टुँडिखेलबाट पनि ओलीले बालेनलाई सम्झिए

२ असोज ८१, बिहीबार

३ असोज , काठमाण्डौ।

सैनिक मंच टुँडिखेलमा विशेष समारोह गरी सरकारले संविधान दिवस मनाइएको छ। बिहीबार बिहान सैनिक मञ्चमा विशेष समारोहका बीच प्रधानमन्त्री केपी शर्मा ओलीले पनि विशेष सम्बोधन गरे । जहाँ उनले काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहप्रति कटाक्ष गर्न भने छाडेनन् ।प्रधानमन्त्री केपी शर्मा ओलीले युवा–पुस्ताकै बलमा यो मुलुक रुपान्तरण गर्न सकिने बताएका छन् ।

देश भाँडियो भने अशिष्टहरूले अराजकता मच्चाउन अलिकति मात्र मौका पाए भने पुस्तौंपुस्ता पछि पर्ने भन्दै सचेत रहन आग्रह गरे । मेयर बालेन शाहलाई लक्षित गर्दै भने, ‘तपाईंहरूभित्र केही गरौं भन्ने जुन आगो बलिरहेको छ, त्यसलाई समाजमा आगो लगाउँछु भन्नेहरूबाट बचाउनु होला । तपाईंहरूमा केही गरौं भन्ने जुन हुटहुटी छ, त्यसलाई समाजमा हुलमुल गराउन खोज्नेहरूबाट जोगाउनु होला ।समाजमा थिति बस्यो, समाज सभ्य भयो, अशिष्टहरूले मिच्न पाएनन् भने विकास त हामी गर्छौँ, गछौं । सुशासन कायम त हामी गर्छौं गछौं । तर, याद गरौँ, देश भाँडियो भने, अशिष्टहरूले अराजकता मच्चाउन अलिकति मात्र मौका पाए भने हामी पुस्तौंपुस्ता पछि पर्नेछौं ।’ 

Advertisement

उनले आफूहरुले चाहेको समाज अराजक, अशिष्ट र अमर्यादितहरूको क्रिडास्थल नभएको बताए। उनले थपे, ‘पाका उमेरकाले तन्नेरीलाई स्नेह गर्ने, युवा वयस्कले ज्येष्ठ नागरिकहरूको सम्मान गर्ने नमुना समाज हो। यस्तो नमुना समाज– जुन शान्त, सभ्य र सुसंस्कृत हुनेछ। जहाँ सुखसहितको समृद्धि हुनेछ। हामीले अपनाएको सङ्घीय लोकतान्त्रिक गणतन्त्र, स्वस्थ प्रतिस्पर्धासहितको व्यवस्था हो। त्यसैले, सबैलाई अधिकार, अवसरमा समान पहुँच, समानता, सामाजिक न्याय, सुरक्षा र मर्यादा सहितको लोकतन्त्र, हाम्रो लोकतन्त्र हो।’सुशासन अर्थात कानूनी राज, पारदर्शिता र उत्तरदायित्व हाम्रो लोकतन्त्रको अभिन्न शर्त हो । वसुधैव कुटुम्बकम, सदियौंदेखि हामीले भन्दै र सुन्दै आएको आदर्श वाक्य हो । हामी नेपाली सिङ्गो विश्वलाई एक परिवार मान्छौं । सबैलाई दाजुभाई, दिदीबहिनी मानी हाम्रो वैदेशिक सम्बन्ध कायम राख्छाँै । सबैसँग मित्रता छैन कसैसँग शत्रुता, हाम्रो विदेश नीतिको मर्म हो । हामी हाम्रा छिमेकीसँग असल छिमेक सम्बन्ध राख्छौँ । संसारभरिकै सबै मित्र राष्ट्रहरूसँग पारस्परिक सम्बन्ध कायम गर्न चाहन्छौं । मैले पहिले नै भनिसकेको छु हाम्रो राष्ट्र बहुभाषिक, बहुसांस्कृतिक र बहुजातीय राष्ट्र हो । हामी सबै मिलेर सबै जात जाति,भाषा संस्कृतिको रक्षा, प्रवद्र्धन र विकासबाट राष्ट्र बन्छ, देश बन्छ । हाम्रो राज्यव्यवस्था सङ्घीय लोकतान्त्रिक गणतन्त्र हो । यो कुनै वंशको निरङ्कुश शासनको निरन्तरता होइन, जनताले आफ्नो शासक आफैँले छान्ने विधिद्वारा परिचालित प्रगतिशील प्रणाली हो । अब यो पछाडि फर्किंदैन । यो अन्यायी राज्यव्यवस्था अन्त्य गरी हामी जनता आफैँले सिर्जना गरेको नयाँ राजनीतिक व्यवस्था हो । यस व्यवस्थालाई बलियो बनाउनु र यसको पक्षमा उभिनु हामी सबैको परम कर्तव्य र दायित्व हो ।’ उनले भनेका छन् ।

उनले अधिकारको रक्षाका लागि लड्नु पर्ने समेत बताएका छन् । एउटा युवाले देशभित्रै रोजगारी पाउने, एउटा श्रमिकले मर्यादित काम पाउने, प्रत्येक नागरिकलाई स्वास्थ्योपचारमा समान पहुँच, ओत लाग्ने ठाउँ नभएर कुनै नागरिकले आकाशतिर हेर्न नपर्ने अवस्था सिर्जना गर्नेगरी सरकारले काम गर्ने प्रतिवद्धता उनले जनाएका छन् ।

Advertisement

उनले आफू नेतृत्वको सरकार बालबालिका सडकमा नभइ विद्यालयमा भेटिने, किसानले कृषि उपजको बजार र मूल्य पाऊने, अपाङ्गता भएका नागरिकले सम्मानपूर्वक बाँच्न पाऊने, राज्य बुढेसकालको सहारा बन्नुपर्ने र कमजोर र असहायहरुको आड–भरोसा बन्नेतिर केन्द्रित रहेको पनि उनले बताए ।

गतवर्षको भदौमा काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाहले सिंहदरबारमा आगो लगाउने चेतावनी दिएका थिए । सरकारले महानगरपालिकाको गाडी रोकेको भन्दै भोलिदेखि कुनै पनि गाडी रोके सिंहदरबारमा नै आगो लगाइदिने चेतावनी दिएका थिए । सामाजिक सञ्जालमा बालेनले लेखेका थिए, ‘आजको लागी केही भएन, भोलिबाट हाम्रो महानगरपालिकाको कुनै पनि गाडी सरकारबाट रोकियो भने सिंहदरबारमा आगो लगाइदिन्छु । याद राख चोर सरकार !’

पछिल्लो समय पनि प्रधानमन्त्री ओलीको काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहसँग टकरावको सम्बन्ध छ। बालेनले लगातार प्रधानमन्त्री ओलीविरुद्ध सामाजिक सञ्जालबाट प्रहार गरिरहेका छन् भने उनका समर्थकले अनफलो अभियान नै चलाएका थिए ।

खुला सार्वजनिक कार्यक्रममा प्रधानमन्त्री उपस्थित हुँदा बालेनका समर्थकबाट सुरक्षामा असर पर्ने भन्दै चारवटै सुरक्षा निकायले उनलाई नजान भनेका थिए। मंगलबार इन्द्रजात्रामा समेत प्रधानमन्त्री ओली उपस्थित हुने कार्यक्रममा बालेनका समर्थकलाई नियन्त्रणमा लिइएको थियो।

बालेनको नाम र फोटो अंकित टि–सर्ट लगाएर वसन्तपुर पुगेका बालेन समर्थकलाई प्रहरीले पक्राउ गरेपछि मात्रै इन्द्रजात्राको औपचारिक कार्यक्रममा प्रधानमन्त्री ओली सहभागी भएका थिए। यसअघि भदौ १० गते टुडिखेलमा आयोजित गौरा वर्षमा प्रधानमन्त्री ओली र कांग्रेस सभापति शेरबहादुर देउवाविरुद्ध नाराबाजी भएको थियो।

त्यहाँ युवाहरुले संगठित रुपमै ओली र देउवाको विरोधमा हुटिङ र नाराजुलुस गरेका थिए। युवाहरुको हुटिङ र नाराजुलुसकै बीच ओली र देउवाले सम्बोधन गरेर तनावपूर्ण अवस्थामा कार्यक्रममा समापन भएको थियो।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

विश्वकप चलिरहँदा फिफाले लगायो नेपालमाथि प्रतिबन्ध

e7d1c79f-faab-434c-8176-89916b2123ee

दक्षिण अफ्रिका पहिलोपटक नकआउट चरणमा, मेक्सिकोको शतप्रतिशत जित

bebe885c-9608-40df-a9c3-0218325be6f5

राजनीतिक संकटपछि भनेजुएला एकैसाथ दुई शक्तिशाली भूकम्पको भुङ्ग्रोमा

venezueala earthquake

‘हिटवेभ’ कायमै, दिउँसो बाहिर ननिस्कनुः कुन सहरमा गर्मी कति ?

garmi

बालेन सरकारको एक्सप्रेस वेले काठमाडौँबाट २ घण्टामा पोखरा पुगिएला?

ffa015e2-9865-4845-91e1-255af2ca8345

बालेन सरकारको एक्सप्रेस वेले काठमाडौँबाट २ घण्टामा पोखरा पुगिएला?

balen

संघीयताको भोट लिएर प्रदेश खारेजीमा रास्वपा ? भड्किए सीके

balen rabi sudan

इरानी खेलाडीहरु फेरि अर्को तनावमा

LGBTQ

अन्तिम ३२ को पूरा गणितःकुन टोली कोसँग भिड्दैछन् ?

FIFA-2018-World-Cup-Featured-1366x768

के ४२ बर्षको उमेरमा मेस्सीले २०३० को विश्वकप फुटबल पनि खेल्छन ?

3b9190ec-620f-4049-992f-53748d6123a7

सम्बन्धित समाचार

Scroll to Top