×

NEPAL TIMES UPDATES

Playing
सीमा नाघेर गतिविधि नगर्न देउवा पक्षलाई गगनको चेता*वनी, पूर्णबहादुरको काउन्टर|| Nepal Times
Apr 14, 2026
Playing
एमसीसी र बीआरआईको सन्तुलन नमिलाए बालेन सरकारलाई कठिन || Nepal Times
Apr 14, 2026
Playing
Watch Top50 News Of The Day || Baisakh-01-2083 || Nepal Times
Apr 14, 2026
Playing
‘नेपाललाई बफर स्टेट होइन, भाइब्रेन्ट ब्रिज बनाउने’ भारतसँग जलमार्ग, चीनको बन्दरगाह उपयोग
Apr 14, 2026
Playing
F– 35, MV–22, USS Tripoliले घेरियो होर्मुज, साउदी किन बेचैन ? || Nepal Times
Apr 14, 2026
Playing
मन्त्री सस्मितको सम्पत्ति र बाबुको विगत || Nepal Times
Apr 14, 2026
Playing
इ*रानलाई आत्मस*र्मपण गराउन नाकाब*न्दी|| Nepal Times
Apr 14, 2026
Playing
World News: आज Israel–Lebanonबीच दुर्लभ वार्ता, चिनियाँ ट्यांकर होर्मुज पार || Nepal Times
Apr 14, 2026
Playing
पर्यटनको ‘भर्जिन गन्तव्य’ कर्णाली : कहाँ घुम्ने, कसरी पुग्ने ? || Nepal Times
Apr 14, 2026
Playing
अब विश्वास पात्र महासचिवले नै ओलीलाई बिदाइ गर्ने ? || Nepal Times
Apr 14, 2026

के अब प्रचण्डले राजा ल्याउने आन्दोलनको अगुवाई गर्छन् ?

८ आश्विन २०८१

८ असोज , काठमाण्डौ ।

भनिन्छ राजनीतिमा न कोही स्थाई शत्रु हुन्छन् न मित्र नै । राजनीति यस्तो क्षेत्र हो जहाँ जतिबेला जेपनि हुन् सक्छ । असम्भव जस्ता देखिएका दाउपेच वा गतिविधिहरु राजनीतिमा हुने गरेका छन् ।

Advertisement
Advertisement

नीति, नैतिकतामा चलेका मुलुकहरुमा त केही हदसम्म राजनीतिक भविष्य वा लिइने कदमहरुका बारेमा आँकलन गर्न सकिन्छ । तर नेपालजस्ता मुलुकमा भने राजनीति कल्पना वा अनुमान बाहिर पुगिसकेको विश्लेषण गर्न थालिएको छ ।

र पछिल्ला केही घटनाक्रमहरुले त्यो पुष्टि पनि गरिसकेको छ । यहाँ कुनै हालतमा मिल्न सक्दैनन् भन्ने दलहरु रातारात मिलेका छन् । लामो समय टिक्छन् भन्ने सरकारहरु पनि रातारात ढलेका छन् ।

यहाँ पहिलो र दोस्रो पार्टी नै मिलेर सरकार बनाउँछन् त कहिले तेस्रो र चौथो दलले ठूला दललाई नचाउँछन् । यी सब त छदैछन्, नेपाली दलहरुले र नेताहरुले कतिबेला आफ्नो विचार नै परिवर्तन गर्छन् भन्नेसमेत अड्कल गर्न मुश्किल पर्न थालेको छ ।

पार्टी परिवर्तनका कुरा त सामान्य भैगए । नेपालमा विचार परिवर्तन गर्नेमा सबैभन्दा अगाडि आउँछन् हाल राप्रपाका वरिष्ठ उपाध्यक्ष रहेका रविन्द्र मिश्र । बाबुराम भट्टराईलाई पनि यो सूचीमा राख्न सकिन्छ ।

उनी स्वयं माओवाद त्यागेर समाजवाद अंगालेको बताउँछन् । अब यो सूचीमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड पनि समावेश हुने हो कि भन्ने झिनै भएपनि संकेत देखिएको छ ।

र यसको संकेत पनि राष्ट्रिय प्रजातन्त्र पार्टीका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रले नै गरेका छन् । यसै पनि प्रचण्ड आफू क्रमभंगतामा विश्वास गर्ने, गतिशिल रहेको र उथलपुथलको नायक भएको बताउँने गरेका छन् ।

आज विहान मिश्रसंगको भेटमा पनि प्रचण्डले यही कुरा दोहोर्याएका छन् । प्रचण्ड निवास पुगेरै मिश्रले प्रचण्डलाई भेटेका हुन् । भेटका क्रममा आफूले प्रचण्डलाई देश विस्फोटनको अवस्थामा रहेको जानकारी गराएको मिश्रले बताएका छन् ।

र, त्यसलाई रोक्न राजतन्त्र पुनर्स्थापना गर्नुपर्ने भनाइ आफूले राखेको मिश्रले बताएका छन् । प्रचण्डले पनि अब यही स्थितिको निरन्तरताबाट देश चल्दैन भन्ने निष्कर्षमा पुगेको बताएको मिश्रले सामाजिक सञ्जालमा उल्लेख गरेका छन् ।

मिश्रका अनुसार अब यही अवस्थामा देश नचल्ने बताउँदै प्रचण्डले ‘निरन्तरतामा क्रमभंगता’ अत्यावश्यक भइसकेको बताएका थिए । प्रचण्डले पञ्चायतकालमा धेरै राम्रो काम भएको महुसुस भएको र राजा महेन्द्रलाई भिजनरी राजा रहेछन् भन्ने थाहा पाएको बताएको मिश्रको दाबी छ ।

प्रचण्डले देशमा विदेशीको चरम हस्तक्षेप भएकोसमेत स्वीकार गरेको मिश्रले बताएका छन् । मिश्रले प्रचण्ड निवास खुमलटारमा भेटवार्ता गरेको तस्बिर सार्वजनिक गर्दै मिश्रले राजसंस्थालाई पुनःस्थापित गर्नुपर्ने भनाइ प्रचण्डसँग राखेको उल्लेख गरेका हन् ।

‘अब देश यस्तो बिन्दुमा पुग्यो कि राजसंस्थालाई पुनःस्थापित नगर्ने हो भने यो देश विस्फोटनको अवस्थातिर उन्मुख हुँदैछ । त्यतिबेला तपाईंहरूको अग्रगमन, नाम र सालिक केही बाँकी रहने छैन,’ मिश्रले प्रचण्डलाई भनेको भनाइ उद्धृत गर्दै सञ्जालमा लेखेका छन्।

त्यसपछि प्रचण्डले राखेका भनाइलाई उनले विभिन्न ७ बुँदामा उल्लेख गरेका छन् ।

जसमा उनले लेखेका छन्,
प्रचण्डसँग मनका कुरा!
हिजो कार्यक्रममा भेट भयो। आज वर्षौँपछि प्रचण्ड निवासमा भेट भयो।
“अब देश यस्तो विन्दूमा पुग्यो कि राजसंस्थालाई पुनर्स्थापित नगर्ने हो भने यो देश ’विस्फोटनको अवस्था’ तिर उन्मुख हुँदैछ। र त्यतिबेला तपाईँहरूको ’अग्रगमन’, नाम र सालिक केही बाँकी रहने छैन।“ लामो व्याख्या सहित सारमा मैले यही भनेँ।
त्यसपछि उहाँका केही टिप्पणी अर्थपूर्ण लाग्योः

१. यही स्थितिको निरन्तरताबाट अब देश चल्दैन भन्ने निष्कर्षमा म पनि पुगिसकेँ। आजभोली प्रशिक्षणमा यही भनिरहेकोछु।

२. पछिल्लो पटक प्रधानमन्त्री हुँदा नेपालका उद्योगधन्दाहरूको सबै विवरण मागेर हेरेको त पंचायतकालमा धेरै राम्रो काम भएको रहेछ। राजा महेन्द्र त गग्जबका ’भिजनरी’ राजा रहेछन्।

३. द्वन्द्वका बेला मेरा केही साथी राजसंस्थाका बारे पुरै नकारात्मक थिए। म त देशको हित हुन्छ भने राजासँग मिलेरै गए पनि राम्रो हुन्छ भन्ने पक्षमा थिएँ।

४. राजा ज्ञानेन्द्रले पनि २०६२÷०६३ को आन्दोलनको ताका अलि नरम भइदिएको भए आज परिस्थिति आर्कै हुन्थ्यो।

५. देशमा विदेशी हष्तक्षप चरम अवस्थामा पुगेको सही हो।

६. अहिले पो प्रधानमन्त्री भएँ। युद्ध गर्दा त मरिन्छ–बाँचिन्छ, थाहा थिएन। देश बनाउनै भनेर सारा गरेको हो। अहिले पनि मेरो भावना देश नै बनाउनु पर्छ भन्ने हो। तर अब यसरी चाहिँ हुँदैन।

७.म अहिले नै तपाईँको विचारसँग सहमत हुने स्थितिमा त पुगेको छैन। तर राती सुत्ने बेलामा सोच्न चाहिँ पर्ने अवस्था छ। ’निरन्तरतामा क्रमभंगता’ अत्यावश्यक भइसक्यो।
कौसीमा लामो संवाद गरेर तल ओर्लिंदा माओवादी पार्टीका दर्जनौँ साथीहरू प्रचण्डजीलाई पर्खेर बसिरहेका थिए।

Advertisement

सतहमा उनीहरू आफ्नो नेता पर्खिरहेका थिए। तर गहिराइमा उनीहरू यो देश कहिले बन्ला र मेरा बालबच्चा÷बाबुआमाले सुख पाउलान् भनेर पर्खिरहेका करोडौं नेपालीका प्रतिनिधि पात्र थिए। उनीहरूको जीवन पर्खिएरै वितिसकेको छ÷वित्नेछ भन्नेमा संभवतः उनीहरू अनभिज्ञ थिए।म चाहिँ ’ईश्वर नै स्वर्गबाट झरेर देश बनाइदिन्छु’ भने पनि वर्तमान प्रणालीमा यो देश बन्दैन र अझ बिग्रिन्छ भन्नेमा विश्वस्त छु।

भर्खरको समाचार

तोडिएको होइन , २०८२ मा बनेको म ,बागमतीको किनारमा पुनर्जन्म

cdf68ebd-07f4-4c70-8984-ee648beb9fe2

इरानले ५ वर्ष आणविक परियोजना रोक्ने, अमेरिका भन्छ २० वर्ष

iran america

पोप लियोलाई गाली गरेपछि ट्रम्प ‘यशु’ बने….

DonaldTrumpimpeached_20191219095801

शिक्षामन्त्रीको २४ करोडको सम्पत्ति इमान्दारको कमाइ, छ्रैन कुनै डर

Screenshot 2026-04-14 083430

आफ्नै रुपमा उत्रिए ट्रपः होर्मुजमा जहाज गए ‘ध्वस्त’ पारिदिने

GettyImages_1191715388

नव वर्ष २०८३ प्रारम्भ, कसरी सुरु भयो नयाँ वर्ष ?

670917966_952821104004574_2755406620104523389_n

हजारौं गीत गाएर अस्थाइन् आशा भोसले

thumb

राष्ट्रपतिले किन रोकिरहेका छन् ओमप्रकाश अर्यालको नियुक्ति ?

823b3005-f7a7-4b8c-b72b-d383aa8b76fc

श्रम मन्त्री बर्खास्तमा परेपछि पत्नीले दिइन स्पष्टीकरण

Shram-Mantri-e1775540134843-768x509

अमेरिकी सेना आराम गरिरहेका छन्, इरानको हात ‘ट्रिगर’ मै छ

donald_trump

सम्बन्धित खबरहरु

Scroll to Top