×

NEPAL TIMES UPDATES

Playing
पिताको अनुपस्थितिले जिन्दगीमा रित्तोपन ल्याउँछः बालेन
Mar 13, 2026
Playing
पुटिनसँग किन लम्पसार परे ट्रम्प, हरेक दाउ ट्रम्पका लागि घातक|| Nepal Times
Mar 13, 2026
Playing
कम्बोडियामा अनलाईन स्क्यामिङमा फसेका नेपालीको उद्धार || Nepal Times
Mar 13, 2026
Playing
रास्वपा,कांग्रेस र एमालेबाट को–को बन्दैछन् समानुपातिक सांसद ? || Nepal Times
Mar 13, 2026
Playing
कहाँ बस्छन् बालेन सरकारका मन्त्री, यस्तो छ मन्त्री निवासको अवस्था || Nepal Times
Mar 13, 2026
Playing
World News: दुबईमा खस्यो ड्रो*न,Americaलाई UAEले पनि पत्याएन, हर्मुज नखुल्ने|| Nepal Times
Mar 13, 2026
Playing
बालेनका लागि रास्वपाले विधान नै फेर्ने, के छ अवरोध ? || Nepal Times
Mar 13, 2026
Playing
लौरो टेकेका बालेनको घण्टी बजाउँदै सिंहदरबार यात्राःआशाको अग्निप रीक्षा|| Nepal Times
Mar 13, 2026
Playing
इरानले दियो जवाफ, अमेरिकी यूएसएस अब्राहम लिंकनमाथि ह म ला || Nepal Times
Mar 13, 2026
Playing
Top 15 Afternoon News || March-13-2026 || Nepal Times
Mar 13, 2026

१८ वर्षअघिको इजरेल–हिजबुल्लाह बीचको भीषण युद्ध

८ आश्विन २०८१

८ असोज ,एजेन्सी ।

लेबनानमा इजरायली आक्रमणले २००६ को जुलाई युद्धको सम्झना स्मरण गराएको छ । ३४ दिनसम्म चलेको युद्धमा लगभग १२ सय लेबनानी नागरिक मारिएका थिए । तर सोमबार इजरायली हमलामा एकै दिन करिब ५ सय जनाको ज्यान गएको छ भने १६ सयभन्दा बढी घाइते भएका छन् ।

यदि इजरायल र हिजबुल्लाहबीचको द्वन्द्व यसरी नै जारी रह्यो भने यो संख्या सन् २००६ को भयानक युद्धमा भएको क्षतिभन्दा धेरै हुन सक्ने डर पैदा भएको छ । इजरायल र हिजबुल्लाहबीचको तनावको दशकौं लामो इतिहास छ ।

इरान समर्थित शिया विद्रोही संगठन हिजबुल्लाह सन् १९८० को दशकमा गठन भएको थियो। यस समयमा लेबनानको दक्षिणी क्षेत्र इजरायली सेनाको कब्जामा थियो, जसको जिम्मेवारी हिजबुल्लाहलाई दिइएको थियो।

९० को दशकमा यी दुईबीच धेरै द्वन्द्वहरू भएका थिए तर सन् २००६ मा पहिलो पटक इजरायल र हिजबुल्लाह प्रत्यक्ष युद्धमा प्रवेश गरे । ३४ दिनसम्म चलेको यो युद्धलाई जुलाई युद्ध पनि भनिन्छ।

यस युद्धमा हिजबुल्लाह लडाकुहरूले सीमापार आक्रमणको क्रममा इजरायली सेनालाई आक्रमण गरे । यस हमलामा ३ इजरायली सैनिकको मृत्यु भएको थियो भने २ जनालाई बन्धक बनाइएको थियो ।

हिजबुल्लाहले इजरायली जेलमा रहेका प्यालेस्टाइनी कैदीहरूलाई रिहा गरेमा यी सैनिकहरूलाई रिहा गर्ने शर्त राखेपछि तत्कालीन इजरायलका प्रधानमन्त्री अहाद ओल्मर्टले हिजबुल्लाहको यो दुस्साहसलाई ’युद्धको कार्य’ भनेका थिए।

त्यसपछि यी दुईबीच भीषण युद्ध सुरु भएको थियो । त्यसलगत्तै इजरायली लडाकु विमानहरूले लेबनानको एकमात्र एयरपोर्टको धावनमार्गमा बमबारी गरे, जबकि हिजबुल्लाहले पनि इजरायलको उत्तरी क्षेत्रहरूमा रकेटहरू प्रहार गर्न थाल्यो ।

हिजबुल्लाहबाट एक रकेटले इजरायली नौसेना जहाजलाई निशाना बनाएको थियो, जसले इजरायललाई स्तब्ध बनायो । इजरायलले बेरुतमा रहेको हिजबुल्लाहको मुख्यालयलाई ध्वस्त पारेर हिजबुल्लाह प्रमुख हसन नसरल्लाहलाई हटाउने प्रयास गर्यो तर सफल भएन।

अल–जजीराको रिपोर्टका अनुसार युद्धको बीचमा जुलाई १९ मा इजरायलले बेरुतको दक्षिणी क्षेत्रमा करिब २३ टन बमबारी गरेको थियो, यस्तो भारी बमबारीको उद्देश्य नसरल्लाहलाई मार्नु थियो।

युद्धको पहिलो हप्तामा हिजबुल्लाहले इजरायलमा करिब १०० रकेट प्रहार गरेको थियो। यो युद्धमा हिजबुल्लाह इजरायलले सोचेभन्दा बढी शक्तिशाली साबित भएको विश्वास गरियो ।

यसैबीच इजरायलले दक्षिणी लेबनानको कानामा हवाई हमला गर्याे । यस हमलामा करिब ६० जनाको ज्यान गयो । ज्यान गुमाउनेमा अधिकांश आक्रमणको समयमा सुतिरहेका बालबालिका थिए ।

त्यसपछि हजारौं प्रदर्शनकारीले बेरुतस्थित संयुक्त राष्ट्र संघको भवन बाहिर विरोध प्रदर्शन गरेका थिए । पश्चिमी देशहरू साथै संयुक्त राष्ट्र संघ र अरब देशहरूले यस बम विस्फोटको आलोचना गरे ।

यसपछि जुलाई ३१ मा अमेरिकी विदेशमन्त्री र इजरायली प्रधानमन्त्रीको भेटपछि दक्षिणी लेबनानमा हवाई आक्रमण ४८ घण्टाका लागि रोकिएको थियो । यस क्रममा तत्कालीन अमेरिकी विदेशमन्त्रीले एक साताभित्र स्थायी युद्धविराम हुने सम्भावना व्यक्त गरेका थिए ।

तर इजरायलको सुरक्षा मन्त्रिपरिषद्ले सेनालाई जमिन आक्रमणको अनुमति दिएको थियो। अगस्ट २ मा हिजबुल्लाहले इजरायलमा एकै दिनमा २३० भन्दा बढी रकेटहरू प्रहार ग¥यो, जसमध्ये धेरै इजरायलको ७० किलोमिटर क्षेत्र भित्र खसेका थिए।

यी आक्रमणमा कम्तीमा ८ इजरायली नागरिक मारिए । सोही समयमा, हिजबुल्लाह प्रमुखले इजरायललाई चेतावनी दिए कि यदि उसले अब बेरुतमा बम हान्यो भने यसका लडाकुहरूले तेल अवीवमा रकेट प्रहार गर्नेछन्। यसपछि इजरायल र हिजबुल्लाह बीच चलिरहेको युद्ध रोक्न प्रयासहरू तीव्र हुन थाले ।

लगत्तै ७ अगष्ट २००६ मा संयुक्त राष्ट्र संघ सुरक्षा परिषद्ले युद्ध रोक्न एक प्रस्ताव पारित गर्यो। लेबनान सरकारले दक्षिणी लेबनानबाट इजरायलले आफ्ना सेना फिर्ता गर्न थालेमा यस भागमा १५ हजार सेना तैनाथ गर्ने बताइएको थियो ।

हिजबुल्लाहले संयुक्त राष्ट्रसंघको युद्धविराम प्रस्तावलाई अस्वीकार गर्यो तर लेबनानले सरकारी सेना तैनाथ गर्न समर्थन गर्यो। इजरायलले लेबनानमा पनि आक्रमण जारी राख्यो र हिजबुल्लाहको चेतावनीको बावजुद बेरुतमा पनि आक्रमण गर्याे ।

केही दिनपछि इजरायल र हिजबुल्लाह युद्ध रोक्न सहमत भए पनि दुवै पक्षले युद्ध अन्त्यका लागि राष्ट्रसंघको प्रस्तावलाई स्वीकार गर्ने शर्त पनि राखेका थिए । अगस्ट १४ मा, इजरायल र हिजबुल्लाहबीच युद्धविराम लागू भएको थियो, आधिकारिक तथ्याङ्क अनुसार यस युद्धमा करिब २५० हिजबुल्लाह लडाकुहरू सहित १२०० लेबनानी नागरिक मारिएका थिए।

यस्तै १२१ इजरायली सैनिक र ४४ नागरिक मारिए । यस युद्धका लागि इजरायलले तोकेका लक्ष्यमध्ये एउटा पनि हासिल हुन नसकेको बताइएको छ । इजरायलको उद्देश्य कुनै पनि शर्त बिना इजरायली सैनिकहरूलाई रिहा गर्नु र हिजबुल्लाहको लडाई क्षमतालाई नष्ट गर्नु थियो।

तर त्यसो गर्न उनीहरु सफल भएनन् । पछि २००८मा, इजरायलले पाँच लेबनानी कैदीहरूलाई रिहा गर्यो र हिजबुल्लाहद्वारा बन्धक बनाएका दुई इजरायली सैनिकहरूको शवको सट्टामा १९९ लडाकुहरूको शव हस्तान्तरण ग¥यो। यसरी इजरायल र हिजबुल्लाह बीचको पहिलो र भयंकर युद्ध समाप्त भएको थियो ।

तर दुवै बीच तनाव र द्वन्द्व भने अझै जारी छ । जसले अहिले भयानक युद्धको स्परुप लिन थालेको छ ।

भर्खरको समाचार

बादल मुछिएको ज्यानमुद्दामा अनुसन्धान गर्न सर्वोच्चको परमादेश

bed81832-fed9-4125-851f-e509c507d70c

कोमामा रहेका भनिएका खामेनीले रगतको बदला लिने,होर्मुज’को अवरोध नखुल्ने

trump khameni missiel

बालेन क्याबिनेट कस्तो हुनेछ ? मन्त्री बालेनले छान्ने रविसँग परामर्श

balen rabi rasopa team

आज यी क्षेत्रमा मेघगर्जन र चट्याङसहित वर्षा हुने

mausam

क्यालिफोर्निया इरानको राडारमा, इरानमा अहिलेसम्म के–के भयो?

MixCollage-12-Mar-2026-08-27-AM-2238

सुर्खेतकी इनिशाको निर्मला, निरुकै जस्तो नियति, खोई अपराधी ?

Untitled design

इतिहासकै सबैभन्दा लज्जास्पद निर्वाचन नतिजापछि बोले ओली

kp oli sad

इरानले होर्मुजमा धराप थाप्यो, कसरी आउँछन् इन्धन जहाज ?

Screenshot 2026-03-12 085015

बालेनको अब हिँड्ने बाटो, अवसरसँगै परीक्षा

balen rabi rasopa team

इरान युद्ध लम्बिएपछि ट्रम्पका सल्लाहकारले मागे युद्धको ‘एक्जिट प्लान’

trump khameni missiel

सम्बन्धित खबरहरु

Scroll to Top