विजुलीको महशुल नतिर्ने दैनिक १ हजार लाइन काटिदै

३ असोज ८१, शुक्रबार

४ असोज , काठमाण्डौ।

उपभोग गरेको विजुलीको पैसा नतिर्नेहरुको लाइन धमाधम काट्न थालिएको छ । नेपाल विद्युत प्राधिकरणले महसुल बक्यौता रहेका ग्राहकको बिजुलीको लाइन अहिले काटिरहेको छ । ४० करोड भन्दा बढी बक्यौता उठ्न नसकेपछि प्राधिकरणले दैनिक १ हजार ग्राहकको लाइन काट्न थालेको  छ ।

प्राधिकरणले भदौ ५ गतेदेखि ३१ गतेसम्म २१ हजार ३ जना ग्राहकको लाइन काटेको छ । सबैभन्दा धेरै मधेश प्रदेशमा लाइन काटेको छ । मधेश प्रदेश, प्रादेशिक कार्यालय जनकपुरले ४ हजार ६ सय ३४ ग्राहकको लाइन काटेको छ । मधेश प्रदेशमा १३ करोड ६१ लाख रुपैयाँ बक्यौता छ ।

Advertisement

यस्तै कोशी प्रदेश, प्रादेशिक कार्यालय विराटनगरले ४ हजार ५६ वटा लाइन काटेको छ । जसको कुल बक्यौता ६ करोड ५२ लाख ९ हजार रुपैयाँ छ । बागमती प्रादेशिक कार्यालय काठमाडौंले ९ सय ३७ वटा जसको बक्यौता ३ करोड २९ लाख रुपैयाँ बक्यौता छ ।

बागमती प्रदेश,प्रदेश डिभिजन कार्यालय हेटौंडा १ हजार ४ सय २६ ग्राहकको लाइन काटेको छ । ३ करोड ४३ लाख रुपैयाँ बक्यौता छ । गण्डकी प्रादेशिक कार्यालय, पोखराले २ हजार ३ सय ७५ ग्राहकको लाइन काटेको छ । जसको कुल बक्यौता २ करोड ९ ० लाख रुपैयाँ बक्यौता छ ।

Advertisement

लुम्बिनी प्रादेशिक कार्यालय, बुटवलले २ हजार ९ सय ७२ ग्राहकको लाइक काटेको छ । जसको बक्यौता ५ करोड ८९ लाख रुपैयाँ छ । लुम्बिनी प्रदेश, प्रदेश डिभिजन कार्यालय, नेपालगञ्जले २ हजार ४०६ ग्राहकको लाइन काटेको छ ।

३ करोड ५ लाख बक्यौता रहेको भन्दै प्राधिकरणले लाइन काटेको हो । कर्णाली प्रादेशिक कार्यायल सुर्खेतले १ हजार ७ सय ९९ ग्राहकको लाइन काटेको छ । सुदुरपश्चिम प्रादेशिक कार्यालय,अत्तरियाले ३ सय ९८ ग्राहकको लाइन काटेको छ ।

जसको ७१ लाख ७९ हजार रुपैयाँ बक्यौता छ । प्राधिकरणका अनुसार ४० करोड ४२ लाख बक्यौता रहेका ग्राहकहरुको लाइन काटिएको हो । यो बीचमा प्राधिकरणले १५ हजार २२३ वटा लाइन जोडेको छ । जसबाट २४ करोड ७ लाख रुपैयाँ बक्यौता उठाएको छ ।

प्राधिकरणले लाइन नकाटी बक्यौता नै नउठ्ने भएपछि आफूहरु बाध्य भएको बताएको छ । लाइन काटेपछि मात्रै बक्यौता उठ्ने गरेको प्राधीकरणका उपकार्यकारी निर्देशक मनोज सिलवाल बताउँछन् । उनले यो वर्ष १ लाखभन्दा बढी ग्राहकको लाइन काटिने बताए ।

प्राधिकरणको विद्युत महसुल संकलन विनियमावली, २०७८मा मिटर रिडिङ गरेको ६० औं दिनसम्म विद्यत् महसुल नुबझाएमा बिना सूचना जनसुकै समयमा लाइन काट्न सकिने व्यवस्था छ । मिटर रिडिङ भएको १६औं दिनसम्म महसुल नतिरेमा थप दस्तुर आकर्षित हुने व्यवस्था छ ।

मिटर रिडिङ भएको मितिले १६औं दिनदेखि ३०औं दिनसम्म ५ प्रतिशतका दरले र ३१औं दिनदेखि ४०औं दिनसम्म १० प्रतिशतका दरले थप दस्तुर लाग्ने प्रावधान छ । मिटर रिडिङ भएको मितिले ४० औं दिनसम्म पनि विद्युत महशुल नबुझाउने उपभोक्तालाई ४१ औं दिनदेखि बिलको २५ प्रतिशतकाका दरले थप दस्तुर लाग्ने व्यवस्था रहेको छ ।

यसरी २५ प्रतिशतका दरले थपदस्तुर लागेको ६०औं दिनसम्म पनि बक्यौता महशुल नबुझाउने उपभोक्ताको विद्युत लाइन जुन सुकै बेला काट्न सकिने प्रावधान छ ।

Advertisement

भर्खरको समाचार

इन्डोनेसियामा अमेरिकी कालो छाँया, पुनः विरोध प्रदर्शन सुरु

1

के साँच्चै नै हुँदैन त संविधान संशोधन?

Sambidhan

प्रधानमन्त्री र मन्त्रीहरुलाई आफ्नै बोलीले बितायो,बालेन,स्वर्णिमपछि सुनिल

sunil

फिफा विश्वकपःडिशहोममार्फत मोबाइल र टेलिभिजन दुवैमा प्रत्यक्ष प्रसारण हेर्न सकिने

Picture1

ब्राजिलमा २ हेलिकप्टर ठोक्किँदा अमेरिकी गायक ट्रीसहित ६ जनाको मृत्यु

Screenshot 2026-06-15 143753

नेपाल कसरी बन्दैछ खनिजको नयाँ हब? युरेनियमदेखि ग्याससम्मको योजना

fdbe43fd-b262-43e6-9414-b3b7aa0e50c5

स्टाटस लेखिदेऊ भनेका थिए ओलीले,विष्णु पौडेलले रोकेका थिए

kp-oli-sad

आज वाङ यीसँग वार्ता गर्दै परराष्ट्रमन्त्री खनाल, चार एजेन्डा

Screenshot 2026-06-15 131250

अल्टिमा लाइफस्टाइलले नेपालमा आफ्नो पहिलो कराओके स्पिकर ‘अल्टिमा बुमबक्स १३०’ सार्वजनिक गर्दै, असार २ गतेदेखि बिक्री सुरु

ultima

इरानी मिडियाले सार्वजनिक गर्यो युएस–इरान सम्झौताका मुख्य बुँदा

flags of USA and Iran

सम्बन्धित समाचार

Scroll to Top