लामो दूरीमा सवारीसाधन लिएर यात्रा नगर्नु

१३ असोज ८१, सोमबार

१४ असोज ,काठमाण्डौ ।

अविरल वर्षाका कारण भएको बाढीपहिरो र डुबानमा परी हालसम्म एक सय ९३ को मृत्यु भएको छ भने ३१ जना बेपत्ता भएका छन् । मनसुन बाहिरिने समय नजिक रहँदा गएको बिहीबार रातिदेखि शनिबारसम्मको अविरल वर्षासँगै बाढीपहिरो र डुबानका घटनाबाट हालसम्म १९३ जनाको मृत्यु भएको हो ।

यो अवधिमा प्राकृतिक विपद्का घटनामा परी ३१ जना बेपत्ता छन् । ९६ जना घाइते भएका प्रहरीले जनाएको छ । सोमबार बिहानसम्मको विवरणानुसार, तीन हजार ७०५ भन्दा बढी मानिसको उद्धार गरिएको प्रहरी प्रधान कार्यालयले जानकारी गराएको छ ।

शनिबार अपराह्नपछि अविरल वर्षा रोकिएको छ । वर्षासँगै बाढीपहिरोले सडक, पुल, सार्वजनिक सम्पत्ति, व्यक्तिका निजी घर तथा आवासलगायत भौतिक संरचनामा पनि ठूलो क्षति पुगेको छ ।

गृह मन्त्रालयका प्रवक्ता ऋषिराम तिवारीका अनुशार बाढीपहिरोपछिको खोज, उद्धार र राहतका लागि सबै सुरक्षा निकाय परिचालित भई हालसम्म करिब चार हजार पाँच सयभन्दा बढी विपद् प्रभावितको उद्धार गरिएको छ ।

बाढीपहिरो प्रभावितलाई खाद्यान्नलगायत आपत्कालीन राहत सामग्री उपलब्ध गराइएको तथा घाइतेको निःशुल्क उपचार भइरहेको जानकारी दिइएको छ । सरकारले खोज, उद्धार र राहतलाई उच्च प्राथमिकता दिएको छ ।

यातायात सञ्चालन गर्न अवरुद्ध राजमार्ग खोल्न पहल भइरहेको पनि प्रवक्ता तिवारीले बताएका छन् । यसैबीच गृह मन्त्रालयले दुई जिल्लाका प्रमुख जिल्ला अधिकारीको सरुवा गरेको छ ।मन्त्रालयले आइतबार काभ्रेपलाञ्चोक र धादिङका प्रमुख जिल्ला अधिकारीलाई सरुवा गरेको हो ।

मन्त्रालयका अनुसार काभ्रेपलाञ्चोकका प्रमुख जिल्ला अधिकारी सूर्यप्रसाद सेडाईलाई गृह मन्त्रालयमा सरुवा गर्दै मन्त्रालयका सहसचिव उमेश ढकाललाई काभ्रेपलाञ्चोकको प्रमुख जिल्ला अधिकारीको जिम्मेवारी दिइएको छ ।

यस्तै, धादिङका प्रमुख जिल्ला अधिकारी राजेन्द्रदेव पाण्डेलाई पनि गृह मन्त्रालयमा सरुवा गरेर मन्त्रालयका सहसचिव सुमन घिमिरेलाई प्रमुख जिल्ला अधिकारीको जिम्मेवारी दिइएको छ ।

यता धादिङको झ्याप्लेखोलामा खसेको पहिरो केही पन्छाइएसँगै नागढुंगा नाका हुँदै काठमाडौं उपत्यका भित्रिने सवारीसाधन चलिरहेका छन् । त्यहाँबाट बाहिरिने सवारीसाधनलाई भने अझै रोक लगाइएको ट्राफिक प्रहरीले जनाएको छ ।

विभिन्न स्थानमा खसेको पहिरोले गर्दा सिस्नेरी, फर्पिङ र कान्ति लोकपथ हुँदै उपत्यका भित्रने र बाहिरिने सवारीसाधनको आवतजावत प्रभावित भएको छ । यस्तै, धुलिखेल–खावासडकखण्ड पहिरोका कारण अवरुद्ध छ ।

काठमाडौं–सिन्धुली–बर्दिबास चल्ने सवारीसाधन चल्न नसकेको ट्राफिक कन्ट्रोल रुमले जनाएको छ । यसैबीच,काठमाडौं उपत्यकाबाट विभिन्न नाका हुँदै लामो दूरीमा सवारीसाधन लिएर यात्रा नगर्न सबैमा ट्राफिक प्रहरीले अनुरोध गरेको छ ।

यता वर्षासँगै पहिरो खसेर अवरुद्ध भएका सडकमध्ये मकवानपुरको हेटौँडा–काठमाडौँ र हेटौँडा–धरान चतरा जोड्ने तीनवटा सडक सञ्चालन भएको छ । जिल्ला प्रहरी कार्यालयका अनुसार सडकबाट पहिरो पन्छाएर त्रिभुवन लोकपथ सडकअन्तर्गत हेटौँडा–भैसे, सिमभन्याङ–पालुङ–नौबिसे र मदन भण्डारी लोकमार्गअन्तर्गत हेटौँडा–सिन्धुली–धरान चतरा सडक आज बिहानबाट खुलेका छन् ।

यस्तै त्रिभुवन लोकपथ सडकअन्तर्गत हेटौँडा–भैसे–चित्लाङ–चन्द्रागिरि–काठमाडौँ जाने सडक आइतबार साँझबाट एकतर्फी रूपमा सञ्चालनमा आएको थियो । सो सडकअन्तर्गत मकवानपुरको थाहा नगरपालिका–५ दामनमा पहिरो जाँदा सडक अवरुद्ध भएको थियो ।

कान्तिलोकपथ सडकको बकैया गाउँपालिका–१२ घट्टेपाखा र ११ नम्बर वडाको लाम्राङ, आँपचौरमा पहिरोका कारण र भिमफेदी गाउँपालिका–८ स्थित वाग्मती खोलाको पुल कटान गरी सडक अझै पूर्ण रूपमा अवरुद्ध छ ।

दक्षिणकाली–छैमले–सिस्नेरी सडकअन्तर्गत इन्द्रसरोवर गाउँपालिका–३ रामचन्द्र भञ्याङमा पहिरो खसेर कुलेखानी–फाखेल–फर्पिङ बाटो पूर्ण रूपमा अवरुद्ध रहेको प्रहरी निरीक्षक सापकोटाले बताए ।

उता रोशी,सुनकोशी र तामाकोशीको बाढीले सडक र पुलसमेत बगाएपछि सडक सम्पर्कबिच्छेद भएको रामेछाप सदरमुकाम मन्थली प्रवेशको एउटा नाका भने खुलेको छ । मन्थली हुँदै सिन्धुली जोडने अब एक मात्र सित्खा नाका आइतवार साँझबाट सञ्चालनमा आएको छ ।

सित्खा गोकनपानी सडक खण्डमा रहेको पहिरो पन्छाएसँगैसानो गाडी सञ्चालनमा आएको खाँडादेवी गाउँपालिका अध्यक्ष ज्ञानकुमार श्रेष्ठले बताएका छन् । यस नाका सञ्चालनमा आएसँगै सित्खा खुर्कोट हुँदै सिन्धुलीतर्फको आवतजावत सहज हुने भएको छ ।

तर काठमाडौंतर्फ जाने सडक भने ठाउँ ठाउँमा रोशीले बगाएकाले बन्दै नै रहेको छ । सुनकोसीमा आएको बाढीले रामेछाप–सिन्धुली जोडने खैरेनीघाट र खुर्कोटको पक्की पुल बनाएपछि रामेछाप जोडने सित्खा नाका मात्र बाँकी रहेको श्रेष्ठले बताएका छन् ।

भर्खरको समाचार

अपाचेपछि ‘एमक्यू–९ रिपर’ ड्रोन खसालेको इरानको दाबी

d7732478-ea7c-49c3-8151-49c529adf0ea

‘बा’,‘ओली–नोमिक्स’,‘राजनेता’, ‘युग पुरुष’ हुँदै ओली आउटसम्म

KP_oli_GWvsFkDBBI

अब पोखराबाट सिधै दुबई, दैनिक अन्तर्राष्ट्रिय उडान तय

pokhara-airport

बलोच उग्रवादी समूहलाई ‘फितना अल–हिन्दुस्तान’ भनेपछि…

Screenshot 2026-06-10 125253

प्रधानमन्त्री र अर्थमन्त्रीमाथि नियोजित घेराबन्दी ? कसले गर्यो ?

Finance Ministry_-199

अपाचे खसालेपछि इरानमा अमेरिकाको जवाफ, युएस ‘फिफ्थ फ्लिट’मा इरानी ड्रोन प्रहार

flags of USA and Iran

गृहमन्त्रीमा सुधन २.० : कोही खुशी, कोही दुःखी

719940633_1001084555844895_4744652334709059280_n

वर्षा गराउने प्रणाली पूर्वतिर सर्याे, विहानैदेखि झरी,सावधानी अपनाउन आग्रह

mausam-2075-12-18-768x388

फिफा विश्वकप २०२६ को प्रत्यक्ष प्रसारण डीगो एपमा हुने

dgo-logo

अन्तर्वार्ताको बिचमै ट्रम्प रिसाएर हिँडेपछि भाइरल

200927-donald-trump-jm-1433_2ecab3b8e6edbead73e1276361056151.fit-760w

सम्बन्धित समाचार

Scroll to Top