NepalTimes

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश
No Result
View All Result
YouTube
Nepaltimes-logo
Nepaltimes-logo
Nepaltimes-logo-white
No Result
View All Result
  चर्चामा :
विश्वकै सस्तो चीनको ह्युमोनोइड रोबोट ‘बुमी’ बुधबार पुस २ , २०८२
जेनजीले उठाएका माग पूरा गर्न नयाँ दल कि सरकार ? बुधबार पुस २ , २०८२
जेनजी आयोगको म्याद एक महिना थपिदै, प्रधानमन्त्रीसँग आग्रह बुधबार पुस २ , २०८२
एमालेमा राम्रा मान्छे नहार्ने, मतदानको समय ३ घण्टा थपियो बुधबार पुस २ , २०८२
ओली र ईश्वरले गरे सँगै मतदान, मतदाताका हातमा प्यानल लिस्ट बुधबार पुस २ , २०८२
Next
Prev

समाचार

अमेरिका जान भिसा नचाहिने ४२ देश कुन–कुुन हुन् ?

बिहिबार अशोज १० , २०८१
Reading Time: 1 min read
A A
धनाढ्य अमेरिकीहरूलाई थप कर लगाउने योजना
Advertisement
Share on FacebookShare on WhatsAppShare on TelegramShare on X
LS Auto

१० वैशाख , काठमाण्डौ।

खाडी राष्ट्र कतारका नागरिकलाई पनि संयुक्त राज्य अमेरिकाले आफ्नो भिसा छूट कार्यक्रममा समावेश गरेको छ । अमेरिकाले आफ्नो देश भित्रिनका लागि दिइने भिसा छुटको सुचीमा कतारलाई पनि थपेको छ ।

अमेरिकाको भिसा वेभर कार्यक्रम अन्तरगत अमेरिका आउँदा भिसा लिन नपर्ने देशको सुचीमा थपिएको कतार पहिलो अरब राष्ट्र हो । यसको कार्यान्वयन भने आगामी डिसेम्बर १ देखि सुरु हुने रोर्यटसले उल्लेख गरेको छ ।

अब डिसेम्बरदेखि कतारका नागरिकहरुले अमेरिका जाँदा अग्रिम भिसा लिनुपर्नेछैन । योसँगै अमेरिकाको भिसा लिन नपर्ने देशको संख्या ४२ पुग्नेछ । अहिलेसम्म अमेरिकाले भिसा फ्रि गरेका मुलुकहरुमा अधिकांश युरोपेली राष्ट्रहरु रहेका छन् ।

जसमा अन्डोरा ,अस्ट्रेलिया ,अस्ट्रिया ,बेल्जियम ,ब्रुनाई ,चिली ,क्रोएसिया, चेक गणतन्त्र ,डेनमार्क ,इस्टोनिया, फिनल्याण्ड ,फ्रान्स ,जर्मनी ,ग्रीस ,हंगेरी ,आइसल्याण्ड, आयरल्याण्ड ,इजरायल ,इटाली ,जापान, लाटभिया ,लिकटेन्स्टाइन ,लिथुआनिया ,लक्जमबर्ग ,माल्टा ,मोनाको ,नेदरल्याण्ड्स ,न्युजिल्याण्ड ,नर्वे , पोल्याण्ड ,पोर्चुगल रहेका छन् ।

यस्तै सान मारिनो, सिङ्गापुर, स्लोभाकिया, स्लोभेनिया, दक्षिण कोरिया, स्पेन ,स्वीडेन ,स्विट्जरल्याण्ड, ब्रिटेन र ताइवानका नागरिकलाई समेत भिसा फ्रि गरिएको छ । यो सूचीमा अब कतार समेत थपिएको हो ।

कतार कार्यक्रमको ४२ औं सदस्य हो । यो कार्यक्रममा क्रोएसिया २०२१ मा र इजरायल गत वर्ष थपिएको थियो। यो कार्यक्रमले अनुमति पाएका देशहरूका नागरिकलाई अमेरिकी नागरिकहरू समान भिसा–मुक्त यात्रा अनुमति दिने गर्दछ ।

अमेरिकी नागरिकहरू हाल बिना भिसा कतार जान सक्छन् । अब अक्टोबर १ देखि उनीहरूलाई पनि ३० दिनको सट्टा ९० दिनसम्म बस्न दिइनेछ। भिसा छुटका लागि योग्य देशका नागरिकले अमेरिकाको इलेक्ट्रोनिक सिस्टम फर ट्राभल अथोराइजेनश इस्टामार्फत अमेरिका प्रवेश गर्नुभन्दा ७२ घण्टा अगाडिसम्म आवेदन दिनसक्छन् ।

उनीहरुले दूतावास वा कन्सुलेटबाट भिसा लिन आवश्यक हुँदैन । उनीहरु ९० दिनसम्म अमेरिकामा बस्न पाउँछन् । नेपाल भने भिसा वेभर कार्यक्रमका मापदण्डहरु पूरा गर्न नसकेका कारण अमेरिकाको अन अराइभल भिसाका लागि अयोग्य भएको हो ।

यो कार्यक्रमका लागि योग्य हुन अमेरिकन नागरिकका लागि पनि समान प्रकारको भिसा वेभरको सुविधा दिइएको हुनुपर्छ भने दूतावास वा कन्सुलेटमा भिसा आवेदन दिंदा भिसा अस्वीकृत दर ३ प्रतिशतभन्दा कम हुनुपर्छ ।

पासपोर्ट चोरी भएको वा हराएको रिपोर्ट २४ घण्टाभित्र इन्टरपोलमार्फत अमेरिकालाई दिनुपर्ने, मेसिन रिडेबल पासपोर्ट लागु गरेको हुनुपर्ने लगायतका ८ वटा मापदण्ड पूरा गरेका मुलुकमात्र अमेरिकाको भिसा वेभर कार्यक्रमका लागि योग्य हुन्छन् ।

नेपाल भिसा वेभर कार्यक्रमका लागि अयोग्य हुनुको मुख्य कारण अमेरिकाले नेपालीलाई भिसा अस्वीकृत गर्नेदर अत्याधिक हुनु हो ।आर्थिक बर्ष २०२३ मा कुल नेपाली आवेदकहरुमध्ये झण्डै ६९ प्रतिशतले अमेरिकाको भिजिटर भिसा पाएको तथ्याङ छ।

जसमा भिजिटर भिसाका नेपाली आवेदकमध्ये ३१ दशमलव ३ प्रतिशतको भिसा अस्वीकृत भएको छ । यो बर्ष झण्डै २६ हजार ५ सय नेपालीले भिजिटर भिसाका लागि आवेदन दिएकोमा झण्डै ८ हजार ३ सय जनाको भिसा आवेदन अस्वीकृत भएको छ ।

Tags: #अमेरिका जान भिसा नचाहिने#खाडी राष्ट्र कतार

लोकप्रीय

विश्वकै सस्तो चीनको ह्युमोनोइड रोबोट ‘बुमी’

विश्वकै सस्तो चीनको ह्युमोनोइड रोबोट ‘बुमी’

बुधबार पुस २ , २०८२
शुशीला कार्की सरकारविरुद्ध गम्भीर आरोप

जेनजीले उठाएका माग पूरा गर्न नयाँ दल कि सरकार ?

बुधबार पुस २ , २०८२
५३ मृतकका परिवारलाई जनही १५ लाख, घाइतेका लागि ४८ लाख निकासा

जेनजी आयोगको म्याद एक महिना थपिदै, प्रधानमन्त्रीसँग आग्रह

बुधबार पुस २ , २०८२

विचार

विश्वकै सस्तो चीनको ह्युमोनोइड रोबोट ‘बुमी’

विश्वकै सस्तो चीनको ह्युमोनोइड रोबोट ‘बुमी’

बुधबार पुस २ , २०८२
शुशीला कार्की सरकारविरुद्ध गम्भीर आरोप

जेनजीले उठाएका माग पूरा गर्न नयाँ दल कि सरकार ?

बुधबार पुस २ , २०८२
५३ मृतकका परिवारलाई जनही १५ लाख, घाइतेका लागि ४८ लाख निकासा

जेनजी आयोगको म्याद एक महिना थपिदै, प्रधानमन्त्रीसँग आग्रह

बुधबार पुस २ , २०८२

थप समाचार

विश्वकै सस्तो चीनको ह्युमोनोइड रोबोट ‘बुमी’
अन्तर्राष्ट्रिय

विश्वकै सस्तो चीनको ह्युमोनोइड रोबोट ‘बुमी’

बुधबार पुस २ , २०८२
शुशीला कार्की सरकारविरुद्ध गम्भीर आरोप
ताजा समाचार

जेनजीले उठाएका माग पूरा गर्न नयाँ दल कि सरकार ?

बुधबार पुस २ , २०८२
५३ मृतकका परिवारलाई जनही १५ लाख, घाइतेका लागि ४८ लाख निकासा
ताजा समाचार

जेनजी आयोगको म्याद एक महिना थपिदै, प्रधानमन्त्रीसँग आग्रह

बुधबार पुस २ , २०८२
एमालेमा महासंग्रामः ओली आउलान् कि ईश्वर ?
ताजा समाचार

एमालेमा राम्रा मान्छे नहार्ने, मतदानको समय ३ घण्टा थपियो

बुधबार पुस २ , २०८२

भिडियो

Currently Playing

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

00:01:21

सरकारको असफलता: महँगी रोक्न नसक्दा उपभोक्तामाथि थप आघात || Nepal Times

00:13:15

काठमाडौं महानगरको राजस्व असमझदारी र गृहमन्त्री लेखकको विवादित निर्णयले सरकारमाथि दबाब।

00:10:28

सहकारी प्रकरणमा लामिछाने निर्दोषको दाबी र संसद् उपेक्षा गरेकोमा विपक्षीले सरकारलाई कठघरामा उभ्याए।

00:10:47

स्वर्णलक्ष्मी विवादले तातेको अदालत, सार्क ठप्प: लामिछानेमाथि दवाब र भारत-पाक तनाबको कूटनीतिक खेल

00:12:15
Currently Playing

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

00:13:34

किन सधैं अशान्त रहन्छ मध्यपूर्व? कारण र द्वन्द्वको चक्रव्यूह || Nepal Times

00:14:58

Imran Khan र Rabi Lamichhane : फरक देश, एउटै नियति #rabilamichhane #imrankhan #news

00:14:15

लाइक,कमेन्ट र सेयर गरे जेल,विधेयक हुबहु पास भए के हुन्छ ?|| Nepal Times

00:14:44

चरीदेखि घैंटे सम्म : डनहरूको इन्काउन्टर कथा|| Nepal Times

00:15:42
Currently Playing

World News: तेलको मूल्यमा उथलपुथलको आशंका, पाकिस्तानका धर्मगुरुलाई ३५ वर्ष जेल || Nepal Times

World News: तेलको मूल्यमा उथलपुथलको आशंका, पाकिस्तानका धर्मगुरुलाई ३५ वर्ष जेल || Nepal Times

00:24:10

World News: पाकिस्तानले ह*म*ला गरेको भारतको आरोप, साउदीमा एकैवर्ष ३४०लाई मृ*त्युदण्ड || Nepal Times

00:21:03

World News: १२०० नेपाली विदेशी जेलमा, मोरोक्कोमा आकस्मिक बाढीले ठूलो क्षति || Nepal Times

00:21:49

World News: आईएसले तीन अमेरिकीको ज्या*न लि*यो, सुडानमा बंगलादेशी सेना मा*रि*ए || Nepal Times

00:20:30

World News: युक्रेन २०२७मा ईयुमा, एपस्टाइनमा ट्रम्पदेखि क्लिन्टनसम्मका नयाँ तस्बिर || Nepal Times

00:18:44

प्रदेश

Menu
  • कोशी
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदूरपश्चिम

नेभिगेशन

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

लोकप्रिय पोस्टहरू

बोन्डाइ बीच गोलीकाण्डका आक्रमणकारी ‘बाबु छोरा’

बोन्डाइ बीच गोलीकाण्डका आक्रमणकारी ‘बाबु छोरा’

सोमवार मंसिर २९ , २०८२
७ महिना वित्यो, कति छ प्रधानमन्त्री र मन्त्रीहरुको सम्पत्ति ?

बैंकहरुको नयाँ ब्याजदर,कुनमा पाइन्छ सबैभन्दा बढी ब्याज ?

सोमवार मंसिर २९ , २०८२
मेस्सी भारतमाः शाहरुखलाई भेटे, फोटो खिच्न १० लाख

मेस्सी भारतमाः शाहरुखलाई भेटे, फोटो खिच्न १० लाख

शनिबार मंसिर २७ , २०८२

हालका पोस्टहरू

विश्वकै सस्तो चीनको ह्युमोनोइड रोबोट ‘बुमी’

विश्वकै सस्तो चीनको ह्युमोनोइड रोबोट ‘बुमी’

बुधबार पुस २ , २०८२
शुशीला कार्की सरकारविरुद्ध गम्भीर आरोप

जेनजीले उठाएका माग पूरा गर्न नयाँ दल कि सरकार ?

बुधबार पुस २ , २०८२
५३ मृतकका परिवारलाई जनही १५ लाख, घाइतेका लागि ४८ लाख निकासा

जेनजी आयोगको म्याद एक महिना थपिदै, प्रधानमन्त्रीसँग आग्रह

बुधबार पुस २ , २०८२
सम्पादक
हरिहर नेपाल
प्रधान सम्पादक
लीलाबल्लभ घिमिरे
सूचना विभाग दर्ता नं.
७२७-०७४-०७५
९८६२२१३०५७
[email protected]
© 2025 Nepal Times. All Rights Reserved.

© 2025 Nepal Times. All Rights Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

© 2025 Nepal Times All Rights Reserved.