Nepal Times
Nepal Times
3
Shares

अमेरिकामा मोदीको जय जयकार हुँदा ओली कसरी असुरक्षित ?

अमेरिकामा मोदीको जय जयकार हुँदा ओली कसरी असुरक्षित ?

७ असोज, एजेन्सी ।
संयुक्त राष्ट्र संघको ७९ औं महासभामा भाग लिन यतिबेला विश्वका विभिन्न देशका नेता अमेरिकाका पुगेका छन् । यस दौरान उनीहरु अन्य विभिन्न कार्यक्रममा सहभागी भइरहेका छन् । अमेरिकामा रहेका आफ्ना देशका नागरिकहरुले आयोजना गरिने स्वागत सम्मानका कार्यक्रमहरुमा समेत विभिन्न देशका राष्ट्र प्रमुख तथा सरकार प्रमुखहरु सहभागी भइरहेका छन् ।

विदेशी पाहुनाहरुको स्वागत र सुरक्षाका लागि अमेरिकाले कुनै कसर बाँकी राखेको छैन् । तर नेपालका प्रधानमन्त्री केपी शर्मा ओली र परराष्ट्र मन्त्री डा आरजु राणा देउवा सहभागी हुने कार्यक्रम भने असुरक्षाकै कारण देखाउँदै स्थगित भएको छ ।

नेपाली महावाणिज्यदूतावास न्यूयोर्कले एक सूचनामार्फत भनेको छ, समारोह स्थलको सुरक्षा संवेदनशीलताबारे संबन्धित निकायको सुझाव समेतलाई ध्यानमा राखी आज आयोजना हुने बृहत् कार्यक्रम स्थगन गरिएको छ ।

नेपाली महावाणिज्य दूतावास न्यूयोर्क र अमेरिकामा रहेका नेपाली समुदायको संयुक्त आयोजना उक्त स्वागत कार्यक्रम आयोजना गरिएको थियो । जुन कार्यक्रम सुरक्षा संवेदनशीलता देखाउँदै कार्यक्रम स्थगन गरिएको नेपाली महावाणिज्यदूतावास न्यूयोर्कले जनाएको छ ।

सुचनामा कार्यक्रम स्थगित गर्नुको कारणमा भनिएको छ, संयुक्त राष्ट्र संघको महासभा, समिट अफ दी फ्युचर तथा अन्य साइडलाइन मिटिङ्गहरुमा व्यस्त रहनु परेको र समारोह स्थलको सुरक्षा संवेदनशीलताबारे संबन्धित निकायको सुझाव समेतलाई ध्यानमा राखी आज आयोजना हुने बृहत् कार्यक्रम स्थगन गरिएको छ ।साथै यसबाट पर्न गएको असुविधाप्रति आयोजकको तर्फबाट महावाणिज्यदूतावासले दुःख प्रकट गरेको छ ।

यता अमेरिकामा नै रहेर भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले हजारौँको संख्यामा उपस्थित भएर कार्यक्रममा सहभागिता जनाइरहेको अवस्थामा नेपालका प्रधानमन्त्रीलाई चैँ सुरक्षाको कारण कार्यक्रम रद्द गर्नुपर्ने कस्तो बाध्यात्मक अवस्था आयो भन्ने प्रश्न महावाणिज्यदूतावासको सुचना संप्रेषण हुनासाथ उब्जिएको छ ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी पनि अमेरिकामा विभिन्न भेटवार्तामा सहभागी भइरहेका छन् । न्यूयोर्कको नासाउ कोलिजियम एरेनामा मोदीले हजारौंको संख्यामा उपस्थित भएका भारतीय समुदायलाई सम्बोधन गरेका छन् । १६ हजार ५०० क्षमताको इनडोर एरिनामा भरिभराउ भारतीय आप्रवासीमाझ मोदी उपस्थित भएका थिए ।

सो क्रममा मोदीले भारत १० नम्बरबाट ५ नम्बरको अर्थतन्त्र भएको बताएका छन् । अब भारत चाँडै तेस्रो ठूलो अर्थतन्त्र बनोस् भन्ने हरेक भारतीयको चाहाना रहेको समेत बताए । मोदीले अब भारत अवसरको पर्खाइमा नभई अवसर सिर्जना गर्ने अवस्थामा पुगेको बताए ।

यसअघि भारतले समान दूरीको नीति अवलम्बन गर्दै आएको थियो तर आज हाम्रो साझेदारी सारा संसारसँग बढ्दैछ। उनले भनेका छन्, आज जब भारतले ग्लोबल प्लेटफर्ममा केही बोल्छ, त्यो विश्वले सुन्छ। मोदी तीन दिने अमेरिका भ्रमणका क्रममा शनिबार फिलाडेल्फिया पुगेका थिए ।

फिलाडेल्फिया विमानस्थलमा मोदीलाई अमेरिकाका प्रोटोकल प्रमुख इथान रोसेन्जवेगले स्वागत गरेका थिए। चिफ अफ प्रोटोकल अफ अमेरिकाको पद राजदूत र सहायक सचिवको पद बराबर हुन्छ। फिलाडेल्फिया विमानस्थलमा भारतीय प्रवासी समुदायले मोदीलाई भव्य स्वागत गरेका थिए ।

मोदीलाई स्वागत गर्न अमेरिकाका विभिन्न सहरबाट प्रवासी भारतीयहरु फिलाडेल्फिया विमानस्थल पुगेका थिए । यसै क्रममा मोदी आप्रवासी समुदायका मानिसहरूलाई भेटेर हौसला बढाएका थिए । जहाँ मोदीको जयजयकारको नारा लागेको थियो । त्यहाँबाट मोदी बाइडेनलाई भेट्न डेलावेयरमा उनकै घर पुगेका थिए ।

नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै प्रधानमन्त्री केपी शर्मा ओली भने स्थानीय समयअनुसार शुक्रबार राति न्यूयोर्क आइपुगेका थिए । न्युर्योक पुगेका प्रधानमन्त्री ओलीलाई जेएफके अन्तर्राष्ट्रिय विमानस्थलमा राष्ट्र सङ्घका लागि स्थायी नियोग प्रमुख लोकबहादुर थापा, अमेरिकाका लागि कार्यवाहक राजदूत कुमार खरेल तथा स्थायी नियोगका अधिकारीहरुले स्वागत गरेका थिए ।

तपाईंको प्रतिक्रिया

© copyright 2024 and all right reserved to Nepal Times | Design & Develop By : InDesign Media Pvt. Ltd.