प्रधानमन्त्री ओली न्युर्योकमा, कसले गर्यो स्वागत ?

४ असोज ८१, शनिबार

५ असोज ,काठमाण्डौ।

संयुक्त राष्ट्र सङ्घको ७९औँ महासभामा भाग लिन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै प्रधानमन्त्री केपी शर्मा ओली स्थानीय समयअनुसार शुक्रबार राति न्यूयोर्क आइपुगेका छन् । न्युर्योक पुगेका प्रधानमन्त्री ओलीलाई जेएफके अन्तर्राष्ट्रिय विमानस्थलमा राष्ट्र सङ्घका लागि स्थायी नियोग प्रमुख लोकबहादुर थापा, अमेरिकाका लागि कार्यवाहक राजदूत कुमार खरेल तथा स्थायी नियोगका अधिकारीहरुले स्वागत गरेका छन् ।

प्रधानमन्त्री ओलीले यही असोज १० गते संयुक्त राष्ट्र सङ्घको महासभामा सम्बोधन गर्ने कार्यतालिका छ । महासभामा कोही पनि पछाडि नछाडिने, वर्तमान र भावी पुस्ताका लागि शान्ति, दिगो विकास र मानव मर्यादाका लागि सबै मिलेर अघि बढ्नुपर्ने विषयमा बहस हुनेछ ।

Advertisement

प्रधानमन्त्री ओलीले नेपाली सङ्घसंस्थाले आयोजना गर्ने समारोहलाई आइतबार सम्बोधन गर्नेछन् । यसैगरी महासभामा सहभागी मित्रराष्ट्रका प्रतिनिधि तथा विकास साझेदारसँग ‘साइडलाइन’ वार्ता पनि गर्नेछन् । प्रधानमन्त्री ओलीले सम्मलेनमा अतिकम विकसित देशहरुको अध्यक्षको हैसियतले सम्बोधन गर्नेछन् ।

यसैगरी उनले कोलम्बिया विश्वविद्यालय र हवार्ड विश्वविद्याललयमा “नेपालको प्रजातन्त्र र आर्थिक समृद्धिको यात्रा र नेपालको परिप्रेक्ष्यः सङ्क्रमणकालीन न्यायबाट जलवायु न्याय”का विषयमा सम्बोधन गर्ने कार्यक्रम छ । यसैबीच न्युयोर्कमा ओली र उनका भारतीय समकक्षी नरेन्द्र मोदीबीच पनि द्विपक्षीय साइडलाइनमा भेटवार्ता हुने तय भएको छ ।

Advertisement

भारतीय प्रधानमन्त्री मोदीसँग न्युयोर्कमा साइडलाइनमा द्विपक्षीय भेटवार्ताको लागि नेपालले केही समयअघिदेखि नै प्रस्ताव गरे पनि नयाँ दिल्लीको तर्फबाट सकारात्मक जवाफ आइसकेको थिएन । तर नेपालका प्रधानमन्त्री ओली न्युयोर्कमा शुक्रबार राति उत्रनु केही घन्टाअघि भारतीय पक्षले मोदी द्विपक्षीय भेटवार्ताको लागि तयार गरेको सन्देश दिएको हो ।

परराष्ट्र मन्त्रालयका अनुसार लामो समयदेखि साइडलाइनमा भेटवार्ताको लागि गृहकार्य भए पनि भारतीय पक्षबाट दुई प्रधानमन्त्रीबीच भेटवार्ता हुने सक्ने सन्देश शुक्रबार प्राप्त भएको हो । स्थानीय समयअनुसार आइतबार ओली र मोदीको साइडलाइनमा द्विपक्षीय भेटवार्ता हुनेछ ।

चौथो पटक ओली प्रधानमन्त्री भएपछि भारतीय प्रधानमन्त्री मोदीसँग पहिलो भेटवार्ता हुनेछ । मोदीसँग भेटवार्ता हुने भएपछि नेपाली पक्षले त्यसको लागि आवश्यक गृहकार्य पनि गरेको छ । दुई प्रधानमन्त्रीबीच भेटवार्ता गराउनको लागि नेपाली पक्षले विभिन्न तहबाट पहल गरेको थियो ।

परराष्ट्रमन्त्री आरजु राणा देउवादेखि न्युयोर्कस्थित राष्ट्र संघका लागि नेपाली प्रतिनिधि लोकबहादुर थापा तथा नयाँ दिल्लीस्थित नेपाली दूतावासलाई पनि परिचालन गरिएको थियो । प्रधानमन्त्री ओलीले साइडलाइन भेटवार्ताको लागि मन्त्री राणालाई नै निर्देशन दिएर मन्त्रालयलाई काम गर्न भनेका थिए ।

भदौ २५ बाट महासभा सुरु भइसकेको छ । महासभाको उच्चस्तरीय छलफल असोज ८ देखि १२ सम्म चल्ने छ । नेपालको २२ सदस्य प्रतिनिधमण्डलको नेतृत्व गरेर प्रधानमन्त्री ओली न्युयोर्क पुगेका हुन् । यसपटक असोज ७ र ८ मा भने राष्ट्रसंघकै आयोजनामा ‘समिट अफ द फ्युचर’ कार्यक्रम छ ।

त्यसमा पनि ओलीले सम्बोधन गर्ने कार्यक्रम छ । त्यसको लागि शुक्रबारबाट भने समिट अफ द फ्युचरको एक्सन डे सुरु भइसकेको छ । भारतका प्रधानमन्त्री मोदी भने समिट अफ द फ्युचर कार्यक्रममा सहभागी भएर सम्बोधन गर्नको लागि मात्र न्युयोर्क गएका हुन् ।

मोदी शुक्रबार अमेरिकाको विल्मिङटनमा चार मुलुकहरुको संगठन क्वाड (अमेरिका, भारत, जापान र अस्ट्रेलिया) को बैठकमा सहभागी हुन आइसकेका छन् । उनी त्यहीबाट न्युयोर्क आउन लागेका हुन् । आइतबार न्युयोर्क आउने छन् र शनिबार बेलुकी भारत फर्कने छन् । मोदी आज बिहान अमेरिका प्रस्थान गरेका छन् ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

रोनाल्डोले नकआउटमा गोल गर्न नसकेको खडेरी तोडे

60ff14fc-eb1d-4c10-b156-c237ad64295e

देशभर मनसुनको कहरः आज ४ प्रदेशमा अति भारी वर्षाको चेतावनी

mausam-2075-12-18-768x388

केही घण्टामै बन्यो १० लाखसम्म जरिवाना गर्ने कानून, मन्त्रीको ठाडो निर्देशन

nepal-oil-nigam

२०१० को विश्वकप जितपछि स्पेन फेरि उपाधि होडमा

e34f67be-d857-48b2-ae41-dce5377f95fa (2)

२९ भूमिहीन परिवारलाई बालेन सरकारले बनायो जग्गाधनी

IMG_7206.JPG

असई थमन मृत्युप्रकरणः ६ जनालाई ५ वर्ष कैद, ३ जनालाई जन्मकैद

MixCollage-02-Jul-2026-12-57-PM-3185

निर्मला पन्त प्रकरणको पुरानो फैसलामा पत्रकार भण्डारी पक्राउ

2668d156-d8e8-4076-8f24-d6bcb46d05c1

अमेरिका अन्तिम १६ मा, बोस्निया एन्ड हर्जगोभिना बाहिरियो

722c405b-4265-45bb-aea3-f1ea6f3b04bb

नेपाली प्रतिभाको विश्वभर कदरः दिपेन्द्रलाई क्यानडा तेक्वान्दोको अन्तर्राष्ट्रिय सम्मान

2cf23fc9-11ec-4a50-971d-63826f7093e2

गरिमा विकास बैंक सिल्भर अवार्डबाट सम्मानित

fb33e2d1-fd38-46f2-a34a-820de1a45bd6

सम्बन्धित समाचार

Desktop Popup ImageMobile Popup Image×
Scroll to Top