NepalTimes

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश
No Result
View All Result
YouTube
Nepaltimes-logo
Nepaltimes-logo
Nepaltimes-logo-white
No Result
View All Result
  चर्चामा :
फिफा वरीयतामा नेपालको ओरालो यात्राः २ स्थान तल बिहिबार मंसिर ४ , २०८२
सेनाको सुरक्षा घेराबन्दीमा चुनाव हुने, सेना परिचालनको निर्णय बिहिबार मंसिर ४ , २०८२
अमेरिकाबाट फेरि बोरा बोकेर फर्किए ३५ नेपाली, विद्यार्थी र पर्यटकपनि बिहिबार मंसिर ४ , २०८२
सिमरामा फेरि आज साँझ ८ बजेसम्म कफ्र्यु बिहिबार मंसिर ४ , २०८२
ओलीको एकल राज अब नचल्ने, ईश्वरको चुनौती,अध्यक्षका लागि आज प्रस्ताव बिहिबार मंसिर ४ , २०८२
Next
Prev

समाचार

इजरेल–लेबनान highlights: बैठकमै खस्यो मिसाइल

आइतवार अशोज २० , २०८१
Reading Time: 1 min read
A A
इजरेल–लेबनान highlights: बैठकमै खस्यो मिसाइल

Israel and Lebanon flags together. Israel and Lebanon conflict.

Advertisement
Share on FacebookShare on WhatsAppShare on TelegramShare on X
LS Auto

२० असोज , एजेन्सी ।

इजरायल र फ्रान्सबीच तनाव बढेको छ । इजरेली सेना आईडीएफले लेबनानमा फ्रान्सेली ग्यास स्टेशनमा आक्रमण गरेको छ। फ्रान्सेली राष्ट्रपति म्याक्रोनको बयानका कारण दुई देशबीचको विवाद बढेको छ । म्याक्रोनले फ्रान्सले इजरायललाई हतियार नदिने बताएका थिए ।

अन्य देशले पनि इजरेललाई हतियारप्रतिबन्ध लगाउनु पर्नेमा उनले जोड दिएका छन् ।उनले लेबनानलाई अर्को गाजा बन्न नदिने भन्दै प्रतिबन्धको विषय उठाएपछि इजरायली प्रधानमन्त्री नेतन्याहुले फ्रान्सको समर्थन बिना पनि इजरायलले युद्ध जित्ने भन्दै म्याक्रोनको निर्णयलाई लाजमर्दो भनेका छन् ।

लेबनानमा इजरायलको बमबारी जारी छ। इजरायली सेनाले शनिबार राति अबेरसम्म लेबनानमा बमबारी गरिरहेको थियो। शनिबार राति इजरायलले लेबनानको राजधानी बेरुतको दक्षिणी क्षेत्रमा तीस भन्दा बढी हवाई हमला गरेको बीबीसीले जनाएको छ।

बेरुतको दक्षिणी क्षेत्रमा हिजबुल्लाहको बलियो उपस्थिति रहेको मानिन्छ। यी हवाई हमलाका क्रममा बेरुतका धेरै क्षेत्रमा आगो र धुवाँ देखिएका छन्। धेरै भिडियोमा लगातार विस्फोटका कारण बेरुतमा मानिसहरू यहाँबाट उता दौडिरहेको देखिन्छ।

बीबीसी संवाददाताका अनुसार इजरायलले लेबनानका पेट्रोल पम्प वा हतियार रहेका स्थानमा आक्रमण गरेको छ। इजरायल डिफेन्स फोर्स (आईडीएफ) ले इजरायली सहर किरियत समोनालाई लक्ष्य गरी हिजबुल्लाहले ३० रकेट प्रहार गरेको जनाएको छ। तर, अधिकांश क्षेत्र खाली गरिसकिएको छ।

इजेरल र लेबनानबीचका प्रमुख घटनाक्रमहरुमा :

हिजबुल्लाहले इजरायली सेना लेबनानको एउटा गाउँमा घुसपैठ गर्ने प्रयास गरेको तर आफूहरुले निकालेको दाबी गरेको छ।

इजरायलले आज बेरुतमा ठूलो आक्रमण गरेको छ। इजरायली सेनाले आईआरजीसी–हेजबुल्लाह बैठकको क्रममा लेबनानमा मिसाइल प्रहार गरेको छ।

इजरायली सेनाले लेबनानबाट प्रहार गरेका दुईवटा क्षेप्यास्त्रलाई सतहबाट खसालेको छ ।

इजरायल–लेबनान युद्धको बीचमा अमेरिकाले बेरुतबाट १ सय ४५ नागरिकलाई निकालेको छ।

इजरायलसँगको युद्धको बीचमा अष्ट्रेलियाले लेबनानबाट आफ्ना ४ सय ७ नागरिकलाई रातारात बाहिर निकालेको छ । यसअघि पनि धेरै देशले लेबनानबाट आफ्ना नागरिकलाई निकालिसकेका छन् ।

इजरायलले गएराति गाजा, लेबनान र सिरियामा ठूलो हमला गरेको छ । इजरायली सेनाले गाजाको अल–अक्सा मस्जिद र इब्न रुस्द स्कूललाई निशाना बनाएको थियो। यस हमलामा कम्तिमा २४ जनाको मृत्यु भएको छ भने ९३ जना घाइते भएका छन् ।

अर्कोतर्फ इरानले इजरायलविरुद्ध कडा रुपमा लड्ने बताएको छ । इजरायल र लेबनानबीचको युद्ध अब इजरायल र इरानमा परिणत भएको छ । अबको १२ घण्टा महत्वपूर्ण छ। कसैले कसैलाई आक्रमण गर्न सक्ने अनुमान गरिएको छ ।

इजरायली मन्त्रिपरिषद्ले इरानमाथि आक्रमण गर्ने स्वीकृति पाएको छ । इरानमाथि हमला गर्नुअघि इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले सन्देश जारी गरेका थिए । यसमा उनले इजरायलमाथिको आक्रमण स्वीकार्य नहुने बताए ।

इजरायल सात मोर्चामा युद्ध लडिरहेको छ। इजरायलमा भएको आक्रमणको पछाडि इरानको हात रहेको इजरेलले बताएको छ ।

इरानी सैनिकहरूले इजरायलसँग युद्ध गर्नुअघि युद्धाभ्यास गरेका छन्। IRGC ले युद्ध तयारीको भिडियो सार्वजनिक गरेको छ। यस्तै सबै मोर्चाहरूमा अलर्ट जारी गरेको छ।

इजरायलले अबेर राति दहियाका धेरै क्षेत्रमा आक्रमण गरेको थियो। बिहान ३ बजेसम्म इजरायलले बेरुतमा ९ वटा आक्रमण गरेको थियो । यस हवाई आक्रमणमा हिजबुल्लाहले ठूलो क्षति बेहोरेको छ ।

इजरायली सेनाले दक्षिण लेबनानमा भूमिगत कारबाही गरेदेखि अहिलेसम्म ४०० भन्दा बढी हिजबुल्लाह लडाकुलाई मारेको बताएको छ। हालैका आक्रमणहरूमा इजरायली सेनाले नसरल्लाह, उनका उत्तराधिकारी सफीद्दीन, हतियार सल्लाहकार मोहम्मद अनिसीलगायत धेरै कमाण्डरहरूलाई पनि मारेको छ।

इजरायलमा हमासको आक्रमण भएको भोलि एक वर्ष पूरा हुनेछ। यस विषयमा इजरायलमा उच्च सतर्कता छ। गत वर्ष अक्टोबर ७ मा हमासले इजरायलमा आक्रमण गरेको थियो । यस आक्रमणमा १२०० इजरायली मारिएका थिए ।

इजरायली हमलाले लेबनान फेरि हल्लाएको छ । रातभर बेरुत बमबारी भएको छ । यसबाहेक इजरायली सेनाले मध्य गाजामा पनि आक्रमण गरेको थियो । मस्जिदमा भएको आक्रमणमा १८ प्यालेस्टाइनीको मृत्यु भएको थियो ।

इजरायलले यमनमा पनि हुथी विद्रोहीविरुद्ध बमबारी गरेको छ।

इजरायलले गाजामा फेरि एकपटक जमिनी परिचालन सुरु गरेको छ । इजरायलले गएराति गाजा, लेबनान र सिरियामा एकैसाथ बमबारी गरेको थियो । इजरायली आक्रमणमा गाजामा धेरै मानिसको मृत्यु भएको छ भने धेरै घाइते भएका छन् ।

इजरायल र लेबनानबीचको युद्धका कारण अहिले मध्यपूर्वमा चरम तनाव छ । इरानले लेबनानलाई समर्थन गरेर यो युद्धमा ठूलो भूमिका खेलिरहेको छ। हिजबुल्लाह प्रमुख हसन नसरल्लाहको मृत्युपछि यो युद्ध चर्किएको छ ।

नसरल्लाहको मृत्युपछि इरानले अचानक इजरायलमाथि आक्रमण गरेको थियो । इरानले इजरायलमा २०० भन्दा बढी मिसाइल प्रहार गरेको छ । त्यसयता इजरायलले लेबनानमाथि लगातार आक्रमण गरिरहेको छ ।

हिजबुल्लाह लडाकुहरू मारिएका छन्। इजरायली सेनाले बेरुतमा रातभर श्रृङ्खलाबद्ध हवाई आक्रमण गरेको छ। हिजबुल्लाहका धेरै स्थानहरू ध्वस्त भएका छन्। हालै इरानका सर्वोच्च कमाण्डर तथा सर्वोच्च नेता अली खामेनीले इजरायललाई चेतावनी दिएका थिए ।

उनले इजरायलमाथिको आक्रमणलाई जायज ठहर गरेका थिए। अर्कोतर्फ इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले इरानलाई धम्की दिएका छन् । इरान अब इजरायल लेबनान युद्धमा प्रत्यक्ष संलग्न भएको छ।

Tags: #इजरेल–लेबनान#इरानमा आक्रमण गर्न अनुमति

लोकप्रीय

फिफा वरीयतामा नेपालको ओरालो यात्राः २ स्थान तल

फिफा वरीयतामा नेपालको ओरालो यात्राः २ स्थान तल

बिहिबार मंसिर ४ , २०८२
७० हजार जेनजी मतदाता थपिए

सेनाको सुरक्षा घेराबन्दीमा चुनाव हुने, सेना परिचालनको निर्णय

बिहिबार मंसिर ४ , २०८२
अमेरिकाबाट फेरि बोरा बोकेर फर्किए ३५ नेपाली, विद्यार्थी र पर्यटकपनि

अमेरिकाबाट फेरि बोरा बोकेर फर्किए ३५ नेपाली, विद्यार्थी र पर्यटकपनि

बिहिबार मंसिर ४ , २०८२

विचार

फिफा वरीयतामा नेपालको ओरालो यात्राः २ स्थान तल

फिफा वरीयतामा नेपालको ओरालो यात्राः २ स्थान तल

बिहिबार मंसिर ४ , २०८२
७० हजार जेनजी मतदाता थपिए

सेनाको सुरक्षा घेराबन्दीमा चुनाव हुने, सेना परिचालनको निर्णय

बिहिबार मंसिर ४ , २०८२
अमेरिकाबाट फेरि बोरा बोकेर फर्किए ३५ नेपाली, विद्यार्थी र पर्यटकपनि

अमेरिकाबाट फेरि बोरा बोकेर फर्किए ३५ नेपाली, विद्यार्थी र पर्यटकपनि

बिहिबार मंसिर ४ , २०८२

थप समाचार

फिफा वरीयतामा नेपालको ओरालो यात्राः २ स्थान तल
खेलकुद

फिफा वरीयतामा नेपालको ओरालो यात्राः २ स्थान तल

बिहिबार मंसिर ४ , २०८२
७० हजार जेनजी मतदाता थपिए
ताजा समाचार

सेनाको सुरक्षा घेराबन्दीमा चुनाव हुने, सेना परिचालनको निर्णय

बिहिबार मंसिर ४ , २०८२
अमेरिकाबाट फेरि बोरा बोकेर फर्किए ३५ नेपाली, विद्यार्थी र पर्यटकपनि
अन्तर्राष्ट्रिय

अमेरिकाबाट फेरि बोरा बोकेर फर्किए ३५ नेपाली, विद्यार्थी र पर्यटकपनि

बिहिबार मंसिर ४ , २०८२
सिमरामा फेरि आज साँझ ८ बजेसम्म कफ्र्यु
ताजा समाचार

सिमरामा फेरि आज साँझ ८ बजेसम्म कफ्र्यु

बिहिबार मंसिर ४ , २०८२

भिडियो

Currently Playing

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

00:01:21

सरकारको असफलता: महँगी रोक्न नसक्दा उपभोक्तामाथि थप आघात || Nepal Times

00:13:15

काठमाडौं महानगरको राजस्व असमझदारी र गृहमन्त्री लेखकको विवादित निर्णयले सरकारमाथि दबाब।

00:10:28

सहकारी प्रकरणमा लामिछाने निर्दोषको दाबी र संसद् उपेक्षा गरेकोमा विपक्षीले सरकारलाई कठघरामा उभ्याए।

00:10:47

स्वर्णलक्ष्मी विवादले तातेको अदालत, सार्क ठप्प: लामिछानेमाथि दवाब र भारत-पाक तनाबको कूटनीतिक खेल

00:12:15
Currently Playing

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

00:13:34

किन सधैं अशान्त रहन्छ मध्यपूर्व? कारण र द्वन्द्वको चक्रव्यूह || Nepal Times

00:14:58

Imran Khan र Rabi Lamichhane : फरक देश, एउटै नियति #rabilamichhane #imrankhan #news

00:14:15

लाइक,कमेन्ट र सेयर गरे जेल,विधेयक हुबहु पास भए के हुन्छ ?|| Nepal Times

00:14:44

चरीदेखि घैंटे सम्म : डनहरूको इन्काउन्टर कथा|| Nepal Times

00:15:42
Currently Playing

World News: भारतलाई अमेरिकी मि*सा*इल, पाकिस्तानका कारण संक*टमा एयर इन्डिया || Nepal Times

World News: भारतलाई अमेरिकी मि*सा*इल, पाकिस्तानका कारण संक*टमा एयर इन्डिया || Nepal Times

00:19:01

अमेरिकामा मेकानिकको अभाव, भारतमा थप मा ओवादी मारि ए|| Nepal Times

00:23:48

World News: युक्रेनलाई १०० वटा राफेल, साउदीलाई एफ ३५ फाइटर जेट || Nepal Times

00:21:46

World News: मादुरोलाई ’आतंकवादी’ घोषित गर्ने अमेरिकी दाउ, इक्वेडरमा जनमत संग्रह || Nepal Times

00:17:49

World News: भेनेजुएलामा सैन्य कारबाही, महिला राष्ट्रपतिका लागि अमेरिका तयार छैन || Nepal Times

00:17:24

प्रदेश

Menu
  • कोशी
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदूरपश्चिम

नेभिगेशन

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

लोकप्रिय पोस्टहरू

हसिनालाई शरणार्थी बनाउने २ विद्यार्थी को हुन् ?जो मन्त्री बने

मृत्युदण्डको सजायपछि शेख हसिनाको पहिलो प्रतिक्रिया

सोमवार मंसिर १ , २०८२
देउवा–आरजु, प्रचण्ड र खड्काको घरमा अवैध पैसा! अनुसन्धान गर्ने बाटो खुल्यो

देउवा–आरजु, प्रचण्ड र खड्काको घरमा अवैध पैसा! अनुसन्धान गर्ने बाटो खुल्यो

सोमवार मंसिर १ , २०८२
सिमरा कफ्र्यू लाग्ने गरी कसरी झडप भयो ?एमालेको जनप्रर्दशन बिथोलियो

सिमरा घटनाको दोषी जेनजी कि एमाले ? एमालेबाटै कुटिए जेनजी!

बुधबार मंसिर ३ , २०८२

हालका पोस्टहरू

फिफा वरीयतामा नेपालको ओरालो यात्राः २ स्थान तल

फिफा वरीयतामा नेपालको ओरालो यात्राः २ स्थान तल

बिहिबार मंसिर ४ , २०८२
७० हजार जेनजी मतदाता थपिए

सेनाको सुरक्षा घेराबन्दीमा चुनाव हुने, सेना परिचालनको निर्णय

बिहिबार मंसिर ४ , २०८२
अमेरिकाबाट फेरि बोरा बोकेर फर्किए ३५ नेपाली, विद्यार्थी र पर्यटकपनि

अमेरिकाबाट फेरि बोरा बोकेर फर्किए ३५ नेपाली, विद्यार्थी र पर्यटकपनि

बिहिबार मंसिर ४ , २०८२
सम्पादक
हरिहर नेपाल
प्रधान सम्पादक
लीलाबल्लभ घिमिरे
सूचना विभाग दर्ता नं.
७२७-०७४-०७५
९८६२२१३०५७
[email protected]
© 2025 Nepal Times. All Rights Reserved.

© 2025 Nepal Times. All Rights Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

© 2025 Nepal Times All Rights Reserved.