×

NEPAL TIMES UPDATES

Playing
सुकुम्बासीमा डोजर लगाउन सर्वाेच्चले रोक्यो|| Nepal Times
May 08, 2026
Playing
आशाको केन्द्र मानिएका गगन मौनताको ओडारमा || Nepal Times
May 08, 2026
Playing
Watch Top50 News Of The Day || Baisakh-25-2083 || Nepal Times
May 08, 2026
Playing
प्रधानन्यायाधीश सिफारिस किन विवादमा पर्याे ? नोट अफ डिसेन्टमा के छ ? || Nepal Times
May 08, 2026
Playing
के कोरोना जस्तै हो हान्टा भाइरस ?८ केस भेटियो,१४९ यात्रु क्रुजमै फसे || Nepal Times
May 08, 2026
Playing
के क्यानडालाई ट्रम्पले टुक्र्याउन लागेका हुन् ? जनमतसंग्रह हुँदै|| Nepal Times
May 08, 2026
Playing
World News:होर्मुजमा जहाजको जाम,२० हजार मानिस फसे,क्यानडा टुक्रिन सक्ने|| Nepal Times
May 08, 2026
Playing
लेखापालले बिहेमा हवाइ फायरिङ गरेपछि|| Nepal Times
May 08, 2026
Playing
UAE मा क्षेप्या*स्त्र र ड्रो*न ख*त*रा, नागरिकलाई गराइयो अलर्ट || Nepal Times
May 08, 2026
Playing
गौतमबुद्ध क्रिकेट रंगशाला बजेट अभावले फेरि अलपत्र|| Nepal Times
May 08, 2026

हिजबुल्लाहमा भागाभाग, पेजरपछि वाकी–टकी पड्कियो

३ आश्विन २०८१

३ असोज ,  एजेन्सी ।

लेबनानमा एकपछि अर्को गर्दै यति धेरै विष्फोट हुनेछन् भन्ने कसैले सोचेका थिएनन् । इजरायलको उत्तरमा लेबनानमा छ । त्याहाँ एउटा विद्रोही संगठन छ हिजबुल्लाह । इजरायलको सबैभन्दा ठूलो शत्रु हिजबुल्लाहलाई अहिले आफ्ना लडाकुको ज्यान बचाउन धौधौ परिरहेको छ ।

Advertisement
Advertisement

सेप्टेम्बर १७ मा पेजरमा एकपछि अर्को विष्फोट भएको थियो जसमा ३ हजार जना घाइते भएका थिए भने ९१० जनाको ज्यान गएको बताइएको छ । इजरायल यतिमा मात्रै रोकिएको छैन् । इजरायल लेबनानमा झन् आक्रामक बनेको छ ।

विस्फोटको दोस्रो लहर पनि त्यहा देखिएको छ । इजरेलले यस्तो अवस्थाको सृजना गरिदिएको छ कि हिजबुल्लाहका लडाकुहरूले सास फेर्दै छन् भने विस्फोट पनि भइरहेको छ । पेजरहरू पछि वाकीटकी पनि विस्फोट भएको छ ।

पहिलो लहरमा ३ हजार जना घाइते भएका थिए। दोस्रो लहरमा ४५० भन्दा बढी मानिस घाइते भएका छन्भने १५ जना नराम्ररी मारिएको बताइएको छ । यसले हिजबुल्लाह आज गहिरो आघातमा छ। यो घटनापछि इजरायलको आलोचना भएको छ तर इजरायलले खुलेर घोषणा गरेको छ कि हो हामीले यो सबै गरेका छौं र अहिले सम्म तपाईले केहि देख्नुभएको छैन, हामी धेरै गर्न सक्छौं र यो कुरा इजरायलका रक्षामन्त्री र सेना प्रमुख दुबैले दोहोर्याएका छन्। उनीहरुले युद्धको नयाँ चरण सुरु भएको बताएका छन् ।

यी वाकीटकीहरू मुख्यतया लेबनानी हिजबुल्लाह सदस्यहरूले प्रयोग गर्ने गरेका थिए । वाकीटकी आक्रमणलाई पेजर विस्फोट भन्दा ठूलो मानिन्छ। किनभने यसले धेरै घर र कारमा आगो लागेको थियो। हालसम्म २० जनाको मृत्यु भइसकेको छ भने ४५० जना घाइते भएका छन् ।

नयाँ विस्फोटहरूले लेबनानभरि डरको नयाँ लहर फैलाएको छ। हिजबुल्लाहले इजरायलले आक्रमण गरेको आरोप लगाएको छ । एक इजरायली मिडिया रिपोर्टले भनेका छन् कि इजरायल विश्वास गर्दछ कि मृत्युको संख्या हिजबुल्लाहले रिपोर्ट गरिरहेको भन्दा धेरै हो।

बुधवार, हिजबुल्लाहले प्रयोग गरेको फोन, सौर्य प्यानल र फिंगरप्रिन्ट उपकरणहरू पनि विस्फोटन भएको देखियो। मंगलबार पेजर विष्फोटमा १२ जनाको मृत्यु भएको थियो ।पछि उनीहरुको अन्त्येष्टिको क्रममा विस्फोट भएको थियो। गाडी र पसलमा आगो समेत लागेको थियो ।

समाचार एजेन्सी रोयटर्सको रिपोर्ट अनुसार, ’बेरुतको दक्षिणी उपनगरहरूमा धेरै वाकी–टकी विस्फोटहरू भएका छन् । हिजबुल्लाहसँग सम्बन्धित उद्धार टोलीहरूले कार भित्र पनि विस्फोट भएको पुष्टि गरेका छन्। हिजबुल्लाहको अल मनार टिभीले लेबनानका विभिन्न क्षेत्रमा विस्फोट भएको जानकारी दिएको छ ।

समाचार एजेन्सी एपीले रिपोर्ट गरेको छ कि हिजबुल्लाहले प्रयोग गरेको वाकी–टकी बेरुतमा विस्फोट भएको थियो। यी वाकीटकीहरू पाँच महिनाअघि मात्रै खरिद गरिएको सुरक्षा स्रोतले जनाएको छ । विस्फोट पछि हिजबुल्लाहका बाँकी सदस्यहरूले वाकीटकीजबाट ब्याट्रीहरू हटाउन थालेका थिए ।

तिनीहरूले यसमा जोडिएको धातुको ब्यारेलहरू फ्याँकेका छन् । धेरै तस्बिरहरूमा विस्फोट भएको वाकी–टकीमा मेड इन जापान लेखिएको देखिन्छ। लेबनानी सञ्चारमाध्यमका अनुसार घरमा जडान गरिएको सौर्य ऊर्जामा विष्फोट भएको छ । यो विस्फोटले हिजबुल्लाह भित्रै ठूलो घुसपैठ रहेको अनुमान गरिएको छ ।

इजरायलमा हमासले आक्रमण गरेपछि हिजबुल्लाहले समेत इजरेलमा आक्रमण गर्दै आएको छ । त्यसको बदला अहिले इजरेलले लिएको छ । हिजबुल्लाह विद्रोही र इजरायली सेनाले एकअर्कामाथि हमला गरिरहेका थिए र जसका कारण इजरायलले घाटा बेहोर्नुपरेको थियो ।

इजरायलको उत्तरी क्षेत्रमा बसोबास गर्ने एक हजार जना मानिसहरूलाई प्रा

इमर गोलान हाइट्सबाट बाहिर निकाल्नुपरेको थियो । किनभने हिजबुल्लाहले त्याहा लगातार आक्रमण गरिरहेको थियो। धेरै जसो नागरिकहरू अहिले त्याहाबाट विस्थापित भइसकेका छन् । सिरियामा राष्ट्रपति बसर अल–असदका ला

गि लडिरहेका हिजबुल्लाह लडाकु र इरानद्वारा चलाइने अरू समूहले हिजबुल्लाहसँग समन्वय गर्नका लागि ती पेजर र वाकीटकी प्रयोग गर्ने अरूहरू पनि सो आक्रमणमा परेका छन्। लेबननका लागि इरानी राजदूत मोज्ताबा अमानी पनि विस्फोटका कारण घाइते भएका छन्।

आफूले पेजर बोकेका कारण नभएर पेजर बोक्नेको नजिकै भएका कारण उनी घाइते भएको इरानी दूतावासले जनाएको छ। उनी आफैले बोकेको भए पनि धेरैले आतंककारी मान्ने हिजबुल्लाह समूहले आन्तरिक सञ्चारका लागि प्रयोग गर्ने पेजर बोकेको स्वीकार्न अप्ठ्यारो हुन्थ्यो।

सिमाना नजोडिए पनि इजराइललाई घेराबन्दीमा पार्न इरानले छिमेकमा विभिन्न समूहहरू परिचालन गर्छ। लेबननमा हिजबुल्लाह, गाजामा हमास, यमनमा हुथी र इराकमा विभिन्न समूहलाई हतियार र सैन्य तालिम दिएर इजराइलमाथि आक्रमण गराउँछ।

त्यसैले लेबननका लागि इरानी राजदूतको नजिकै हिजबुल्लाह सदस्य हुनु सामान्य रुपमा लिइएको छ । मंगलबार एकैपटक ती पेजरमा मेसेज पठाइएको थियो। हिजबुल्लाहका वरिष्ठ नेताहरूले सन्देश पठाउने ती पेजरमा मेसेज आएको आवाज (बिप) केही सेकेन्ड बजेर विस्फोट भएको थियो।

मेसेज आउन मिल्ने गरी राखिएका सबै पेजर विस्फोट भएका थिए।उता ताइवानको गोल्ड एपोलो कम्पनीले भने ती पेजर आफूले बनाएको नभएर आफ्नो कम्पनीको लोगो राखेर अर्कै कम्पनीले बनाएको भनेको छ।

Advertisement

घटनापछि कम्पनीका अध्यक्ष र मालिक सू चिङ–क्वाङ्ले नाफाको केही हिस्सा आफूलाई दिने सर्तमा आफ्नो लोकप्रिय मोडेलको लोगो हालेर पेजर बनाउन बिएसी नामको युरोपेली कम्पनीलाई अनुमति दिएको खुलासा गरेका छन्। गोल्ड एपोलोले आफूले ब्रान्डको अनुमति मात्रै दिएको र सो पेजरको डिजाइन र बनाउने प्रक्रियामा अहिले संलग्न नभएको दाबी गरेको छ।

Advertisement

भर्खरको समाचार

भुक्तानी विवादले रोकियो राष्ट्रिय सपना गौतमबुद्ध रंगशालाको काम

GautamBuddhacricketstadium_20211223141704 (1)

लिपुलेकबारे बालेन सरकारले अब भारतसँग वार्ता गर्ने

MixCollage-08-May-2026-03-47-PM-2837

नेपालको पासपोर्ट विश्वका सबैभन्दा कमजोर देशहरूको सूचीमा

Passports-1024x672

हर्कको राजनीतिःआफ्नै दलको उपसभामुखविरुद्ध खेद जनाए

Screenshot 2026-05-08 152545

युएईमा क्षेप्यास्त्र र ड्रोन खतरा, नागरिकलाई गराइयो अलर्ट

UAE-FLAG-ILOE-scheme-1

संघीयताको जननी मधेशमै संघीयता धरापमा, जनमतको फोहोरी खेल

ck-raut_nwdI37ZBNo

चीनका दुई पूर्वरक्षामन्त्रीलाई सुनाइयो मृत्युदण्ड

Screenshot 2026-05-08 144358

सूर्यमुखी तेल उत्पादक कम्पनीका सञ्चालक पक्राउ

Screenshot 2026-05-08 143549

स्ट्रेट अफ होर्मुजमा अमेरिका र इरानबीच भिषण भिडन्त

HORMUZ

प्रधानन्यायाधीश सिफारिसमा प्रश्न उठाउनेलाई बालेनले दिए जवाफ

manoj_sharma-750x375@2x

सम्बन्धित खबरहरु

Scroll to Top