४ असोज , एजेन्सी ।
जिम्बाब्वे र नामिबियाले दक्षिणी अफ्रिकी देशहरूमा खडेरीको अवस्थाको बीचमा भोकमरीमा परेका बासिन्दाहरूलाई खुवाउन सयौं जंगली हात्ती र अन्य जनावरहरूलाई मार्ने योजना घोषणा गरेका छन्।
जिम्बाब्वे सरकारले २ सय हात्तीहरूलाई मार्ने अनुमति दिएको छ। ताकि तिनीहरूको मासु भोकमरीमा परेका समुदायहरूमा बाँड्न सकियोस् । जबकि नामिबियामा ८३ वटा हात्ती सहित ७ सय भन्दा बढी जंगली जनावरहरूलाई मार्ने कार्य तीन हप्ता अघि नै घोषणा गरिएको थियो ।
अफ्रिकी देश जिम्बावेका वन अधिकृतले दुई सय हात्तीको मासु मासु जनतामा बाँड्न अनुमति दिएका छन् । यो निर्णयको बारेमा जानकारी दिँदै जिम्बाब्वे पार्क र वन्यजन्तु प्राधिकरणका प्रवक्ता टिनासे फाराभोले सीएनएनलाई भनेका छन् कि देशको आधा जनसंख्या गम्भीर भोकमरीको खतरामा छ।
हामीले २ सय हात्ती मार्ने निर्णय गरेका छौं। फाराभोले जिम्बाब्वेमा हात्तीको संख्या १ लाखको हाराहारीमा रहेको बताएका छन् । यो बोत्सवाना पछि विश्वव्यापी रूपमा हात्तीको संख्या दोस्रो उच्च हो। हामी जनताको जीवन बचाउन हात्ती मारिरहेका छौं।
उनले भनेका छन् । जिम्बाब्वेका वातावरण मन्त्री सिथेम्बिसो न्योनीले हालै आफ्नो देशमा धेरै हात्ती रहेको बताएकी छन् । त्याहा वनको संरक्षण गर्न सक्ने क्षमता छैन् । हात्तीको अत्याधिक जनसङ्ख्याले स्रोतसाधनको ह्रास र मानव–वन्यजन्तु द्वन्द्व बढाएको छ।
यसैलाई ध्यानमा राख्दै जिम्बाब्वेले नामिबियाजस्ता हात्तीको गणना गर्ने र प्रोटिनको कमी भएका क्षेत्रमा बसोबास गर्ने मानिसहरूको मासु वितरण गर्ने योजनामा पनि काम गर्ने जनाएको छ। हात्तीहरूलाई जनसङ्ख्या असुरक्षित भएको क्षेत्रबाट लगिने फाराओले बताएका छन् ।
यो शिकार देशको सुक्खा क्षेत्र पश्चिमको ह्वाङ्गे राष्ट्रिय निकुञ्ज जस्ता क्षेत्रमा हुनेछ । जहाँ खाना र पानीको लागि मानव र वन्यजन्तुबीच प्रतिस्पर्धा बढ्दै गएको छ । ह्वाङ्गेमा ४५ हजार भन्दा बढी हात्तीहरू छन्, तर अहिले त्याहा जम्मा १५ हजार हात्तीहरू मात्रै पाल्ने क्षमता रहेको छ ।
चार दशकमा देशको सबैभन्दा खराब खडेरीका कारण खाद्य असुरक्षाको सामना गर्न अधिकारीहरूले वन्यजन्तु मार्ने निर्णय गरेका छन् । तर, यसका लागि सरकारले पशु अधिकारकर्मी र संरक्षणवादीहरूको आलोचनाको सामना गर्नुपरेको छ ।