क्यानडा भ्रमणमा नेपालको पहिलो जित

१४ असोज ८१, सोमबार
Share this
699shares

१४ असोज , एजेन्सी ।

Advertisement

विश्वकप लिग २ खेल्न क्यानडा गएको नेपालले हारको खडेरी तोडेको छ । क्यानडामा जारी टी–२० आई त्रिकोणात्मक सिरिजमा नेपालले पहिलो जित दर्ता गरेको छ। सिरिजअन्तर्गत आइतबार राति भएको आफ्नो दोस्रो खेलमा नेपालले ओमानलाई ३७ रनले हराएको हो।

नेपालले दिएको १ सय ७७ रनको लक्ष्य पछ्याएको ओमान ५ बल बाँकी छँदै १ सय ३९ रनमा अलआउट भयो। सोहेब खानले बनाएको ४५ रन नै ओमानका लागि सर्वाधिक रह्यो। रफिउल्लाहले ३३ रन थपे।

Advertisement

फयाज बट १७ रनमा अविजित रहे। प्रतिक अथाभाले १५ र खालिद कैलले ११ रन बनाए। ओमानलाई रोक्न नेपालका करण केसी एक्लैले ३ विकेट लिए। उनले आफ्नो स्पेलमा ३६ रन खर्चे।

कुशल भुर्तेल र गुल्सन झाले २÷२ विकेट लिए।  रिजन ढकाल, दीपेन्द्रसिंह ऐरी र सन्दीप लामिछानेले १÷१ विकेट लिए। त्यसअघि क्यानडाको किङ सिटीमा ओमनले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा निर्धारित २० ओभरमा ६ विकेटको क्षतिमा १ सय ७६ रनको योगफल तयार पारेको थियो।

Advertisement

नेपालका लागि गुल्सन झा ४० र दीपेन्द्रसिंह ऐरी १८ रनमा अविजित रहे। गुल्सनले १७ बलमा ३ चौका र ३ छक्का प्रहार गरे। दीपेन्द्रले ५ बलमा १ चौका र २ छक्का हाने। कुशल मल्लले ३० तथा ओपनरद्वय अनिल शाह र आशिफ शेखले २७÷२७ रन बनाए।

कुशल भुर्तेलले २० रन थपे। कप्तान रोहित पौडेल र देव खनाल समान २ रनमा पेभेलियन फर्के। ओमानका लागि अकिब इलियासले ३ विकेट लिए। आफ्नो पहिलो खेलमा भने नेपाल क्यानडासँग १४ रनले हारेको थियो।

क्यानडाको किंग सिटीमा शनिबार टस हारेर पहिला ब्याटिङ गरेको क्यानडाले २० ओभरमा आठ विकेट गुमाउँदै १२३ रन बनायो । १२४ रनको लक्ष्य पछ्याएको नेपालले १९ ओभर खेल्दै सबै विकेट गुमाएर १०९ रन मात्र बनाउन सकेको थियो ।

अब सोमबार ओमान र क्यानडाबीच, मंगलबार नेपाल र क्यानडाबीच, बुधबार नेपाल र ओमानबीच तथा विहिबार क्यानडा र ओमानबीच खेल हुने छन् । टी २० सिरिजपछि नेपाल अमेरिका प्रस्थान गर्नेछ ।

आइसिसी विश्वकप लिग–२ अन्तर्गत नेपाल, स्कटल्यान्ड र अमेरिकाबीच हुने त्रिकोणात्मक एकदिवसीय सिरिजअघि टी–२० सिरिज हुने भएको छ। क्रिकेट युएसएका अनुसार नेपाल र अमेरिकाले टेक्सासको डालासस्थित ग्रान्ड प्रिएरी क्रिकेट मैदानमा टी–२० सिरिज खेल्नेछन्।

नेपाल र अमेरिकाबीच १७, १९ र २० अक्टोबर (कात्तिक १, ३ र ४ गते ) टी–२० सिरिज हुन लागेको हो। त्यसपछि नेपाल, स्कटल्यान्ड र अमेरिकाबीच ग्रान्ड प्रिएरीमै आइसिसी विश्वकप लिग–२ अन्तर्गतका खेल हुनेछन्।

यसअघि लिग–२ का खेल ह्युस्टनमा हुने भनिए पनि खेल डालासको ग्रान्ड प्रिएरीमा हुन भएको हो। लिग–२ म नेपालले अमेरिकासँग २७ अक्टोबर र २ नोभेम्बर (कात्तिक ११ र १७ गते) तथा स्कटल्यान्डसँग २९ अक्टोबर र ४ नोभेम्बरमा (कात्तिक १३ र १९ गते) खेल्नेछ।

आइसिसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत नेपाल र ओमानविरूद्ध घरेलु मैदानमा खेलिएको त्रिकोणात्मक एकदिवसीय सिरिजमा क्यानडाले चारै खेल जित्यो। घरेलु मैदानमा चार खेलमा विजयी भएसँगै यहि संस्करणदेखि लिग–२ मा बढुवा भएको क्यानडा अंक तालिकाको शीर्ष स्थानमा उक्लिएको छ।

सिरिजमा क्यानडाले नेपाल र ओमानविरूद्धका दुवै खेल जितेको थियो। सिरिजमा नेपालले भने क्यानडासँगको दुवै खेलसहित ओमानसँग एक खेल गुमाएको थियो। ओमानविरुद्ध नेपालको अन्तिम खेल भने वर्षाले अवरूद्ध भएको थियो।

लिग–२ का तीन सिरिजका १२ खेल खेलेको क्यानडाले ८ खेलमा जित निकालिसकेको छ। अंक तालिकाको शीर्ष टोली बन्दा उसले ८ खेल जित र ४ हार ब्यहोर्दै १६ अंक जोडेको छ।

यता नामिबियामा भएको सिरिजका चारै खेल जितेको अमेरिका पनि अंक तालिकाको दोस्रो स्थानमा पुगेको छ। अमेरिकाले ८ खेलमा ६ जित निकाल्दै १२ अंक जोडेको छ। अमेरिकासँग समान अंक भएको नेदरल्यान्ड्स अंक तालिकाको तेस्रो स्थानमा रहेको छ।

नामिबिया १२ खेलबाट १० अंक जोड्दै चौथो स्थानमा छ। उसले १२ मध्ये ५ खेलमा जित र ७ खेलमा हार ब्यहोरेको छ। यता स्कटल्यान्ड ७ खेलबाट ९ अंक जोड्दै पाँचौ स्थनमा छ भने ओमान ८ खेलबाट ६ अंक बटुल्दै छैटौं स्थानमा छ।

नेपाल अंक तालिकाको सातौं स्थानमा छ। नेपालले ८ खेलमा १ खेल मात्र जित निकालेको छ। १ खेल वर्षाले अवरूद्ध हुँदा नेपालले एक अंक पाएको थियो। नेपालले ३ अंक मात्र जोड्न सकेको छ। नेपाल ६ खेलमा त पराजित भइसकेको छ। अंक तालिकाको पुछारमा रहेको युएईको ७ खेलबाट २ अंक छ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top