×

NEPAL TIMES UPDATES

Playing
राष्ट्रपतिले फिर्ता पठाएको अध्यादेश सरकारले हुबहु पठायो || Nepal Times
May 04, 2026
Playing
Top 15 Afternoon News || May-04-2026 || Nepal Times
May 04, 2026
Playing
शक्तिशाली देशमा राजदूत कसरी नियुक्त गरिन्छ ? खुल्ला प्रतिष्पर्धाबाट गर्दा के हुन्छ ?|| Nepal Times
May 04, 2026
Playing
बालेन सरकार र शीतल निवासबीचको सम्बन्धमा दरार ? यस्ता छन् ३ विकल्प|| Nepal Times
May 04, 2026
Playing
रास्वपामा नयाँ प्रयोगः’क्यान्डिडेट क्लब’ बाट टिकट ,नयाँलाई नदिने|| Nepal Times
May 04, 2026
Playing
चुच्चे नक्सा कागजमै सीमित हुने हो त? || Nepal Times
May 04, 2026
Playing
डोजरबारे बोले प्रधानमन्त्रीः ‘कोही पनि घरबारविहीन हुनुपर्दैन’ || Nepal Times
May 04, 2026
Playing
Trumpको घोषणासँगै तेलको मूल्यमा गिरावट || Nepal Times
May 04, 2026
Playing
लिपुलेकमा बालेन सरकारको चट्टानी अडान, भारत र चीनलाई कडा पत्र || Nepal Times
May 04, 2026
Playing
चैत १२ गते अघि नियुक्त भएका १५९४ पदाधिकारी एकमुष्ट पदमुक्त|| Nepal Times
May 03, 2026

इजरेल–लेबनान highlights: बैठकमै खस्यो मिसाइल

२० आश्विन २०८१

२० असोज , एजेन्सी ।

इजरायल र फ्रान्सबीच तनाव बढेको छ । इजरेली सेना आईडीएफले लेबनानमा फ्रान्सेली ग्यास स्टेशनमा आक्रमण गरेको छ। फ्रान्सेली राष्ट्रपति म्याक्रोनको बयानका कारण दुई देशबीचको विवाद बढेको छ । म्याक्रोनले फ्रान्सले इजरायललाई हतियार नदिने बताएका थिए ।

Advertisement
Advertisement

अन्य देशले पनि इजरेललाई हतियारप्रतिबन्ध लगाउनु पर्नेमा उनले जोड दिएका छन् ।उनले लेबनानलाई अर्को गाजा बन्न नदिने भन्दै प्रतिबन्धको विषय उठाएपछि इजरायली प्रधानमन्त्री नेतन्याहुले फ्रान्सको समर्थन बिना पनि इजरायलले युद्ध जित्ने भन्दै म्याक्रोनको निर्णयलाई लाजमर्दो भनेका छन् ।

लेबनानमा इजरायलको बमबारी जारी छ। इजरायली सेनाले शनिबार राति अबेरसम्म लेबनानमा बमबारी गरिरहेको थियो। शनिबार राति इजरायलले लेबनानको राजधानी बेरुतको दक्षिणी क्षेत्रमा तीस भन्दा बढी हवाई हमला गरेको बीबीसीले जनाएको छ।

बेरुतको दक्षिणी क्षेत्रमा हिजबुल्लाहको बलियो उपस्थिति रहेको मानिन्छ। यी हवाई हमलाका क्रममा बेरुतका धेरै क्षेत्रमा आगो र धुवाँ देखिएका छन्। धेरै भिडियोमा लगातार विस्फोटका कारण बेरुतमा मानिसहरू यहाँबाट उता दौडिरहेको देखिन्छ।

बीबीसी संवाददाताका अनुसार इजरायलले लेबनानका पेट्रोल पम्प वा हतियार रहेका स्थानमा आक्रमण गरेको छ। इजरायल डिफेन्स फोर्स (आईडीएफ) ले इजरायली सहर किरियत समोनालाई लक्ष्य गरी हिजबुल्लाहले ३० रकेट प्रहार गरेको जनाएको छ। तर, अधिकांश क्षेत्र खाली गरिसकिएको छ।

इजेरल र लेबनानबीचका प्रमुख घटनाक्रमहरुमा :

हिजबुल्लाहले इजरायली सेना लेबनानको एउटा गाउँमा घुसपैठ गर्ने प्रयास गरेको तर आफूहरुले निकालेको दाबी गरेको छ।

इजरायलले आज बेरुतमा ठूलो आक्रमण गरेको छ। इजरायली सेनाले आईआरजीसी–हेजबुल्लाह बैठकको क्रममा लेबनानमा मिसाइल प्रहार गरेको छ।

इजरायली सेनाले लेबनानबाट प्रहार गरेका दुईवटा क्षेप्यास्त्रलाई सतहबाट खसालेको छ ।

इजरायल–लेबनान युद्धको बीचमा अमेरिकाले बेरुतबाट १ सय ४५ नागरिकलाई निकालेको छ।

इजरायलसँगको युद्धको बीचमा अष्ट्रेलियाले लेबनानबाट आफ्ना ४ सय ७ नागरिकलाई रातारात बाहिर निकालेको छ । यसअघि पनि धेरै देशले लेबनानबाट आफ्ना नागरिकलाई निकालिसकेका छन् ।

इजरायलले गएराति गाजा, लेबनान र सिरियामा ठूलो हमला गरेको छ । इजरायली सेनाले गाजाको अल–अक्सा मस्जिद र इब्न रुस्द स्कूललाई निशाना बनाएको थियो। यस हमलामा कम्तिमा २४ जनाको मृत्यु भएको छ भने ९३ जना घाइते भएका छन् ।

अर्कोतर्फ इरानले इजरायलविरुद्ध कडा रुपमा लड्ने बताएको छ । इजरायल र लेबनानबीचको युद्ध अब इजरायल र इरानमा परिणत भएको छ । अबको १२ घण्टा महत्वपूर्ण छ। कसैले कसैलाई आक्रमण गर्न सक्ने अनुमान गरिएको छ ।

इजरायली मन्त्रिपरिषद्ले इरानमाथि आक्रमण गर्ने स्वीकृति पाएको छ । इरानमाथि हमला गर्नुअघि इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले सन्देश जारी गरेका थिए । यसमा उनले इजरायलमाथिको आक्रमण स्वीकार्य नहुने बताए ।

इजरायल सात मोर्चामा युद्ध लडिरहेको छ। इजरायलमा भएको आक्रमणको पछाडि इरानको हात रहेको इजरेलले बताएको छ ।

इरानी सैनिकहरूले इजरायलसँग युद्ध गर्नुअघि युद्धाभ्यास गरेका छन्। IRGC ले युद्ध तयारीको भिडियो सार्वजनिक गरेको छ। यस्तै सबै मोर्चाहरूमा अलर्ट जारी गरेको छ।

इजरायलले अबेर राति दहियाका धेरै क्षेत्रमा आक्रमण गरेको थियो। बिहान ३ बजेसम्म इजरायलले बेरुतमा ९ वटा आक्रमण गरेको थियो । यस हवाई आक्रमणमा हिजबुल्लाहले ठूलो क्षति बेहोरेको छ ।

इजरायली सेनाले दक्षिण लेबनानमा भूमिगत कारबाही गरेदेखि अहिलेसम्म ४०० भन्दा बढी हिजबुल्लाह लडाकुलाई मारेको बताएको छ। हालैका आक्रमणहरूमा इजरायली सेनाले नसरल्लाह, उनका उत्तराधिकारी सफीद्दीन, हतियार सल्लाहकार मोहम्मद अनिसीलगायत धेरै कमाण्डरहरूलाई पनि मारेको छ।

इजरायलमा हमासको आक्रमण भएको भोलि एक वर्ष पूरा हुनेछ। यस विषयमा इजरायलमा उच्च सतर्कता छ। गत वर्ष अक्टोबर ७ मा हमासले इजरायलमा आक्रमण गरेको थियो । यस आक्रमणमा १२०० इजरायली मारिएका थिए ।

इजरायली हमलाले लेबनान फेरि हल्लाएको छ । रातभर बेरुत बमबारी भएको छ । यसबाहेक इजरायली सेनाले मध्य गाजामा पनि आक्रमण गरेको थियो । मस्जिदमा भएको आक्रमणमा १८ प्यालेस्टाइनीको मृत्यु भएको थियो ।

इजरायलले यमनमा पनि हुथी विद्रोहीविरुद्ध बमबारी गरेको छ।

इजरायलले गाजामा फेरि एकपटक जमिनी परिचालन सुरु गरेको छ । इजरायलले गएराति गाजा, लेबनान र सिरियामा एकैसाथ बमबारी गरेको थियो । इजरायली आक्रमणमा गाजामा धेरै मानिसको मृत्यु भएको छ भने धेरै घाइते भएका छन् ।

इजरायल र लेबनानबीचको युद्धका कारण अहिले मध्यपूर्वमा चरम तनाव छ । इरानले लेबनानलाई समर्थन गरेर यो युद्धमा ठूलो भूमिका खेलिरहेको छ। हिजबुल्लाह प्रमुख हसन नसरल्लाहको मृत्युपछि यो युद्ध चर्किएको छ ।

नसरल्लाहको मृत्युपछि इरानले अचानक इजरायलमाथि आक्रमण गरेको थियो । इरानले इजरायलमा २०० भन्दा बढी मिसाइल प्रहार गरेको छ । त्यसयता इजरायलले लेबनानमाथि लगातार आक्रमण गरिरहेको छ ।

हिजबुल्लाह लडाकुहरू मारिएका छन्। इजरायली सेनाले बेरुतमा रातभर श्रृङ्खलाबद्ध हवाई आक्रमण गरेको छ। हिजबुल्लाहका धेरै स्थानहरू ध्वस्त भएका छन्। हालै इरानका सर्वोच्च कमाण्डर तथा सर्वोच्च नेता अली खामेनीले इजरायललाई चेतावनी दिएका थिए ।

उनले इजरायलमाथिको आक्रमणलाई जायज ठहर गरेका थिए। अर्कोतर्फ इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले इरानलाई धम्की दिएका छन् । इरान अब इजरायल लेबनान युद्धमा प्रत्यक्ष संलग्न भएको छ।

Advertisement

भर्खरको समाचार

पुटिनको ज्यान जोखिममा, सुरक्षा बढाइयो

Vladimir-Putin

मलको हाहाकार र युद्धको बाछिटाः बालेनले किसानलाई मल देलान् ?

8f3c375b-11be-4738-96c3-2d56f6d2d987

राजा महेन्द्रको मौनताले गुमेको थियो लिपुलेक र कालापानी ?

mahendra-bir-bikram-shah-dev-59d8aa66ea8d42.19514437_MYCML1jMkd

रास्वपाबाट पालिकाको उम्मेदवार बन्न पनि चुनाव जित्नु पर्ने

balen rabi rasopa team

अमेरिकी एफ–३५ लडाकु विमान खसाल्ने चिनियाँ ‘ट्युटोरियल’ भाइरल

Screenshot 2026-05-04 132111

होर्मुजमा ट्रम्पले घोषणा गरेको प्रोजेक्ट फ्रिडम के हो ?

HORMUZ

बालेन सरकार र शीतल निवासबीचको सम्बन्धमा दरार ? यस्ता छन् ३ विकल्प

42412c11-68f9-4814-ade7-2710d505dd4c

लिपुलेकबारे नेपालको कडा नोटपछि मध्यरातमा भारतले के दियो जवाफ ?

Screenshot 2026-05-04 102749

जर्मनीबाट ५ हजार सेना फर्काउँदै अमेरिका, इरान युद्धले बढायो विवाद

iran-flag_TkC5X0MaQr

आज पनि वर्षा र हुरी, कहाँको मौसम कस्तो ?

mausam-2075-12-18-768x388

सम्बन्धित खबरहरु

Scroll to Top