×

NEPAL TIMES UPDATES

Playing
गौरी प्रतिवेदनलाई कांग्रेसको चुनौती? बाध्यकारी छैन, मुद्दा चलाउने अधिकार हुँदैन || Nepal Times
Apr 15, 2026
Playing
०६२ यताका उच्च पदस्थको सम्पत्ति छानबिन गर्न आयोग गठन || Nepal Times
Apr 15, 2026
Playing
Watch Top50 News Of The Day || Baisakh-02-2083 || Nepal Times
Apr 15, 2026
Playing
संसदको पहिलो अधिवेशन : बालेनको मौनता र नयाँ सांसदको चकचक || Nepal Times
Apr 15, 2026
Playing
बालेन र रविबीच मत नमिलेका घ टनाहरु || Nepal Times
Apr 15, 2026
Playing
होर्मुज नाकाबन्दी तोड्न चीनको ’महाशक्तिशाली’ नेभी आउला ? || Nepal Times
Apr 15, 2026
Playing
होर्मुज खोल्ने युरोपको ब्लू प्रिंट तयार, अमेरिका माइनस, चीन–भारतलाई निम्तो || Nepal Times
Apr 15, 2026
Playing
बाबुरामको प्रलोपा ६ महिनामै छिन्नभिन्न || Nepal Times
Apr 15, 2026
Playing
पूर्णबहादुरलाई सोधियो ७ दिने स्पष्टीकरण, खड्काले जवाफ नै नदिने || Nepal Times
Apr 15, 2026
Playing
World News: इटालीले तोड्यो इजरेलसंगको सम्झौता,इस्लामावाद वार्ता हुने,विहारमा आए सम्राट|| Nepal Times
Apr 15, 2026

क्यानडामा के गर्दैछिन् आरजु ? उठाइन् यी विषय

३ आश्विन २०८१

३ असोज , एजेन्सी ।

क्यानडाको भ्रमणमा रहेकी परराष्ट्र मन्त्री डा आरजु राणा देउवा र क्यानडाली विदेश मन्त्री मेलानी जोलीबिच बुधबार क्यानडाको ओटावामा द्विपक्षीय भेटवार्ता भएको छ । सो वार्ताका क्रममा नेपाल–क्यानडा सम्बन्धका विविध पक्ष, आपसी हित र चासोका साथै आर्थिक लगानी एवं साझेदारी लगायतका विषयमा कुराकानी भएको थियो ।

Advertisement
Advertisement

भेटका क्रममा उनीहरुले दुई देशबिच सन् १९६५ मा कूटनीतिक सम्बन्ध स्थापना भएदेखि नै सुमधुर सम्बन्ध रही आएको बताएका थिए । नेपाल र क्यानडाले आगामी वर्ष कूटनीतिक सम्बन्ध स्थापनाको ६०औँ वार्षिकोत्सव मनाउँदै छन् ।

त्यस भेटमा परराष्ट्र मन्त्री डा.राणाले नेपालको लोकतान्त्रिक प्रक्रिया र वर्तमान संविधान निर्माणमा क्यानडाले पु¥याएको सहयोगको सराहना गरिन्। साथै सो वार्तामा मन्त्री डा राणाले नेपालमा पछिल्लो महाभूकम्प, कोभिड महामारीजस्ता अप्ठेरो अवस्थामा पु¥याएको सहयोगका लागि क्यानडा सरकारलाई धन्यवाद ज्ञापन गरिन्।

नेपाललाई विभिन्न क्षेत्रमा विभिन्न शीर्षकबाट विगत लामो समयदेखि क्यानडाले पु¥याउँदै आएको आर्थिक सहायता तथा विकास साझेदारका रूपमा गर्दै आएको सहयोगको त्यस अवसरमा मन्त्री डा राणाले स्मरण गरिन् । त्यस अवसरमा मन्त्री डा राणाले नेपालमा क्यानडाको राजदूतावास स्थापनाका लागि क्यानडा सरकारलाई आग्रह पनि गरेकी छन् ।

उनले भनिन् “अध्ययनका लागि क्यानडा जाने नेपाली विद्यार्थीको सङ्ख्या दिनप्रतिदिन बढ्दै छ भने नेपाल आउने क्यानडाली पर्यटकको सङ्ख्या पनि पछिल्लो समय बढ्दो छ । त्यसैगरी अनुसन्धानदाता, व्यवसायी तथा अरु पनि दुई देशका धेरै क्षेत्रका नागरिकबिच भ्रमणहरू आदानप्रदान भइरहेको छ ।

त्यसैले क्यानडाले नेपालमा दूतावास स्थापना गर्नु मनासिब हुनेछ, म यो अनुरोध गर्न चाहन्छु ।” उनले एसियाका दुई ठुला देशका बीचमा रहेको नेपालजस्तो प्रजातान्त्रिक मुलुकमा आफ्नो राजदूतावास स्थापना गर्नु क्यानडाका लागि आवश्यक छ भनेर पनि सोचिदिन सो अवसरमा विदेश मन्त्री जोलीसमक्ष आग्रह पनि गरेकी छन् ।

अति कम विकसित राष्ट्रका रूपमा सन् २००३ देखि नै क्यानडाले नेपाली उत्पादनहरूलाई क्यानडा प्रवेशका लागि ड्युटी फ्री सुविधा उपलब्ध गराउँदै आएको छ । नेपाल सन् २०२६ मा एलडिसीबाट ग्राजुएट हुने योजनामा रहेकाले त्यसपछि पनि नेपाललाई व्यापारिक र लगानीसम्बन्धी सुविधामा क्यानडाको निरन्तर सहयोगको अपेक्षा गरेको मन्त्री डा राणाले बताइन्।

नेपाल र क्यानडाबिच कैयौँ अन्तर्राष्ट्रिय मुद्दा तथा विषयहरूमा समान धारणा रहँदै आएको बताउँदै मन्त्री डा राणाले सो भेटका क्रममा बहुपक्षीयता, संयुक्त राष्ट्रसङ्घमा शान्ति स्थापनार्थ गरिएका कामहरू, जलवायु परिवर्तन तथा दिगो विकास लक्ष्यको कार्यान्वयनका क्षेत्रमा नेपाल र क्यानडाले समान धारणा र सहकार्यका साथ काम गर्दै आएको बताइन् ।

नेपाल अहिले संयुक्त राष्ट्रसङ्घमा शान्ति सेना पठाउने विश्वको ठुलो देश रहेको स्मरण गर्दै मन्त्री डा राणाले नेपालले विगत छ दशकभन्दा लामो समयदेखि यो कार्यमा योगदान र अनुभव गर्दै आएको र कैयौँ शान्ति स्थापनाका कार्यमा दुई देशले मिलेर काम गर्ने गरेका उदाहरण रहेका पनि बताइन् ।

आगामी डिसेम्बरमा काठमाडौँमा द्विपक्षीय वार्ता हुने र त्यस क्रममा दुई देशबिच पर्यटन र शिक्षासम्बन्धी समझदारीको आधार तय गरिने सो वार्तामा सहमति भएको थियो । साथै आगामी वर्ष मनाइने नेपाल क्यानडा कूटनीतिक सम्बन्ध स्थापनाको ६० औँ वर्षगाँठका दौरानमा यी समझदारीमा हस्ताक्षर हुने गरी काम गरिने सहमति पनि यो वार्तामा भएको छ ।

नेपालमा महिला सशक्तीकरणका क्षेत्रमा क्यानडाले पु¥याउँदै आएको सहयोगलाई निरन्तरता दिँदै क्यानडाले अघि सारेको ‘फेमिनिस्ट फरेन पोलिसी’ विषयमा मिलेर अघि बढ्ने सहमति पनि सो वार्तामा भएको थियो । सो पोलिसीमा एकसाथ अघि बढ्न क्यानडाली विदेश मन्त्री जोलीले आग्रह गरेकी थिइन् ।

त्यसैगरी उनले क्यानडाली पेन्सन फन्डका माध्यमबाट नेपालमा आवश्यक सहयोग गर्न क्यानडा सरकार तयार रहेको बताइन् । उनले परराष्ट्र मन्त्री डा राणाले राखेको नेपालमा क्यानडाली दूतावास स्थापनाको प्रस्तावप्रति सकारात्मक प्रतिक्रिया पनि दिइन् ।

हाल क्यानाडामा नेपालीहरूको बढ्दो उपस्थिति खुसीको कुरा हो भन्दै मन्त्री जोलीले नेपालीहरू इमानदार र काममा लगनशील भएको प्रतिक्रिया यहाँ उनीहरूको कामका कारण आफूले पाएको पनि सुनाइन् । त्यस अवसरमा मन्त्री डा राणाले क्यानडाली विदेश मन्त्री जोलीलाई नेपाल भ्रमणको निमन्त्रणा पनि दिएकी थिइन् ।

सो वार्तामा नेपालका तर्फबाट मन्त्री डा राणासहित क्यानडाका लागि नेपाली राजदूत भरतराज पौडेल सहभागी थिए । यस्तै मन्त्री देउवा र क्यानडा–नेपाल संसदीय मैत्री समूहका पदाधिकारीबीच भेटवार्ता भएको छ । समूहका अध्यक्ष तथा सांसद डा सोनिया सिद्धुले परराष्ट्रमन्त्री डा देउवालाई स्वागत गर्दै दुई देशका संसद् सदस्यहरूबीच अनुभव आदानप्रदान हुनुपर्नेमा जोड दिएकी छन् ।

ओटावास्थित नेपाली राजदूतावासका अनुसार क्यानडा–नेपाल संसदीय मैत्री समूह एकअर्काको लोकतान्त्रिक प्रक्रियाबाट अनुभव आदानप्रदान र सिक्ने एउटा महत्वपूर्ण मञ्चका रूपमा स्थापित भएको बताउँदै परराष्ट्रमन्त्री देउवाले दुई देशबीचको सम्बन्ध प्रवद्र्धनमा समूहले महत्वपूर्ण भूमिका निर्वाह गरेकामा त्यसप्रति आभार व्यक्त गरिन् ।

अध्यक्ष सिद्धुले क्यानडा र नेपालका सांसदहरुबीचको सहकार्यले दुवै मुलुकका सांसदबीचको मैत्रीपूर्ण सम्बन्धलाई प्रगाढ बनाएको बताएकी छन् । बुधबार नै परराष्ट्रमन्त्रीले राजदूतावासको भ्रमण गरेर नियोगका गतिविधिबारे जानकारी लिएकी थिइन् ।

क्यानडाली विदेश मन्त्री जोलीको आमन्त्रणमा विश्वका महिला विदेशमन्त्रीहरुको बैठकमा सहभागी हुन परराष्ट्र मन्त्री डा राणा क्यानडा पुगेकी हुन् । क्यानडाबाटै मन्त्री आरजु अमेरिकी प्रस्थान गर्नेछिन् ।

Advertisement

भर्खरको समाचार

दीपक भट्ट र सुलभ अग्रवालको घर तथा कार्यालय सिल

CopyPasta_1776240119512

बिहारको राजनीतिमा ’नितिश युग’ को अन्त्य

Bihar-new-CM-Samrat-Choudhary-with-Nitish-Kumar (1)

बालेनले सबैलाई पारे चकित, विपक्ष दलका घोषणा बालेनले पूरा गर्ने

666707698_875077882223921_4422618132601218086_n

होर्मुजकोमा १०,००० बढी अमेरिकी सेना तैनाथ, सी ले दिए ४ बुँदे शान्ति प्रस्ताव

Flag of Iran together with flag of the United States of America

बालेनले ल्याएको प्रतिवद्धतापत्रमा आशिकाको असन्तुष्टि, उठाइन् पिआरको पीडा

634384254_1308104231362099_3703139301615292633_n

तोडिएको होइन , २०८२ मा बनेको म ,बागमतीको किनारमा पुनर्जन्म

cdf68ebd-07f4-4c70-8984-ee648beb9fe2

इरानले ५ वर्ष आणविक परियोजना रोक्ने, अमेरिका भन्छ २० वर्ष

iran america

पोप लियोलाई गाली गरेपछि ट्रम्प ‘यशु’ बने….

DonaldTrumpimpeached_20191219095801

शिक्षामन्त्रीको २४ करोडको सम्पत्ति इमान्दारको कमाइ, छ्रैन कुनै डर

Screenshot 2026-04-14 083430

आफ्नै रुपमा उत्रिए ट्रपः होर्मुजमा जहाज गए ‘ध्वस्त’ पारिदिने

GettyImages_1191715388

सम्बन्धित खबरहरु

Scroll to Top