गोटाबाया राजापाक्षे बुद्धको शरण पर्न लुम्बिनी आए

७ असोज, काठमाण्डौ ।

श्रीलंकाका पूर्वराष्ट्रपति गोटाबाया राजापाक्षे काठमाडौं ओर्लिएका छन् । उनी निजी भ्रमणको रुपमा लुम्बिनी घुम्न आएको बताइएको छ । उनी भुटानबाट ड्रुक एयरको जहाज मार्फत त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको काठमाडौंस्थित श्रीलकंन दूतावास स्रोतले पुष्टि गरेको छ ।

भुटान भ्रमण सकेर राजापाक्षे नेपाल आएका हुन् । श्रीलंकाका नयाँ राष्ट्रपति अनुरा दिसानायकेले शपथ लिँदै गर्दा पूर्वराष्ट्रपति राजापाक्षे काठमाडौं ओर्लिएका हुन् । शनिबार भएको निर्वाचनबाट श्रीलंकाको राष्ट्रपतिमा दिसानायके निर्वाचित भएका थिए ।

Advertisement

पूर्वराष्ट्रपति राजापाक्षे लुम्बिनी भ्रमणका लागि नेपाल आएको नेपालस्थित श्रीलंकन दूतावासले जनाएको छ । बौद्ध धर्मावलम्बी राजापाक्षे गौतम बुद्धको जन्मस्थल लुम्बिनीका अलावा नवलपरासीको शाश्वत् धामस्थित बुद्धिस्ट सेन्टरमा समेत पुग्ने कार्यक्रम छ ।

गृह मन्त्रालय स्रोतका अनुसार सोमबार बिहान श्रीलंकन एयरलाइन्समार्फत राजापाक्षे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ओर्लिएका थिए । दिसानायके निर्वाचित भएसँगै श्रीलंकामा राजापाक्षे परिवारको राजनीतिक दबदबामा ग्रहण लागेको थियो ।

Advertisement

अघिल्लो चुनावमा दिसानायकेले यिनै राजपाक्षेसँग प्रतिस्पर्धा गरेका थिए । तर, आर्थिक मन्दी चर्किएपछि दुई वर्षअघि श्रीलंकामा चर्केको आन्दोलनबाट राजापाक्षे अपदस्थ भएका थिए । उनी आन्दोलन चर्किएपछि देश छाडेर भागेका थिए ।

पछि भने उनी स्वदेश फर्किएर श्रीलंकामा नै बसेका थिए । राजापाक्षेपछि रनिल विक्रमासिंघे राष्ट्रपति भएका थिए । पछिल्लो निर्वाचनमा राजापाक्षेले आफ्ना भतिज नमल राजापाक्षेको पक्षमा मत मागेका थिए ।

राजापाक्षे परिवारको पुरानो राजनीतिक ‘लिगेसी’का बावजुद नमल भने लज्जास्पद रुपमा पराजित बने । नमल गोटाबायाका दाजु महिन्दाको जेठो छोरा हुन् । गोटाबाया श्रीलंकाका पूर्वराष्ट्रपति एवं पूर्वप्रधानमन्त्री महिन्दा राजापाक्षेका भाइ हुन् ।

पछिल्लो समय राजापाक्षे परिवारले राजनीतिमा भने जनविश्वास गुमाउदै गएको छ । भर्खरै सम्पन्न राष्ट्रपति निर्वाचनमा पूर्वराष्ट्रपति गोटाबाया राजपाक्षेका छोरा नमल राजपाक्षेको जमानत जफत भएको छ । उनले केबल १ प्रतिशत मत मात्रै पाएका छन् ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

गरिमा विकास बैंक सिल्भर अवार्डबाट सम्मानित

fb33e2d1-fd38-46f2-a34a-820de1a45bd6

इरानले खामेनीको ‘रगतको बदला’ लिने, अन्त्येष्टिअघि गर्यो घोषणा

iran america update

भेनेजुएला भूकम्पःमृतक २२ सय नाघे,मेक्सिकोको प्रख्यात उद्धार टोली पुग्दै

venezueala earthquake

वर्षाले बढायो विपद्को जोखिम, आज कहाँ हुन्छ भारी वर्षा ?

mausam-2075-12-18-768x388

डीआर कंगोको करामत रोक्दै केनले देखाए चमत्कार

78295008-3d7d-4338-8303-e06f9a5c560e

आश्चर्यमय पुनरागमन जितका साथ बेल्जियम अन्तिम १६ मा

79556cb8-5d49-4c40-862a-abeb585f1087

ग्लोबल आइएमई बैंकको खाता अब एपबाटै ब्लक गर्न मिल्ने

d0dd9096-8b59-45bb-98c5-b2538bf4eb36

नेपालको बिजुली बिक्री मोदी रिसाएपछि रोकिएको हो ?

ovhrqjf_pm-modi_625x300_21_April_25

‘आधुनिक भाइकिङ’ एर्लिङ हालान्ड इङल्याण्डबाट किन खेल्दैनन् ?

halad

युरेनियम उत्खनन् गर्न अमेरिकासँग सम्झौता भएको हो ?शिशिरले दिए जवाफ

sishir khanal

सम्बन्धित समाचार

Scroll to Top