६ युवा खेलाडी पहिरोमा बगे, कारण बन्यो कुलेखानी आयोजना ?

१४ असोज ८१, सोमबार
Share this
679shares

१४ असोज ,काठमाण्डौ।

Advertisement

एन्फा एकेडेमी सिस्नेरीका ६ युवा खेलाडीको अन्तिम संस्कारको प्रक्रिया अगाडि बढाइएको अखिल नेपाल फुटबल संघ –एन्फा) ले जनाएको छ । वर्षाका कारण आएको पहिरोमा परि ज्यान गुमाएका एन्फा एकेडेमी सिस्नेरीका ६ युवा खेलाडीको अन्तिम संस्कारका लागि प्रक्रिया अघि बढाइएको एक विज्ञप्ती जारी गर्दै एन्फाले जनाएको हो ।

Advertisement

एन्फाले मृतक खेलाडीहरूको पार्थिव शरीरलाई स–सम्मान अन्त्येष्टि गर्ने व्यवस्था मिलाएको जनाएको छ । असोज ११ र १२ गतेको वर्षाका कारण मकवानपुर जिल्लाको इन्द्रसरोवर गाउँपालिका वडा नं ३ स्थित श्री वात्सल्य देवी उच्च माविको प्रशिक्षण केन्द्रबाट सुरक्षित स्थानतर्फ जाँदै गर्दा पहिरोमा परी दिवस बानियाँ, प्रियंस आचार्य, अनुपम घलान, साइमन योन्जन, विकल रेग्मी र आदित्य बलम्पाखीले ज्यान गुमाएका थिए ।

एन्फाले उनीहरुप्रति गहिरो शोक तथा शोकन्तप्त परिवारजनप्रति गहिरो समवेदना प्रकट गर्दै मृत खेलाडीहरुको आत्माको चीरशान्तिको कामना गरिहरेको उल्लेख गरेको छ । अनुपम घलान, साइमन योन्जन र विकल रेग्मीको पार्थिव शरीरलाई हेलिकप्टरमार्फत गृह जिल्ला मकवानपुर पठाइएको एन्पाmले जनाएको छ ।

Advertisement

आदित्य बलम्पाखीको पार्थिव शरीरलाई हेलिकप्टर मार्फत लालबन्दी १७ रानिगञ्ज सर्लाही पठाउने तयारी गरिएको छ । दिवंगत दिवस बानिया र प्रियंस आचार्यको अन्त्येष्टि सोमवार पशुपति आर्यघाटमा गरिने एन्फाले प्रेस विज्ञप्ति मार्फत जानकारी दिएको हो ।

एन्फाले सम्बन्धित जिल्ला संघका पदाधिकारी तथा खेलप्रेमी महानुभावहरूलाई दिवंगत खेलाडीको स–सम्मान अन्त्येष्टिमा सरिक हुन अनुरोध गरेको छ। एन्फा एकेडेमी सिस्नेरीमा रहेका स्थानिय बाहेक अन्य ३० खेलाडीलाई शनिवार हेलिकप्टरमार्फत काठमाडौं ल्याइएको थियो ।

कुलेखानीले बाँधको पानी खोलेपछि सूचना नदिएकै कारण ६ विद्यार्थीलाई गुमाउनु परेको सरोकारवालाहरुले आरोप लगाएका छन् । बिहीबारदेखि लगातार ३ दिनसम्मको भारी वर्षाले मकवानपुरको इन्द्रसरोवर गाउँपालिका–२ स्थित कुलेखानी जलविद्युत् केन्द्रको जलाशय भरियो।

१ हजार ५ सय ३० मिटर क्षमताको जलाशयमा क्षमताभन्दा बढी पानी भरिएपछि बाँध फुट्ने त्रासले केन्द्रका प्राविधिकहरूले शनिबार बिहानै ५ः४५ बजेतिरै बाँधका दुवै ढोका खोलिदिए। कुलेखानीको बाँध फुटे ठूलो क्षति हुने त्रासले बिहानको मिर्मिरे उज्यालोमै दुवै ढोका खोलियो।

जहाँबाट बगेको पानीका कारण गएको पहिरोले बिहानै सुरक्षित स्थानतर्फ जान लागेका एन्फा एकेडेमीका विद्यार्थीहरूलाई पु¥यो।इन्द्रसरोवर–३ मा रहेको वत्सलादेवी माविमा सञ्चालित अखिल नेपाल फुटबल संघ (एन्फा) एकेडेमीमा फुटबल प्रशिक्षणमा बसेका विद्यार्थीहरू सुरक्षित स्थानमा जान विद्यालयको छात्रावासबाट निस्किए।

सहायक प्रधानाध्यापक सुदर्शन घिमिरे तथा होस्टेल वार्डेनसहित ४ जना शिक्षक ४० जना विद्यार्थीलाई टेकरस्थित गाउँले रिसोर्टमा राख्नका लागि लैजाँदै थिए। तर जाँदाजाँदै बाटोमै विद्यार्थीहरुलाई पहिरोले पुरेको थियो ।

सिस्नेरीका तीन दर्जन घर बाढीले बगाएको छ। ठूलो जनधनको क्षति भएको छ। वत्सलादेवी माविका विद्यालय व्यवस्थापन समिति अध्यक्ष तथा एन्फा एकेडेमीका संयोजक सुवासचन्द्र ठकुरीले कुलेखानी जलविद्युत् केन्द्रकै कारण आफ्ना ६ जना विद्यार्थीले ज्यान गुमाउन बाध्य भएको आरोप लगाएका छन् ।

यस्तै इन्द्रसरोवर गाउँपालिकाका अध्यक्ष देवकृष्ण पुडासैनी पनि कुलेखानी जलविद्युत् केन्द्रकै कारण इन्द्रसरोवरले क्षति व्यहोर्नुपरेको बताएका छन् । आफूहरूले धेरै वर्ष पहिलेदेखि नै कुलेखानी जलविद्युत् केन्द्रलाई ठूलो आवाजमा बज्ने साइरन राख्न भने पनि अटेर गरेको उनको आरोप छ।

एकाबिहानै ड्यामको ढोका खोल्दा अझ धेरै क्षति भएको उनको बुझाइ छ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top