विपद्मा पर्नेहरु २ सय १७ जना पुगे,२८ जना बेपत्ता

१४ असोज ८१, मंगलबार

१५ असोज , काठमाण्डौ।

Advertisement

गएको बिहीबारदेखिको लगातारको वर्षाजन्य विपद्मा परी ललितपुरमा मृत्यु भएका थप ६ जनाको शव फेला परेको छ । जिल्ला प्रहरी कार्यालय ललितपुरका प्रहरी नायब उपरीक्षक नरहरि अधिकारीले दिएको जानकारी अनुसार, विपत्तपछिको खोज तथा उद्धारका क्रममा सोमबारसम्म ३४ र आज बिहान ६ गरी ललितपुरमा मात्रै हालसम्म ४० जनाको शव फेला परेको हो ।

फेला परेका मध्ये १७ शव पोस्टमार्टम भई आफन्तले बुझेको सहायक प्रमुख जिल्ला अधिकारी कल्पना घिमिरे नेपालले बताएकी छन् । नेपाल प्रहरीले आज बिहान अद्यावधिक गरेको तथ्यांक अनुसार, महांकाल गाउँपालिका–२, मानिखेल, लक्ष्यबासका नौ वर्षीय आयुष स्याङ्तान, महांकाल–२, ठोस्ने खोलाका एकै परिवारका ४० वर्षीया राममाया स्याङ्तान, उनका छोरा १४ वर्षीय अजय स्याङ्तान, अर्का छोरा ११ वर्षीय सुवास स्याङ्तान र छोरी नौ वर्षीया सलिना स्याङ्तानको शव फेला परेको छ ।

Advertisement

प्रहरी नायब उपरीक्षक अधिकारीका अनुसार, वर्षाजन्य विपद्मा परेर अझै १० जना बेपत्ता छन् । प्रहरीले अद्यावधिक गरेको तथ्यांकानुसार, महांकाल–३, गोटीखेलका ईश्वर तिमल्सिना, उनकी आमा र श्रीमती गोमा असोज १२ गतेदेखि बेपत्ता छन् ।

यस्तै, रौतहट घर भई ललितपुर महानगरपालिका–१४, नखिपोट कान्तिपुर कोलोनीमा बस्दै आएका पाँच वर्षीय सेतु साह, ओखलढुंगा घर भई ललितपुरमा बस्दै आएका ४० वर्षीय देवराज कार्की, रौतहटको गौर गाउँपालिका–६ घर भई ललितपुर–१४, कान्तिपुर कोलोनीमा बस्दै आएका ३२ वर्षीय बिकाउ साह बेपत्ता छन् ।

Advertisement

गोदावरी नगरपालिका–६, आनन्दवन अस्पतालमा काम गरी बस्ने ३० वर्षीय विवेक सिंह, वाग्मती गाउँपालिका–१, घुसेलका ५० वर्षीय केशव न्यौपाने, महांकाल–२ की १२ वर्षीया सञ्जिता स्याङ्तान, ३५ वर्षीय छविलाल स्याङ्तान र छविलालकी भाउजू (नाम नखुलेको) बेपत्ता छन् ।

गत विहीबार देखिको बाढी÷पहिरो र डुबानका कारण ज्यान गुमाउनेको सङ्ख्या अहिलेसम्म दुई सय १७ जना पुगेको छ । पछिल्लो विवरण अनुसार अझै २८ जना बेपत्ता छन् । प्राकृतिक विपद्माका कारण एक सय ४३ जना घाइते भएको नेपाल प्रहरीले जनाएको छ ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top