×

NEPAL TIMES UPDATES

Playing
कहिलेसम्म चल्ला सभामुख र हर्क साम्पाङबीच जुहारी ?|| Nepal Times
May 20, 2026
Playing
१६ वटा युरोपेली देशसँग श्रम सम्झौताको तयारी कहाँ पुग्यो ? || Nepal Times
May 20, 2026
Playing
रास्वपा नेतृत्वमा रवि र बालेन यथावत, महामन्त्री र उपसभापति को ?|| Nepal Times
May 20, 2026
Playing
नगरप्रहरीले काफल पोख्यो,मेयरले ढाडससहित दिइन् १० हजार || Nepal Times
May 20, 2026
Playing
ब्रिटिस किंग्स गोर्खा अर्टिलरी, ब्रिटिस सेनाको शान बढाउन नेपालीमात्रै भर्ती || Nepal Times
May 20, 2026
Playing
विश्वमा जंगलराज आउने सी–पुटिनको चेतावनी|| Nepal Times
May 20, 2026
Playing
Watch Top50 News Of The Day || Jestha-06-2083 || Nepal Times
May 20, 2026
Playing
ग्रे लिस्ट भनेको के हो ? बाहिरिन नेपालले अब के गर्नुपर्छ ? || Nepal Times
May 20, 2026
Playing
Trump ले शान्ति मागे, इरानले ‘फाइटर जेट खसाल्न तयार होउ’ भन्दै लल्कार्यो || Nepal Times
May 20, 2026
Playing
नेपालमा संसद्बाट निकालिएका सांसद्हरुको इतिहास, कसलाई किन निकालियो ? || Nepal Times
May 20, 2026

रहेनन् माइकल ज्याक्सनका दाजु टिटो, हृदयघातकै कारण निधन

३१ भाद्र २०८१

३१ भदौ, एजेन्सी । 
विश्वकै सर्वाधिक चर्चित र लोकप्रिय गायक माइकल ज्याक्सनका दाजु टिटो ज्याक्सनको पनि निधन भएको छ । अमेरिकन संगीतकार टिटोको ७० वर्षको उमेरमा आइतबार निधन भएको हो ।

टिटोका परिवारले सोमबार उनको निधनको पुष्टि गरेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । न्यु मेक्सिकोदेखि ओक्लाहोमा सडक यात्रामा रहेका बेला हृदयघातका कारण उनको निधन भएको बताइएको छ । तथापि, उनको निधनको आधिकारिक कारण भने सार्वजनिक गरिएको छैन ।

Advertisement
Advertisement

सन् २००३ मा संगीततर्फ पाइला चालेका टिटोले एक साताअघि मात्र इंग्ल्यान्डमा आफ्नो प्रस्तुती दिएका थिए । टिटोले आफ्ना भाइहरूका साथ त्यहाँ प्रस्तुती दिएका थिए । इन्डियानाको ग्यारीमा जन्मिएका उनले सन् २०१६ मा ‘टिटो टाइम’ र २०२१ म ‘अन्डर योर स्पेल’ नामक दुई एल्बम रिलिज गरेका छन् ।

टिटो ज्याक्सनका आठ दाजु–भाइमध्येका एक थिए । त्यसमध्ये पप गीतका राजा मानिने माइकल ज्याक्सनको २५ जुन २००९ मा निधन भएको थियो । अन्तर्वार्तामा १५० वर्षसम्म बाँच्ने चाहना राख्ने गरेका उनको ५१ वर्षको उमेरमा निधन भएको थियो । मृत्यु प्रोपोफल र बेन्जोडायजेपाइनजस्ता औषधिको ओभर डोजले गर्दा हृदयाघातका कारण निधन भएको थियो ।

ज्याक्सन परिवारका अधिकांश सदस्य गीत–संगीत क्षेत्रमा छन् । टार्ली ज्याक्सन, ज्याकी ज्याक्सन, मार्लो ज्याक्सन, रेन्डी ज्याक्सन र जर्माइनलगायत ज्याक्सन दाजु–भाइ लामो समयदेखि गीत–संगीतमा सक्रिय रहेका छन् । माइकल, टिटो, जर्माइन, ज्याकी र मार्लोन मिलेर ज्याक्सन–५ को निर्माण गरेका थिए । जसकारण माइकल विश्व पपसम्राट बनेका थिए ।

Advertisement
Advertisement

तर, अब टिटो र माइकल भने सांगीतिक क्षेत्रबाट मात्र नभएर संसारबाट नै अस्ताएका छन् ।

भर्खरको समाचार

सम्बन्धित खबरहरु

Scroll to Top