दुई दिनको बाढी पहिरो र डुबानले कहाँ कति क्षति भयो ?

१३ असोज ८१, सोमबार

१४ असोज , काठमाण्डौ ।

नेपालीहरुको महान चाड दशैैं नजिकिरहेको छ । अध्ययन, रोजगारीदेखि व्यापार व्यवसाय र राजनीतिको गढ मानिएको काठमाडौंमा बसोबास गर्नेहरु दशैंमा आआफ्नै थाकथलो फर्किने गर्दछन् ।

हरेक वर्ष काठमाडौंबाट २० लाखको हाराहारीमा सर्वसाधारणले उपत्यका छाड्ने गर्दछन् । अर्काेतर्फ यातायात व्यवसायीका लागि समेत सबैभन्दा बढी कमाउने अवसर दशैं रहने गर्दछ ।

Advertisement

गत बिहिबार रातिदेखि परेको अविरल बर्षाले नेपालका अधिकांश सडकहरु अवरुद्ध हुँदा यात्रुदेखि यातायात व्यवसायी चिन्तित भएका हुन् । दजर्नौ राजमार्गमा बाढी बगेपछि अहिलेसम्म सुचारु हुन् सकेका छैनन् ।

केही राजमार्गमा अहिलेपनि मर्मत र पहिरो पन्छाउने काम जारी रहेको छ । लगातार ३ दिनसम्म परेको बर्षाले मुख्य राजमार्गहरुमा ठूलै क्षति पुर्यायो । कतिपय राजमार्गहरु त १ महिनासम्म पनि बनिसक्ने छाँटकाँट देखिँदैन ।

Advertisement

सरकारको निर्देशन र यातायात व्यवसायीको छलफलपछि शनिबारदेखि दशैंका लागि अग्रिम टिकट बुकिङ खुलेपनि सडक पूर्वाधार नहुँदा घर फर्किनु पर्ने सर्वसाधारण चिन्तामा परेका छन् भने दुई पैसा कमाएर जिविको चलाउने मजदुरका ओठ मुख सुकेका छन् ।

खुलेका केही सडकको अवस्था बेहाल छ। हिलाम्य सडकमा बसमा चाकाचुली खेल्दै यस वर्षको दशैंमा कसरी फर्किनु भन्ने चिन्तामा सर्वसाधारण रहेका छन् । यसैबीच गत बिहीबार रातिदेखि शनिबार दिउँसोसम्म देशभर परेको अविरल वर्षाले ठूलो जनधनको क्षति गरेको छ ।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार बाढीपहिरोले सडक र पुल भत्किँदा २३ राजमार्ग प्रभावित भएका थिए । सडक र पुल भत्किदा दुई अर्ब रुपैयाँभन्दा बढीको आर्थिक क्षति गरेको अनुमान गरिएको छ ।

भोटेकोसी नदीमा आएको बाढीले नेपाल र चीन जोड्ने अरनिको राजमार्गमा पर्ने तीन पक्की पुल बगाएको छ । लार्चा, लिपिङ र घट्टे खोलामा रहेका पुल बगाएको हो । बाढीले पाँचथरको मेची राजमार्गको हेवा खोलामाथिको बेली पुल र इलाम सन्दकपुर जोड्ने रती खोलाको स्थायी पुलसहित कोसी प्रदेशमा मात्र चारवटा पुल पूर्ण रूपमा क्षतिग्रस्त भएका छन् ।

यस्तै, अविरल वर्षाले देशभर सात हजार हेक्टर धान खेती डुबानमा परेको प्राधिकरणले जनाएको छ । अविरल वर्षा, बाढी र पहिरोका कारण ठूलो संख्यामा चौपायको मृत्यु भएको छ ।

धादिङको झ्याप्लेखोलामा पहिरोले दुई पर्यटक बस, एउटा यात्रुबाहक बस र एउटा भ्यानसहित चारवटा सवारीसाधन पुरिँदा ३५ जनाको मृत्यु भएको छ । बाढीपहिरोले देशभर १० वटा स्वास्थ्य संस्थामा क्षति पुगेको जनाइएको छ ।

बाढीले जलविद्युत् क्षेत्रमा मात्रै साढे दुई अर्ब रुपैयाँ बराबरको क्षति भएको ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालयले जनाएको छ । २६ वटा जलविद्युत् आयोजनाको प्रारम्भिक निरीक्षणमा दुई अर्ब ४५ करोडको क्षति भएको मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार, ६२५.९६ मेगावाट जडित विद्युत् क्षमताको ११ वटा सञ्चालनमा रहेका जलविद्युत् आयोजनाहरूमा क्षति भएको जनाएको छ । यस्तै, ११ सय मेगावाट बिजुली उत्पादन रोकिएको छ ।

१०१०.२९ मेगावाट क्षमताको १५ वटा निर्माणाधीन जलविद्युत् आयोजनाहरूमा क्षति भएको छ ।
बिहीबारदेखि परेको अविरल वर्षापछि देशभर १९३ जनाको मृत्यु भएको सरकारी तथ्यांक छ भने अझै पनि ३५ जना बढी बेपत्ता छन् ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top