×

NEPAL TIMES UPDATES

Playing
Top 15 Afternoon News || April-24-2026 || Nepal Times
Apr 24, 2026
Playing
विद्यार्थी संगठन खारेज गर्न बालेनलाई बाधा || Nepal Times
Apr 24, 2026
Playing
Israel र Lebanon बीच थप तीनसाता यु द्धविराम || Nepal Times
Apr 24, 2026
Playing
शनिबार बिहानदेखि सुकुम्बासी बस्तीमा डोजर चल्ने, जेनजीको मानव साङ्लो || Nepal Times
Apr 24, 2026
Playing
नेपालमा साइबर बुलिङका घटनाको चाङ, आइजीपीले देखाए यस्ता समस्या || Nepal Times
Apr 23, 2026
Playing
Watch Top50 News Of The Day || Baisakh-10-2083 || Nepal Times
Apr 23, 2026
Playing
Breaking व्यवसायी शेखर गोल्छा पक्राउ, दीपक भट्टका साझेदार || Nepal Times
Apr 23, 2026
Playing
ट्रम्पले नेटोलाई फुटाए! बनाए असल र बदमास नेटो सदस्यहरूको सूची || Nepal Times
Apr 23, 2026
Playing
सुकुम्बासी बस्तीमा डोजर चल्ने खबरपछिको तरंग || Nepal Times
Apr 23, 2026
Playing
बालेनलाई पर्खिरहेको जनकपुर चुरोट कारखाना || Nepal Times
Apr 23, 2026

चीनबाट नेपाल फर्किन रास्वपाका नेताहरुले टिकट पाएनन्

८ आश्विन २०८१

८ असोज ,एजेन्सी ।

बहुचर्चित सहकारी ठगी प्रकरणमा सबैभन्दे बढी चर्चा र चासोमा रहेको पोखराको सूर्यदर्शन बचत तथा ऋण सहकारीको अनुसन्धान गर्न काठमाडौंबाट केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) को टोली खटिएको छ।अनुसन्धानमा सघाउन सिआइबीले मंगलबार दुई जनालाई पोखरा पठाएको हो।

Advertisement
Advertisement

जिल्ला प्रहरी कार्यालय कास्कीका एसपी मोहन थापाले यसको पुष्टि गरेका छन् । सूर्यदर्शन सहकारीबाट नै जीबीराईले त्याहाको वचत अपचलन गरी गोर्खा मिडियामा लगेको र यसरी गैरकानूनी रुपमा गोर्खामा आएको रकम ततकालीन प्रवबन्ध निर्देशक रवि लामिछानेले प्रयोग गरेको आरोपमा उनलाई समेत कारबाहीको सिफारिस गरिएको छ ।

अहिले सूर्यदर्शन सहकारीको बचत रकम अपचलनमा कास्की प्रहरीले पूर्वडिआइजी एवं तत्कालीन गोर्खा मिडियाका सञ्चालक समिति सदस्य छविलाल जोशीलाई हिरासतमा लिएर अनुसन्धान गरिरहेको छ।

जोशीलाई आइतबार काठमाडौंबाट पक्राउ गरी कास्की पु¥याइएको थियो। जिल्ला सरकारी वकिल कार्यालय पोखरामा जोशीको बयान जारी छ। सोमबार जिल्ला अदालत कास्कीले जोशीलाई पाँच दिन हिरासतमै राखेर अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएको थियो।

संसदीय छानबिन विशेष समितिले सहकारी बचत ठगीमा गोर्खा मिडियाका तत्कालीन सञ्चालक जोशी सहित ४ जनालाई कारबाही गर्न सिफारिस गरेको थियो। गृह मन्त्रालयले सिफारिस तत्काल कार्यान्वयन गर्न भनेकै दिन जोशी पक्राउ परेका थिए।

उनीविरुद्ध सहकारी ठगी, सङ्गठित अपराध, किर्ते, सम्पत्ति शुद्धीकरण लगायत मुद्दा आकर्षित हुनेभन्दै त्यही अनुरुपको बयान लिने प्रहरीको तयारी छ । बयानका लागि मात्रै तीन दिनको समय लाग्ने प्रहरीले बताएको छ । यो प्रकरणमा छविको बयानकै आधारमा रविलाई पक्राउ गर्ने प्रहरीको तयारी छ।

यसअघि छविले गोर्खा मिडियाको जिम्मा जीबी र रविकै नेतृत्वमा रहेको बताइसकेका छन् । यही प्रकरणमा प्रहरीले रास्वपा सभापति रविलाई पक्राउ गर्ने आशंका बढेपछि तत्काल नेपाल फिताए बोलाइएका चीन गएका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का एक दर्जन सांसद एवम् नेताहरू बुधबार मात्रै फर्कने भएका छन्।

रास्वपाका उपसभापति स्वर्णिम वाग्ले, शिशिर खनाल, डा. तोषिमा कार्की, मनिष झा लगायत १४ सांसद तथा नेता चिनियाँ कम्युनिस्ट पार्टीको मैत्रीपूर्ण निमन्त्रणमामा चीन भ्रमणमा छन्। उनीहरूलाई पार्टीले सोमबार नै फर्कन आइतबार राति निर्देशन दिएको थियो।

गोर्खा मिडिया नेटवर्कका तत्कालीन सञ्चालक एवम् ३५ प्रतिशत सेयरधनी छविलाल जोशी पक्राउ परेपछि पार्टी सभापति रवि लामिछाने पनि समातिने आशंका पार्टीले गरेको थियो।

रास्वपाले आकस्मिक कार्यकर्ता भेला गर्दै चीनमा रहेका नेता–सांसदलाई यथाशक्य चाँडो फर्कन आग्रह गर्ने र सभापति पक्राउ परे प्रतिवाद गर्ने जानकारी दिएको थियो। सांसद एवम् नेताहरूले बुधबारको मात्रै टिकट पाएकाले फर्कन ढिला भएको रास्वपाकी सहप्रवक्ता प्रतिभा रावलले बताएकी छन् ।

चिनियाँ कम्युनिस्ट पार्टीको निम्तोमा शनिबार राति रास्वपा उपसभापति स्वर्णिम वाग्लेसहित सांसद शिशिर खनाल, कोषाध्यक्ष लिमा अधिकारी, कार्यवाहक प्रवक्ता मनिष झा, सांसद गणेश पराजुली, डा. तोसिमा कार्की, असिम शाह, शिव नेपाली, नेताहरू बसुमाया तामाङ, निशा मेहता, पुकार बम, प्रकाश विष्ट, तपेश्वर यादव र खुश्बुराजा श्रेष्ठ चीन गएका थिए।

चिनियाँ तर्फबाट औपचारिक रूपले आएको पहिलो निम्तोमा रास्वपाका ७ जना सांसद र ७ जना नेता गएका हुन्। भ्रमण तालिका १० दिनको थियो। तर उनीहरु पार्टीको निर्देशनपछि ततकालै स्वदेश फर्किन लागेका हुन् ।

आफ्ना शीर्ष नेताहरु स्वदेश फर्किएपछि पछिल्लो घटनाक्रमबारे रास्वपाले समीक्षा गर्ने बताइएको छ । प्रहरीले भने तत्काल रविलाई पक्राउ नगर्ने रणनीति लिएको प्रहरी स्रोतकै भनाइ छ ।

रविको विषय राजनीतिक समेत भएकाले प्रधानमन्त्री केपी शर्मा ओली र प्रहरी प्रमुख मुलुक बाहिर रहेकाले उनीहरु फर्किएपछि मात्रै यसबारे निर्णय हुने प्रहरी स्रोतको भनाइ छ। प्रधानमन्त्री ओली संयुक्त राष्ट्र संघको महासभामा भाग लिन अमेरिकामा गएका हुन् ।

उनी असोज १४ गते स्वदेश फर्किनेछन् । यस्तै प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवर इन्टरपोलको बैठकमा भाग लिनका लागि ग्रिस प्रस्थान गरेका छन् । उनी असोज १५ गते फर्किने कार्यक्रम छ ।

Advertisement

भर्खरको समाचार

देउवाले उल्टाउन नसकेको ओलीको निर्णय बालेनले उल्ट्याइदिए

677108931_958688953417789_3450960544499223528_n

काठमाडौंमा चीन vs अमेरिका vs भारतः विदेशी मन्त्रीहरुको दौडधुप किन बढ्यो?

0a03b400-ca0e-429c-9985-e9aeed50e92d

प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपतिको पक्षमा उभिए हर्क साम्पाङ

harka-sampang-samsad (1)

रविविरुद्धको मुद्दा सुनुवाइको लागि पूर्ण इजलासमा पेसी तोकियो

rabi

होर्मुजमा बारूदी सुरूङ हटाउन अमेरिकालाई ६ महिना लाग्ने

Ships and tankers in the Strait of Hormuz off the coast of Musandam, Oman, April 18, 2026. REUTERS

रवि र बालेनलाई मिलाउने ’मध्यस्थकर्ता’ को बर्हिगमन

675339936_959607513325933_4791161060987648326_n

इरान युद्धमा एक्लिदै ट्रम्प,अमेरिकी नौसेना प्रमुखको राजीनामा, मृत्युदण्ड रोकियो

Trump-Meets-With-Airline-Industry-CEOs-At-The-White-House-GettyImages-634384672-e1531160098739-1024x503

शनिबारदेखि आइतबारसम्ममा थापाथलीको सुकुम्बासी बस्ती खाली हुने

675179624_957832480170103_1281439396769404877_n

नेता र कर्मचारीको सम्पत्ति जाँचबुझ सुरु,एक वर्षको म्याद, उजुरी दिन सक्ने

1d2d790d-b734-4d90-9100-6c1fa4200379

सुधन गुरुङले देखाए नैतिकता, आरोपकै कारण दिए राजीनामा

sudhangurung30320261029351000x0-1775222839

सम्बन्धित खबरहरु

Scroll to Top