×

Connection Required

Please add your YouTube API Key to the website code to load the latest videos.

नेपालकी प्रिया राई बनिन् एसिया ट्रायल मास्टर च्याम्पियन !

३० भाद्र २०८१

३० भदौ, एजेन्सी । 

नेपालकी प्रिया राईले एसिया महिला ट्रायल मास्टर च्याम्पियन–२०२४ को उपाधि जितेकी छन् । मलेसियामा शनिबार भएको एसियाली ट्रायल मास्टर च्याम्पियनसिपको फाइनलमा प्रियाले आफ्ना प्रतिद्वन्द्वीलाई एक घण्टाभन्दा बढीको अन्तरले जित्दै स्वर्ण पदक उचालेकी हुन् ।

Advertisement

प्रियाले ७८ किलोमिटर दूरीको सिरिजमा १० घण्टा ५९ मिनेट ४८ सेकेन्डमा उक्त दौड पूरा गरिन् । प्रियाले बेल्जियमकी भान्जा क्नोप्स र नेपालबाटै गएकी अर्की प्रतिद्वन्द्वी रशिला तामाङलाई उछिनिन् । भान्जा उक्त दौडमा दोस्रो भइन् भने रशिला लोइ लेउङलाई हराउँदै तेस्रो बनिन् । स्पेनबाटै प्रतियोगिता खेल्न मलेसिया पुगेकी रशिलाले कास्य पदक जितिन् ।

खोटाङ घर भएकी प्रिया केही महिनादेखि नै उक्त दौडको उपाधि जित्नेगरी तयारी गरिरहेकी थिइन् । नेपाली अल्ट्रा धाविका प्रिया राईले १० दिनभित्र घरेलु भूमिमा भएको दुई अल्ट्रा ट्रेल रेसको उपाधि जित्दै एसिया ट्रेल मास्टर्स फाइनलमा छनोट भएकी थिइन् ।

उनी मन्जुश्री ट्रेल रेस ५० किलोमिटरमा प्रथम र जुम्ला रारा अल्ट्रा म्याराथन ४९ किलोमिटरमा प्रथम भएसँगै प्रियाले एसियन ट्रेल च्याम्पियनसिप खेल्न नेपालबाट छनोट भएकी थिइन् ।

सेप्टेम्बर १२ देखि १५ सम्म भएको प्रतियोगितामा प्रिया र रशिलासँगै नेपालबाट नौ खेलाडीले सहभागिता जनाएका थिए । ओखलढुंगाकी छोकी शेर्पा र पदमकुमारी सुनुवार, सोलुखुम्बुकी आङफुर्वा शेर्पा, मिलन कुलुङ, लोकेन्द्र राई, अर्जुन कुलुङ राई र फुर्पा सिंगी तामाङले प्रतिस्पर्धा गरेका थिए ।

Advertisement

सबै प्रतिस्पर्धीले सन्तोषजनक नतिजा आत्मसात् गरेको प्रशिक्षकमा पूर्ण तामाङले जानकारी दिएका छन् । टोलीको अफिसियलमा सुवास थापा र रिकेश योञ्जन पनि मलेसिया गएका छन् ।

भर्खरको समाचार

ओली–लेखकको हिरासत म्याद आज सकिँदै, रिहा होलान् ?

oli lekhak

आज हावाहुरीसहित वर्षा र हिमपात, ४ जिल्लामा चट्याङसहित वर्षा

Mausam

कुनैपनि बेला युद्धविराम भंग हुन् सक्ने, लेबनानमा २५४ जना मारिए

trump

इरानी जनताको अभूतपूर्व एकता, जसले ट्रम्पलाई झुकायो,रातभर जाग्राम

US-Iran-1

देउवा दम्पतीविरूद्ध पक्राउ पुर्जी जारी, हङकङत्रबाट कसरी पक्राउ पर्छन?

deuba-aarju

‘संविधान संशोधन कार्यदल’को पहिलो बैठक आजः को को सहभागी हुँदैछन् ?

Screenshot 2026-04-08 140934

इजरेलमा रहेका नेपालीलाई ‘अत्यन्त जरुरी’ सूचना

Screenshot 2026-04-08 130237

आज सातै प्रदेशमा हावाहुरी र असिनासहित वर्षा  

mausam-2075-12-18-768x388

विश्वयुद्ध टर्याे, पाकिस्तानले गरायो युद्धविराम, इरानमा विजयोत्सव

US-Iran-1

ताइवानको हवाई क्षेत्र ४० दिनलाई बन्द, टापु निल्ने चीनको तयारी

taiwan-flag

सम्बन्धित खबरहरु

Scroll to Top