भारतमा आईफोन १६ किन्नेको थामिनसक्नु भिड

३ असोज ८१, शुक्रबार

४ असोज , एजेन्सी ।

भारतमा आजदेखि आईफोन १६ सिरिजको बिक्री सुरु भएको छ । यससंगै त्यहाँ आईफोन १६ खरिद गर्ने ग्राहकहरुको लामो लाइन लागेको छ । भारतका एप्पल स्टोहरुमा ग्राहकहरुको लम्बेतान लाइन लागेको खबरसँगै युट्युबले सुरु गरेको नयाँ फिचरको खबर आज हामीले नेपाल टाइम्स अनलाइन समाचारमा लिएर आएका छौं ।

भारतीय मिडियाले बताएका छन् । मुम्बई र दिल्लीका एप्पल स्टोरबाहिर बिहानैदेखि नयाँ आईफोन १६ खरिद गर्ने मानिसहरुको थेगिनसक्नु भिड लागेको बताइएको छ । मानिसहरु स्टोर खुल्नुअघि नै ठूलो संख्यामा जम्मा भएका छन् ।

Advertisement

कोही ग्राहकहरु त २१ घण्टासम्म लाइनमा लागेको बताएका छन् । एप्पलले गत सेप्टेम्बर ९ मा आफ्नो बहुप्रतिक्षित आईफोन १६ सिरिज लञ्च गरेको थियो । एआई फिचर्सका सु–सज्जति आईफोन १६ पहिलेका सिरिजहरु भन्दा विशेष भएकाले ग्राहकहरुको यसप्रति निकै आकर्षण देखिएको छ ।

आईफोन–१६ सिरिजका मोडल पनि भारतमा एसेम्बल भईरहेपनि अन्य देशहरूको तुलनामा, भारतीय ग्राहकहरूलाई अझै पनि आईफोन किन्न महँगो परिरहेको छ । भारतमा प्रो म्याक्स मोडल अमेरिकाको तुलनामा भारतमा करिब ४४ हजार भारुले महँगो छ ।

Advertisement

योसँगै आइफोन–१६ मोडलमा करिब १३ हजार भारुको फरक छ । भारतमा आईफोन १६ को सुरुवाति मूल्य ७९ हजार ९ सय भारु र प्रो म्याक्सको मूल्य १ लाख ४४ हजार ९ सय भारु रहेको छ । जबकि अमेरिकामा सोही आईफोन–१६ मोडल ७९९ डलर अर्थात् र प्रो म्याक्स ११९९ डलर अर्थात् मा उपलब्ध छ ।

अमेरिका र क्यानडामा कर र आयात शुल्कको कमीका कारण भारतलगायत अन्य धेरै देशको तुलनामा आइफोन सधैं सस्तो रहेको छ । यसैबीच युट्युबले नयाँ फिचर ल्याएको छ । स्किप गर्न नमिल्ने लामो अवधिको विज्ञापन प्रशारित गरिरहेको युट्युबले दर्शकहरुका लागि नयाँ फिचर्स ल्याएको हो ।

अब दर्शकहरुले स्क्रिन पज नगरिकनै विज्ञापन स्किप गर्न सक्ने छन् । गुगलको स्वामित्वमा रहेको युट्युबले यो नयाँ फिचर्सलाई सबै विज्ञापनदाताहरूमा रोलआउट गरेको छ । अब युट्युब भिडियो पज हुँदा विज्ञापन स्क्रिनको छेउमा पप अप हुनेछ ।

यो दर्शकहरूको लागि सहज भएको र यो सम्पूर्ण युट्युब ईको सिस्टमका लागि लाभदायक अपडेट भएको गुगलका प्रवक्ताले बताएका छन् । प्रयोगकर्ताहरूले मासिक १३.९९ डलरको प्रिमियम सदस्यताको साथ विज्ञापनहरू पूर्ण रूपमा स्किप गर्न पनि सक्छन् ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

२९ भूमिहीन परिवारलाई बालेन सरकारले बनायो जग्गाधनी

IMG_7206.JPG

असई थमन मृत्युप्रकरणः ६ जनालाई ५ वर्ष कैद, ३ जनालाई जन्मकैद

MixCollage-02-Jul-2026-12-57-PM-3185

निर्मला पन्त प्रकरणको पुरानो फैसलामा पत्रकार भण्डारी पक्राउ

2668d156-d8e8-4076-8f24-d6bcb46d05c1

अमेरिका अन्तिम १६ मा, बोस्निया एन्ड हर्जगोभिना बाहिरियो

722c405b-4265-45bb-aea3-f1ea6f3b04bb

नेपाली प्रतिभाको विश्वभर कदरः दिपेन्द्रलाई क्यानडा तेक्वान्दोको अन्तर्राष्ट्रिय सम्मान

2cf23fc9-11ec-4a50-971d-63826f7093e2

गरिमा विकास बैंक सिल्भर अवार्डबाट सम्मानित

fb33e2d1-fd38-46f2-a34a-820de1a45bd6

इरानले खामेनीको ‘रगतको बदला’ लिने, अन्त्येष्टिअघि गर्यो घोषणा

iran america update

भेनेजुएला भूकम्पःमृतक २२ सय नाघे,मेक्सिकोको प्रख्यात उद्धार टोली पुग्दै

venezueala earthquake

वर्षाले बढायो विपद्को जोखिम, आज कहाँ हुन्छ भारी वर्षा ?

mausam-2075-12-18-768x388

डीआर कंगोको करामत रोक्दै केनले देखाए चमत्कार

78295008-3d7d-4338-8303-e06f9a5c560e

सम्बन्धित समाचार

Desktop Popup ImageMobile Popup Image×
Scroll to Top