×

NEPAL TIMES UPDATES

Playing
यु द्ध दोहोरिए विश्वव्यापी हुने, Iranले २०२६को नयाँ Missile हान्ने || Nepal Times
Apr 19, 2026
Playing
नेपालबारे कस्तो छ आईएमएफको प्रक्षेपण ?|| Nepal Times
Apr 19, 2026
Playing
होर्मुज आगोझैँ तनाव, जहाजहरू युटर्न, विश्व तेल बजारमा त्रास|| Nepal Times
Apr 19, 2026
Playing
जिल्ला प्रशासनको पुरानो सेवाशैली अब इतिहास बन्ने,अब यसरी हुनेछ सेवा|| Nepal Times
Apr 19, 2026
Playing
Watch Top15 News Of The Day in 5 Minutes || Nepal Times
Apr 18, 2026
Playing
इस्लामावाद वार्ताका लागि तयार, तर भाँडिने संकेत|| Nepal Times
Apr 18, 2026
Playing
World News: सिरियाबाट १२ वर्षपछि अमेरिकी सेना फिर्ता, राहुल गान्धीविरुद्ध एफआईआर || Nepal Times
Apr 18, 2026
Playing
चीनका चार रहस्यमयी विमान इरान पुगे? || Nepal Times
Apr 18, 2026
Playing
“मुस्ताङको युरेनियम लिन विदेशी से*ना आउँदै?” — Parsaiको सनसनीपूर्ण दाबी
Apr 18, 2026
Playing
देउवा समूह चोईटेला ? पूर्णबहादुरले बोलाए असन्तुष्टहरुको बैठक || Nepal Times
Apr 18, 2026

दुर्गा प्रसाईं पक्राउ, गेट नखोलेपछि प्रहरी भ¥याङबाट चढ्यो

६ आश्विन २०८१

६ असोज, काठमाण्डौ।

चर्चित मेडिकल व्यवसायी दुर्गा प्रसाईं पक्राउ परेका छन् । साइबर अपराध गरेको कसुरमा काठमाडौं जिल्ला अदालतले प्रसाईंसहित तीनजनाविरुद्ध पक्राउ पुर्जी जारी गरेपछि प्रसाईंलाई आज प्रहरीले उनको भक्तपुरस्थित निवसबाटै पक्राउ गरेको छ।

Advertisement
Advertisement

विद्युतीय कारोबार ऐन अनुसारको कसुरमा नेपाल प्रहरीको साइबर ब्युरोको टोलीले आइतबार उनलाई पक्राउ गरेको हो । प्रसाईंलाई भक्तपुरस्थित उनकै घरबाट पक्राउ गरिएको साइबर ब्युरोका एसपी दीपकराज अवस्थीले बताएका छन् ।

साइबर व्युरोबाट पक्राउ गर्न गएका प्रहरी एक घण्टासम्म पनि ढोका नखोलेपछि प्रहरी भ¥याङ लगाएर घरको कम्पाउण्डमा प्रवेश गरेको थियो । त्यसक्रममा प्रसाईंका अंगरक्षकलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।

साइबर व्युरोबाट डीएसपीको नेतृत्वमा गएको प्रहरी टोली, महानगरीय प्रहरी परिसर भक्तपुर र ठिमी वृत्तको समन्वयमा उनलाई पक्राउ गरिएको हो । प्रसाईसहित उनीसँगै रहने युट्युवरहरु प्रकाशचन्द्र दाहाल र जीवन पाण्डेविरुद्ध साइबर ब्युरोमा परेको उजुरीका आधारमा प्रहरीले गत साता नै जिल्ला अदालत काठमाडौंबाट पक्राउ पुर्जी लिएको थियो ।

रास्वपा नेतृ लगायत पीडित महिलाले उनीहरुविरुद्ध साइबर व्युरोमा जाहेरी दिएका थिए विभिन्न व्यक्तिको चरित्रहत्या गर्ने,बेश्यावृति गरेको आरोप लगाउँने तथा आपत्तिजनक अभिव्यक्ति दिने गरेको भन्दै उजुरी परेपछि अदालतको अनुमतिमा पक्राउ गर्नुपरेको प्रहरीले जनाएको छ ।

पक्राउ परेपछि प्रसाईंले आफ्नो शरीरमा एक थोपा रगत रहेसम्म पनि केपी ओलीविरुद्ध लड्ने बताएका छन् । प्रहरीले आफ्नो गाडीमा प्रवेश गराउँदै गर्दा प्रसाईले आफूलाई भ्रष्टाचारी जस्तो व्यवहार नगर्न आग्रह गरेका थिए ।

बुधबार काठमाडौं जिल्ला अदालतका न्यायाधीश महेन्द्र खनालको इजलाशले प्रसाईंसहित तीन जनाविरूद्ध पक्राउ पुर्जी जारी गरेको थियो । दुई युट्युवर जीवन पाण्डे र प्रकाशचन्द्र दाहालविरुद्ध उनीहरूकै युट्युवमा दुर्गा प्रसाईँले बोलेको विषयलाई लिएर उजुरी परेको थियो ।

पछिल्लो समय प्रसाईंले ‘राष्ट्र राष्ट्रियता धर्म संस्कृति र नागरिक बचाउ अभियान’को नाममा गतिविधि गरिरहेका छन् । उनले विभिन्न उद्योगी, व्यवसायी, नेताहरुविरुद्ध आधारहीन टिप्पणी गर्दै आएका छन्

Advertisement

भर्खरको समाचार

होर्मुज इरानकै नियन्त्रणमा,भारतीय जहाजमाथि गोली हानियो

Ships and tankers in the Strait of Hormuz off the coast of Musandam, Oman, April 18, 2026. REUTERS

नेपालको आर्थिक वृद्धिदरमा भारी कटौती, अर्को वर्षमात्रै सुधार

3bf43633-8bfc-4d58-adb0-2c9fd14aebc1

प्रशासनमा अब फाइल बोकेर कोठा धाउनु नपर्ने, एकद्वार प्रणाली लागू

b50ca935-e218-4b61-b637-facd118a9d76

इरानको युरेनियम लैजाने ट्रम्पको दाबी सत्य हो? होर्मुज खुलेपनि अमेरिकी नाकाबन्दी जारी

donald_trump

ओली हटाएर एमाले अध्यक्ष बन्न तम्सिदैछिन् विद्या

Bidhya-Bhandati-and-Kp

आजदेखि ‘भेहिकल फ्रि असन’

Places-To-Visit-in-Kathmandu-Ason-Spice-Market-Nepal

कांग्रेस विवादको कानुनी बाटो सकियो, देउवाको रिट खारेज, फैसलामा के छ ?

deuwba and gagan

कांग्रेस प्रति दिलदार रास्वपा ! भ्रष्टचारको फाइल अड्काउने श्रम संस्कृतिलाई डर

harka-and-rabi-2-1711872787

पार्टीमा कुर्सी हल्लिएपछि प्रचण्डको ’त्यो’ र ओलीको ’यो’ स्वार्थ मिल्यो

_126009314_prachanda_oli_

अब अस्पतालमा पनि दुई दिन बिदा, आकस्मिक सेवा सञ्चालन हुने

swasthya-mantralaya

सम्बन्धित खबरहरु

Scroll to Top