×

NEPAL TIMES UPDATES

Playing
सदावहार प्रतिपक्षी’ प्रेम सुवालको बिदाइ र हर्क साम्पाङको इन्ट्री || Nepal Times
Apr 15, 2026
Playing
बिहारको राजनीतिमा ’नितिश युग’ को अन्त्य || Nepal Times
Apr 15, 2026
Playing
Top 15 Afternoon News || April-15-2026 || Nepal Times
Apr 15, 2026
Playing
गृहमन्त्रीले निर्देशनपछि कार्यक्षमताका आधारमा डिआइजीको बढुवा || Nepal Times
Apr 15, 2026
Playing
Israel–Lebanon बीच वासिंगटनमा वार्ता, रोकिएला यु द्ध ? || Nepal Times
Apr 15, 2026
Playing
होर्मुजमा १०,००० बढी अमेरिकी से*ना तैनाथ, सी ले दिए ४ बँुदे शान्ति प्रस्ताव|| Nepal Times
Apr 15, 2026
Playing
दीपक खड्काको फाइल अब अख्तियारमा || Nepal Times
Apr 15, 2026
Playing
देउवा, ओली, प्रचण्ड अनि बालेनमा को धनी ?|| Nepal Times
Apr 15, 2026
Playing
सरकारको १८ बुँदे प्रतिवद्धतामा प्रतिपक्ष दल के भन्छन् ?#balen #ashika #nepal || Nepal Times
Apr 15, 2026
Playing
५ वर्षमा १५ लाख रोजगारी र एआई निर्यातसहितका १४ राष्ट्रिय प्रतिबद्धता|| Nepal Times
Apr 15, 2026

रविलाई कसले बलि चढाउन खोज्यो ? मध्यरातमा ओलीलाई दिए चेतावनी

७ आश्विन २०८१

७ असोज, काठमाण्डौ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने सहकारी प्रकरणमा कुनै पनि बेला पक्राउ पर्ने आशंकाका बीच गएको मध्यरातसम्म रास्वप मुख्यालयमा नेता कार्यकर्ताको भिडभाड देखियो ।

Advertisement
Advertisement

आफूलाई पक्राउ गर्ने भनी सरकारले मिडिया ट्रायल गरेको भन्दै मध्यरातमा संचारकर्मीमाझ प्रत्यक्ष रुपमा उपस्थित भएका रविले आफूविरुद्ध षडयन्त्र रचिएको भन्दै त्यसविरुद्ध उभिन सबै नेता कार्यकर्तामा अपिल समेत गरेका छन् ।

आफू पटक पटक निशानामा परेको भन्दै राज्य संयन्त्रको कुनैपनि अनुशन्धान प्रक्रियामा सहयोग गर्न तयार रहेपनि षड्यन्त्र रुपमा आफूमाथि प्रहार भएको भन्दै न्यायका पक्षमा उभिन उनले आग्रह गरेका छन् ।

उनले कार्यकर्तालाई सत्यको पक्षमा उभिन आग्रह गर्दै भनेका छन्, ‘व्यक्ति रवि लामिछानेका लागि होइन । सत्यको लागि न्यायका लागि लड्न तयार हुनुहोस् ।’ सहकारीको रकम अपचलन मुद्दामा आफू पक्राउ पर्न लागेको सूचना पाएपछि रास्वपाका सभापति एवम् पूर्वगृहमन्त्री लामिछानेले आफूमाथि राजनीतिक प्रतिशोध साँध्न खोजिएको आरोप लगाएका छन् ।

पार्टी कार्यालयमा भेला भएका कार्यकर्तालाई सम्बोधन गर्दै उनले कसैको राजनीति जोगाउन यस्तो गरिएको दाबी गरे । ‘कसैको राजनीति जोगाउनका निम्ति मलाई बलि चढाउन नखोज्नुस् । आँट भए आऊ, तर मलाई षड्यन्त्र गरेर होइन । चुनाव लडेर जित्नुस् । यस्तो षड्यन्त्र गरेर होइन’, उनले भनेका छन् ।

लामिछानेले आफूले प्रमाण मागेको र अनुसन्धानका हरेक प्रक्रियामा सघाएको उल्लेख गरे ।‘गल्ती गर्ने भागेर बसेका छन्, म त यहाँ शीर ठाडो गरेर बसिरहेको छु । मैले सरकारलाई स्पष्ट भनेको छु । मलाई तपाईंको अनुकम्पा चाहिँदैन । तपाईंहरुको दया चाहिँदैन । मैले कहाँ जानुपर्ने हो अनुसन्धानका लागि जानुपर्ने म तयार छु’, उनले भनेका छन् ।

कसैको राजनीति बचाइदिनका लागि मैले बलि चढिदिनुपर्ने भन्दै उनले प्रश्न गरेका छन् । उनले भने, ‘मैले हिजो पनि भनेको थिएँ । मलाई कहाँ लानुहुन्छ ? लैजानुहोस् म जहाँ पनि जान तयार छु। छानबिनका लागि सघाउन ।’

उनले आफू हिजो पनि अन्यायको शिकार भएको बताए ।त्यस्तै, उनले आफूले कानून मान्ने, अनुसन्धानमा सघाउने, आफूले केही नबिराएको र नडराएको बताए । तर अन्याय नसहने उनले उद्घोष गरेका छन् ।

‘सबैलाई हेक्का रहोस् कि रवि लामिछाने मान्छे बेचेर राजनीतिमा आएको होइन, बेचिएका मान्छेलाई बचाएर राजनीतिमा आएको हो’, उनले भने, ‘प्रहरीको अनुसन्धानले दोषी देखिएको छैन भन्छ, अदालतमा मुद्दा गएको छ प्रतिवादी छैन भन्छ, कसैको बयानले बोलेको छैन, देशको प्रहरी प्रमुखले संसदीय समितिमा गएर भन्छन् संलग्नता छैन भन्छन् ।

सहकारी समितिले पनि सहकारीको रकम ल्याएकोबारे केही निर्णय गरेको छैन भन्छ । तर कुन नयाँ तथ्य आयो र यसरी गर्न खोजियो ।’ उनले आफू नभागेको बताए । ‘म भागेको छैन । गल्ती गर्ने भागेका छन् । तर सरकारको यो कदममा शंका छ । अन्याय गर्न पाइँदैन’, उनले भनेका छन् ।

त्यस्तै, उनले आफूमाथि षड्यन्त्र भएको र अन्याय भएको भन्दै आफ्ना कार्यकर्तालाई अलर्ट हुन निर्देशन पनि दिए । ’सरकारले पक्राउ पुर्जी जारी नगरिएको भन्ने जानकारी आएको लामिछानेले उल्लेख गर्दै भने, ‘हुन त सरकारको भरोसा छैन । यसरी सानो पार्टीबाट डराएको सुहाएन ।’

यस्तै उनले प्रधानमन्त्री केपी शर्मा ओलीलाई न्युयोर्कबाट आँखा नसन्काउनु चेतावनी दिएका छन् । गएराति सामाजिक सञ्जालमा लेख्दै लामिछानेले सहकारी पीडितको मुद्दामा न्याय दिलाउने वास्तविक चाहना भए छलफलमा आउन आग्रह गरेका छन्।

लामिछानेले भनेका छन्, ‘न्युयोर्कबाट आँखा नसन्काउनुस् प्रधानमन्त्रीज्यु,फर्केर आउनुस्, बसेर कुरा गरौं, सहकारी पीडितलाई न्याय दिने नियत भए म रुम मिलाउँछु, बिचौलियाको घर चाहिन्न। बाँकी भोलि‘’ आइतबार गोर्खा मिडिया ग्रुपका सञ्चालक तथा पूर्वडीआईजी छविलाल जोशी सहकारी बचत अपचलन प्रकरणमा पक्राउ परेपछि लामिछाने पनि पक्राउ पर्ने हल्ला चलेपछि रास्वपाभित्र खलबली मच्चिएको थियो।

पक्राउ पर्ने खबर मिडियामा एक पछि अर्को गर्दै आएपछि बनस्थलीस्थित पार्टी कार्यालयमा शिर्ष नेताहरू आन्तरिक छलफलमा जुटेका थिए।

छलफलपछि केन्द्रीय कार्यालयमा उपस्थित कार्यकर्तालाई सम्बोधन गर्दै लामिछानेले आफू नडराउने भन्दै पक्राउ गरे प्रतिवाद गर्ने घोषणा गरेका थिए। यसैबीच उपसभापति डा. स्वर्णीम वाग्लेसहित चीन गएको एक दर्जन रास्वपा नेताको टोलीलाई पनि रास्वपाले जति सक्दो छिटो देश फर्किन निर्देशन दिएको छ। वाग्लेसहितको टोली आज काठमाडौँ आइपुग्ने बताइएको छ।

Advertisement

भर्खरको समाचार

दीपक भट्ट र सुलभ अग्रवालको घर तथा कार्यालय सिल

CopyPasta_1776240119512

बिहारको राजनीतिमा ’नितिश युग’ को अन्त्य

Bihar-new-CM-Samrat-Choudhary-with-Nitish-Kumar (1)

बालेनले सबैलाई पारे चकित, विपक्ष दलका घोषणा बालेनले पूरा गर्ने

666707698_875077882223921_4422618132601218086_n

होर्मुजकोमा १०,००० बढी अमेरिकी सेना तैनाथ, सी ले दिए ४ बुँदे शान्ति प्रस्ताव

Flag of Iran together with flag of the United States of America

बालेनले ल्याएको प्रतिवद्धतापत्रमा आशिकाको असन्तुष्टि, उठाइन् पिआरको पीडा

634384254_1308104231362099_3703139301615292633_n

तोडिएको होइन , २०८२ मा बनेको म ,बागमतीको किनारमा पुनर्जन्म

cdf68ebd-07f4-4c70-8984-ee648beb9fe2

इरानले ५ वर्ष आणविक परियोजना रोक्ने, अमेरिका भन्छ २० वर्ष

iran america

पोप लियोलाई गाली गरेपछि ट्रम्प ‘यशु’ बने….

DonaldTrumpimpeached_20191219095801

शिक्षामन्त्रीको २४ करोडको सम्पत्ति इमान्दारको कमाइ, छ्रैन कुनै डर

Screenshot 2026-04-14 083430

आफ्नै रुपमा उत्रिए ट्रपः होर्मुजमा जहाज गए ‘ध्वस्त’ पारिदिने

GettyImages_1191715388

सम्बन्धित खबरहरु

Scroll to Top