अमेरिकी अदालतपनि असुरक्षित, न्यायाधीश नै मारिए

४ असोज , एजेन्सी ।

अमेरिकाका लागि गोलीकाण्ड नयाँ विषय होइन् । तर २४ सै घण्टा प्रहरीको कडा सुरक्षा घेरामा रहने अदालत र न्यायाधीश नै अमेरिकाका असुरक्षित देखिएका छन् । अमेरिकाको केन्टकीमा कार्यकक्षमै एक न्यायाधीशको गोली हानी हत्या भएको छ ।

डिस्ट्रिक्ट कोर्टका न्यायाधीश केभिन मुलिन्सलाई बिहीबार दिउँसो अदालतभित्र गोली हानेर हत्या गरिएको हो । गोली हान्ने शेरिफले आत्मसमर्पण गरिसकेका छन् । काउन्टीमा शान्ति स्थापनाका लागि जिम्मेबार निर्वाचित अधिकारीलाई अमेरिकामा शेरिफ भनिन्छ ।

Advertisement

ती शेरिफ बिहीबार दिउँसो अदालतमा गएर बहस पछि न्यायाधीशलाई उनको कक्षमा गोली हानेर हत्या गरेको अधिकारीहरुले बताएका छन् । लेचर काउन्टीका प्रहरी ४३ वर्षीय मिकी स्टाइन्सले न्यायाधीश केभिन मुलिन्सलाई गोली हानेपछि आत्मसमर्पण गरे लगत्तै उनलाई पहिलो डिग्री हत्याको आरोप लगाइएको प्रहरीले बिहीबार साँझ एक पत्रकार सम्मेलनमा जानकारी दिएको छ ।

घटना दिउँसो दक्षिणपूर्वी केन्टकीको सहर व्हाइट्सबर्गको लेचर काउन्टी कोर्टहाउस भित्र भएको हो । गोली हान्ने शेरिफलाई स्थानीय जेलमा लगिएको छ भने घटनाबारे अनुसन्धान जारी रहेको छ । ५४ वर्षीय न्यायाधीश मुलिन्सलाई कैयन राउण्ड गोली हानिएको थियो भने उनलाई घटनास्थलमै मृत घोषित गरिएको थियो ।

Advertisement

अनुसन्धानकर्ताहरुले घटनाको समयमा भवनमा रहेका प्रत्यक्षदर्शीहरूसँग अन्तर्वार्ता लिएका थिए। प्रहरीले घटनाको कारण के हो भनेर पत्ता लगाउन प्रयास गरिरहेको जनाएको छ । केन्टकीका गभर्नर एन्डी बेशियरले घटनाबारे आफूलाई जानकारी दिइएको बताएका छन् ।

घटनापछि समुदायमा चिन्ता उत्पन्न भएको थियो भने क्षेत्रका विद्यालयहरूमा तालाबन्दी गरिएको थियो । प्रहरीले पछि यो एउटा पृथक घटना भएको र जनतालाई कुनै खतरा नभएको बताएको थियो। न्यायाधीश मुलिन्सलाई काउन्टीका बासिन्दाहरूले २०१० मा पहिलो पटक निर्वाचित गरेका थिए।

उनी हालै मानसिक स्वास्थ्यसम्बन्धी राज्य न्यायिक आयोगमा नियुक्त भएका थिए। गोली हान्ने शेरिफ स्टाइन्स २०१८ मा निर्वाचित भएका थिए भने २०२२ मा अर्कोपटक निर्वाचित भए । शेरिफ भएदेखि स्टाइन्सलाई दुई संघीय मुद्दाहरूमा प्रतिवादी बनाइएको थियो ।

२०२० मा न्यायाधीशले शेरिफको कार्यालयका पूर्व कर्मचारीले ल्याएको मुद्दालाई खारेज गरेका थिए । उक्त मुद्दामा स्टाइन्सले २०१९ मा पद ग्रहण गरेपछि अर्को उम्मेदबारलाई समर्थन गरेका कर्मचारीको जागिर खारेज गरेको अभियोग लगाइएको थियो ।

स्टाइन्स यस महिनाको सुरुमा एक पूर्व प्रहरीले एक कैदीलाई यौन दुर्व्यवहार गरेको आरोपको मुद्दामा पनि मुछिएका थिए । उक्त मुद्दामा ती प्रहरीलाई पदमुक्त गरिएको थियो। २०२२ मा मुद्दा दायर भएको केही समयमै उनले यौन दुर्व्यवहार गरेको आरोप लागेका अधिकारीलाई बर्खास्त गरेका थिए ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top