अमेरिका जान भिसा नचाहिने ४२ देश कुन–कुुन हुन् ?

१० वैशाख , काठमाण्डौ।

खाडी राष्ट्र कतारका नागरिकलाई पनि संयुक्त राज्य अमेरिकाले आफ्नो भिसा छूट कार्यक्रममा समावेश गरेको छ । अमेरिकाले आफ्नो देश भित्रिनका लागि दिइने भिसा छुटको सुचीमा कतारलाई पनि थपेको छ ।

अमेरिकाको भिसा वेभर कार्यक्रम अन्तरगत अमेरिका आउँदा भिसा लिन नपर्ने देशको सुचीमा थपिएको कतार पहिलो अरब राष्ट्र हो । यसको कार्यान्वयन भने आगामी डिसेम्बर १ देखि सुरु हुने रोर्यटसले उल्लेख गरेको छ ।

Advertisement

अब डिसेम्बरदेखि कतारका नागरिकहरुले अमेरिका जाँदा अग्रिम भिसा लिनुपर्नेछैन । योसँगै अमेरिकाको भिसा लिन नपर्ने देशको संख्या ४२ पुग्नेछ । अहिलेसम्म अमेरिकाले भिसा फ्रि गरेका मुलुकहरुमा अधिकांश युरोपेली राष्ट्रहरु रहेका छन् ।

जसमा अन्डोरा ,अस्ट्रेलिया ,अस्ट्रिया ,बेल्जियम ,ब्रुनाई ,चिली ,क्रोएसिया, चेक गणतन्त्र ,डेनमार्क ,इस्टोनिया, फिनल्याण्ड ,फ्रान्स ,जर्मनी ,ग्रीस ,हंगेरी ,आइसल्याण्ड, आयरल्याण्ड ,इजरायल ,इटाली ,जापान, लाटभिया ,लिकटेन्स्टाइन ,लिथुआनिया ,लक्जमबर्ग ,माल्टा ,मोनाको ,नेदरल्याण्ड्स ,न्युजिल्याण्ड ,नर्वे , पोल्याण्ड ,पोर्चुगल रहेका छन् ।

Advertisement

यस्तै सान मारिनो, सिङ्गापुर, स्लोभाकिया, स्लोभेनिया, दक्षिण कोरिया, स्पेन ,स्वीडेन ,स्विट्जरल्याण्ड, ब्रिटेन र ताइवानका नागरिकलाई समेत भिसा फ्रि गरिएको छ । यो सूचीमा अब कतार समेत थपिएको हो ।

कतार कार्यक्रमको ४२ औं सदस्य हो । यो कार्यक्रममा क्रोएसिया २०२१ मा र इजरायल गत वर्ष थपिएको थियो। यो कार्यक्रमले अनुमति पाएका देशहरूका नागरिकलाई अमेरिकी नागरिकहरू समान भिसा–मुक्त यात्रा अनुमति दिने गर्दछ ।

अमेरिकी नागरिकहरू हाल बिना भिसा कतार जान सक्छन् । अब अक्टोबर १ देखि उनीहरूलाई पनि ३० दिनको सट्टा ९० दिनसम्म बस्न दिइनेछ। भिसा छुटका लागि योग्य देशका नागरिकले अमेरिकाको इलेक्ट्रोनिक सिस्टम फर ट्राभल अथोराइजेनश इस्टामार्फत अमेरिका प्रवेश गर्नुभन्दा ७२ घण्टा अगाडिसम्म आवेदन दिनसक्छन् ।

उनीहरुले दूतावास वा कन्सुलेटबाट भिसा लिन आवश्यक हुँदैन । उनीहरु ९० दिनसम्म अमेरिकामा बस्न पाउँछन् । नेपाल भने भिसा वेभर कार्यक्रमका मापदण्डहरु पूरा गर्न नसकेका कारण अमेरिकाको अन अराइभल भिसाका लागि अयोग्य भएको हो ।

यो कार्यक्रमका लागि योग्य हुन अमेरिकन नागरिकका लागि पनि समान प्रकारको भिसा वेभरको सुविधा दिइएको हुनुपर्छ भने दूतावास वा कन्सुलेटमा भिसा आवेदन दिंदा भिसा अस्वीकृत दर ३ प्रतिशतभन्दा कम हुनुपर्छ ।

पासपोर्ट चोरी भएको वा हराएको रिपोर्ट २४ घण्टाभित्र इन्टरपोलमार्फत अमेरिकालाई दिनुपर्ने, मेसिन रिडेबल पासपोर्ट लागु गरेको हुनुपर्ने लगायतका ८ वटा मापदण्ड पूरा गरेका मुलुकमात्र अमेरिकाको भिसा वेभर कार्यक्रमका लागि योग्य हुन्छन् ।

नेपाल भिसा वेभर कार्यक्रमका लागि अयोग्य हुनुको मुख्य कारण अमेरिकाले नेपालीलाई भिसा अस्वीकृत गर्नेदर अत्याधिक हुनु हो ।आर्थिक बर्ष २०२३ मा कुल नेपाली आवेदकहरुमध्ये झण्डै ६९ प्रतिशतले अमेरिकाको भिजिटर भिसा पाएको तथ्याङ छ।

जसमा भिजिटर भिसाका नेपाली आवेदकमध्ये ३१ दशमलव ३ प्रतिशतको भिसा अस्वीकृत भएको छ । यो बर्ष झण्डै २६ हजार ५ सय नेपालीले भिजिटर भिसाका लागि आवेदन दिएकोमा झण्डै ८ हजार ३ सय जनाको भिसा आवेदन अस्वीकृत भएको छ ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top