यु १९ महिला विश्वकपका लागि २० खेलाडी छनोट

१७ असोज ८१, शुक्रबार

 १८ असोज , काठमाण्डौ।

आगामी कात्तिक २१ गतेदेखि नेपालले खेल्ने महिला यू–१९ टी–ट्वान्टी विश्वकपको एसिया छनोट खेलका लागि नेपाल क्रिकेट सङ्घ (क्यान)ले २० खेलाडी छनोट गरेको छ । संयुक्त अरब इमिरेट्समा आयोजन हुने उक्त छनोट खेलका लागि क्यानले दोस्रो चरणमा २० खेलाडी छनोट गरेको हो ।

छनोटमा नेपालसँगै आयोजक संयुक्त अरब इमिरेट्स (यूएई), कुवेत र थाइल्याण्ड छन् । छनोट हुने नेपाली खेलाडीमा सोनी पाख्रिन, कृष्मा गुरुङ, मनिषा उपाध्याय, साना प्रविन, प्रतिमा शाह, स्नेहा महरा, सावित्रा धामी र सुस्मिता भुसाल छन् ।

Advertisement

त्यसैगरी रञ्जु श्रेष्ठ, किरनकुमारी कुँवर, तृष्ना विक, रिया शर्मा, अलिशाकुमारी यादव, भवानी कामती, पूजा महतो, कुसुम गोदार, सिमाना केसी, ज्योत्सिका मरासिनी, रचना चौधरी र आश्मा पुलामीमगर पनि छनोट भएका छन् ।

Advertisement

प्रशिक्षणमा रहेका १० खेलाडी भने दोस्रो चरणमा परेनन् । क्यानले बिहीवार दोस्रो चरण छनोट गरेको हो । क्यानले एसिया छनोटका लागि भदौ २६ गते २९ सदस्यीय खेलाडीलाई प्रशिक्षणमा डाकेको थियो ।

पहिलो चरणमा प्रशिक्षण नरहेकी रन्जु श्रेष्ठलाई दोस्रो चरणमा समेटिएको छ । प्रारम्भिक छनोटमा नरहेकी रन्जुलाई दोस्रो चरणमा समेटिएको क्यान प्रवक्ता छुम्बी लामाले जानकारी दिए ।

क्यान युवा महिला टोलीको प्रशिक्षकको जिम्मेवारी महेश प्रसाद रिजाललाई दिएको छ । टोलीको बन्द प्रशिक्षण दाङको लमही क्रिकेट मैदानमा भइरहेको छ । विश्वकप एसिया छनोट प्रतियोगिता राउन्ड रोविन लिगका आधारमा हुनेछ ।

विश्वकपको एसिया छनोटको आफ्नो पहिलो खेलमा नेपालले आगामी कात्तिक २१ गते थाइल्याण्डसँग खेल्दै प्रतियोगिताको उद्घाटन गर्नेछ । त्यसैगरी नेपालले दोस्रो खेल कात्तिक २२ गते कुवेतसँग खेल्ने छ भने कात्तिक २४ गते घरेलु टोली यूएईसँग खेल्नेछ ।

नेपालको कात्तिक २५ गते थाइल्याण्डसँग खेल्ने छभने कात्तिक २७ गते कुवेतसँग खेल्नेछ । नेपालले अन्तिम खेलमा कात्तिक २८ मा यूएईसँग खेल्नेछ । चार टोलीको सहभागी रहने छनोट खेलमा शीर्षस्थान हासिल गर्ने टोली अर्को वर्ष मलेसियामा आयोजना हुने विश्वकपमा सहभागी हुनेछ ।

  यसैबीच  आईसीसी महिला टी–२० विश्वकप क्रिकेटमा बङ्गलादेश र पाकिस्तानले विजयी शुरुआत गरेका छन् । हिजो भएको समूह ’बी’ को उद्घाटन खेलमा बङ्गलादेशले स्कटल्यान्डलाई १६ रनले हरायो ।

यस्तै समूह ’ए’ को खेलमा पाकिस्तानले श्रीलङ्कालाई ३१ रनले हराएको छ  । अब बङ्गलादेशले आगामी शनिबार ईङल्याण्डको सामना गर्ने छ भने स्कटल्याण्डले आइतबार वेस्ट इन्डिजको सामना गर्ने छ ।

  यो पहिलो आईसीसी प्रतियोगिता हो जहाँ स्मार्ट रिप्ले प्रणाली प्रयोग गरिने भएको छ । यो प्रविधि आइपिएल २०२४ र द हन्ड्रेडमा प्रयोग भइसकेको छ । आईस्मार्ट रिप्ले प्रणाली टिभी अम्पायरलाई विभिन्न कोणबाट आउने फुटेजको तत्काल समीक्षा गरेर सही निर्णय लिन मद्दत गर्न प्रयोग गरिनेछ ।

अम्पायरिङको हिसाबले अर्को महत्वपूर्ण कुरा के छ भने यसपटक महिला टी–२० विश्वकपमा अम्पायरको सम्पूर्ण प्यानल महिला मात्र हुनेछन् । त्यस्तै, म्याच अफिसियल पनि महिला हुनेछन् । पछिल्लो टी–२० विश्वकपमा पनि यस्तै भएको थियो ।

प्रतियोगितामा १० टिमबीच १७ दिन प्रतिस्पर्धा हुनेछ । प्रतियोगितामा कुल २३ खेल हुनेछ । १० टोलीलाई २ समूहमा विभाजन गरेर खेल सुरु हुँदै छ । समूह ‘ए’मा भारत, अस्ट्रेलिया, पाकिस्तान, श्रीलंका र न्युजिल्यान्ड रहँदा समूह ‘बी’ मा बंगलादेश, इंग्ल्यान्ड, स्कटल्यान्ड, साउथ अफ्रिका र वेस्टइन्डिज रहेका छन् ।

समूह चरणमा एकअर्काविरुद्ध प्रतिस्पर्धा भएपछि दुवै समूहबाट शीर्ष दुईमा रहने टोली सेमिफाइनल प्रवेश गर्नेछन् । सेमिफाइनलमा समूह ‘ए’ को विजेताले समूह ‘बी’ को उपविजेतासँग तथा समूह ‘बी’को विजेताले समूह ‘ए’ को उपविजेतासँग प्रतिस्पर्धा गर्नेछन् ।

सेमिफाइनलका खेल आगामी १७ र १८ अक्टोबरमा हुँदा प्रतियोगिताको फाइनल २० अक्टोबरमा हुनेछ । प्रतियोगिता युएईका दुई भेन्युमा आयोजना हुनेछ । जसमा शारजाँहा र दुबइमा खेल हुनेछ ।

दुबईमा पहिलो सेमिफाइनल र फाइनल हुँदा सारजाहाँमा दोस्रो सेमिफाइनलको खेल हुनेछ । प्रतियोगितामा सेमिफाइनल र फाइनलमा रिजर्व डे राखिएको छ । आईसीसीले पहिलो पटक महिला र पुरुष टिमको पुरस्कार राशी बराबर राखेको छ ।

विजेताले ३२ करोड बढी प्राप्त गर्नेछन् । उपविजेताले १६ करोडभन्दा बढी तथा सेमिफाइनल पुग्ने दुवै टिमले ९–९ करोड प्राप्त गर्नेछन् । महिला विश्वकपमा सर्वधिक सफल टोली अस्ट्रेलिया हो।

उसले ६ पटक उपाधि जित्दा इंग्ल्यान्ड र वेस्टइन्डिजले समान १–१ पटक जितेका छन् । भारतले भने अहिलेसम्म महिला विश्वकपको उपाधि जित्न सकेको छैन ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

रोनाल्डोले एकैपटक रचे दुई कीर्तिमान,लुका मड्रिचको भावुक विदाइ

ad657f7b-6036-4be9-a4fe-6a1f006e6e1b

नेपाली युवाको अमेरिकी सेनामा मृत्यु,अनुसन्धान जारी

edd9dcfb-9170-402e-95d8-e457e0a51c84

रोनाल्डोले नकआउटमा गोल गर्न नसकेको खडेरी तोडे

60ff14fc-eb1d-4c10-b156-c237ad64295e

देशभर मनसुनको कहरः आज ४ प्रदेशमा अति भारी वर्षाको चेतावनी

mausam-2075-12-18-768x388

केही घण्टामै बन्यो १० लाखसम्म जरिवाना गर्ने कानून, मन्त्रीको ठाडो निर्देशन

nepal-oil-nigam

२०१० को विश्वकप जितपछि स्पेन फेरि उपाधि होडमा

e34f67be-d857-48b2-ae41-dce5377f95fa (2)

२९ भूमिहीन परिवारलाई बालेन सरकारले बनायो जग्गाधनी

IMG_7206.JPG

असई थमन मृत्युप्रकरणः ६ जनालाई ५ वर्ष कैद, ३ जनालाई जन्मकैद

MixCollage-02-Jul-2026-12-57-PM-3185

निर्मला पन्त प्रकरणको पुरानो फैसलामा पत्रकार भण्डारी पक्राउ

2668d156-d8e8-4076-8f24-d6bcb46d05c1

अमेरिका अन्तिम १६ मा, बोस्निया एन्ड हर्जगोभिना बाहिरियो

722c405b-4265-45bb-aea3-f1ea6f3b04bb

सम्बन्धित समाचार

Desktop Popup ImageMobile Popup Image×
Scroll to Top