन्दै काममा इमान्दारितापूर्वक लाग्न आग्रह गरे ।

‘म एक्लैले गर्न सक्दिनँ । तपाईंहरूको सहयोग सबैको भयो भने हामी सक्छौँ । प्रतिपक्षमा हुँदा पनि र मन्त्री हुँदा पनि हामी सांसदहरूले बुझ्नपर्ने कुरा के छ भने यो राज्य हाम्रो हो, हामीले गर्ने हो । यो फलानोको हो, यसको जसरी पनि विरोध गर्नुपर्छ भनेर हुँदैन,’ उनले भने, ‘इमानपूर्वक काम गर्नेलाई मेरो ढोका जहिले पनि खुला छ । सुझाव राख्नका लागि जहिल्यै आउनुस् । कामचोर मलाई मन पर्दैन, ढाँट्ने बानी पनि मन पर्दैन । यो कुराबाट मुक्त भएर काम गरौँ । अरू मन्त्रालयलाई पनि सन्देश दिऔँ न, सञ्चार तथा सूचना प्रविधि मन्त्रालय जस्तो होस् ।’

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

ग्लोबल आइएमई बैंकद्वारा उद्यमशाला कार्यक्रम घोषणा, आवेदन खुल्ला

6e079520-4a98-4216-a901-c3a661ca88df

ओली–प्रचण्डको नयाँ गेमप्लान ! फेरि एकै जहाजका दुई पाइलट

_126009314_prachanda_oli_

ब्रिटिस काउन्सिल नेपालद्वारा उत्कृष्ट साझेदार संस्थाहरु सम्मानित

British Council PR_IELTS Partner Summit_Nepali_25 June 2026 (1)

हालान्ड  VS एमबाप्पेः विश्वकपको सबैभन्दा ठूलो भिडन्त !

66a54980-db9c-44ce-bbe1-13c6474a1cb6

चीनको हात टिष्टा नदीमा चोबलियो

TISTA NADI

भारतमा विना निर्वाचन दुई–तिहाइ पुर्याउने मोदीको खेल

ovhrqjf_pm-modi_625x300_21_April_25

मेस्सीको जन्मोत्सवको अवसरमा DGO र हिमालयन स्पोट्र्सद्वारा उपहार योजना घोषणा

Himalaya-Dgo-Lockup_1-2_copy

रास्वपा उपसभापतिमा सोविता र तोसिमा भिड्दै

sobita-toshmia

राहदानी खरिद प्रकरणको अनुसन्धान ओलीतर्फ कसरी सोझियो ?

UMohNunsd6yfBacoQ1S4A0PRjWkb2rDuQNufheIe

भेनेजुएलामा Doublet Earthquake ,जापानमा ६.९, क्यालिफोर्नियामा ५.६ रेक्टरको भूकम्प

AFP__20260624__B88K6XZ__v1__HighRes__VenezuelaEarthquake-1782364061

सम्बन्धित समाचार

Scroll to Top