×

NEPAL TIMES UPDATES

Playing
वैशाख १२ को एक दशकः भत्किएका संरचना कति बने, कति बाँकी? || Nepal Times
Apr 25, 2026
Playing
बलिङ चम्किँदा यूएईमाथि नेपालको जित|| Nepal Times
Apr 25, 2026
Playing
Watch Top15 News Of The Day in 6 Minutes || Nepal Times
Apr 25, 2026
Playing
थापाथलीका सुकुमबासीः ९०%सँग अन्यत्रै जग्गा, एकै जनासँग २५ रोपनी || Nepal Times
Apr 25, 2026
Playing
सरकारले कसरी ‘स्क्रिनिङ’ गर्दैछ वास्तविक सुकुम्बासी ? || Nepal Times
Apr 25, 2026
Playing
यु*द्धमा असहयोग गरेको भन्दै नेटोलाई दण्ड दिने ट्रम्पको तयारी || Nepal Times
Apr 25, 2026
Playing
World News: नेतन्याहुलाई क्यान्सर, दक्षिण एसियाली बेहुली अब ‘वान ग्राम गोल्ड’तर्फ || Nepal Times
Apr 25, 2026
Playing
Top 15 Afternoon News || April-25-2026 || Nepal Times
Apr 25, 2026
Playing
नेतन्याहुले ट्रम्पलाई घुमाए, भ्रममा पारेर इरानमा फसाए|| Nepal Times
Apr 25, 2026
Playing
समाजसेवीको आवरणमा आर्थिक अपराध? शेखर गोल्छा किन प क्राउ परे ? || Nepal Times
Apr 25, 2026

चुनाव प्रचारमा पैसाको खोलो बगाउँदै ट्रप र ह्यारिस

२१ आश्विन २०८१

२१ असोज , एजेन्सी ।

अमेरिकामा राष्ट्रपति पदको निर्वाचन नजिकिरहेको छ । त्यहाँ ५ नोभेम्बरमा निर्वाचन हुँदैछ । निर्वाचन अमेरिकामा हुने र अमेरिकी नागरिकहरुले आफ्नालागि राष्ट्रपति चुन्ने भएपनि यो चुनाव विश्वकै लागि चासोको विषय बनेको छ ।

Advertisement
Advertisement

अहिलेसम्म विश्वकै पहिलो महाशक्तिका रुपमा रहेको देशको कार्यकारी प्रमुखका लागि हुने निर्वाचनप्रति संसारकै चासो स्वाभाविक पनि हो । राष्ट्रपति पदको निर्वाचन प्रक्रिया सुरु भएपछि उम्मेदवार र विश्व राजनीतिमा विभिन्न विषय उठेका छन् ।

पहिलो त डेमोक्र्याटले पहिलो बहसमा नै आफ्नो दलका उम्मेदवार वर्तमान राष्ट्रपति जो बाइडेन फितलो भएको महसुससँगै नयाँ उम्मेदवारको बाटो रोज्यो । रिपब्लिक उम्मेदवार डोनाल्ड ट्रम्पको हत्याको प्रयास चुनावी कार्यक्रममै गोली हानेर भयो ।

यस निर्वाचनको प्रचारमा केही व्यक्तिको उपस्थितिलाई महत्त्वका साथ हेरिएको छ । अमेरिकाको निर्वाचनमा टेस्लाका मालिक एलन मस्कदेखि पूर्व राष्ट्रपति बाराक ओबामा समेत प्रचारमा ओर्लिए । यसलाई रोचक ढंगले हेरिएको छ ।

कुनै पनि क्षेत्रमा आर्थिक शक्ति कति रहने भन्ने कुरा पक्कै पनि महत्त्व बोक्ने विषय हो । पैसा सबै थोक होइन । तर, यसको मतलब यो होइन कि पैसा केही पनि होइन । निर्वाचनको प्रचारप्रसारमा गरिएका खर्च अहिले निकाल्न थालिएको छ ।

प्रचारप्रसार पनि भोट स्विङ हुने स्थानमा अझ बढी हुने गरेको छ । कमला ह्यारिसले सबै भन्दा धेरै खर्च ‘ब्लु वाल’ राज्यमा गरेकी छन् । त्यसमध्ये पेनसेल्भिनयामा ५० लाख र मिचिगनमा ४० लाख अमेरिकी डलर निर्धारण गरिएको छ ।

विन्सीकनमा २७ लाख अमेरिकी डलर खर्च तय भएको छ । यी तीन वटै राज्यमा सफलता पाउनुका साथै नेबरास्कामा सफलता पाए ह्यारिसको जितको बाटो तय हुनसक्छ ।ट्रम्पको पनि अभियान त्यस्तै छ ।

उनको पेनसेल्भिनियको खर्च ३८ लख अमेरिकी डलर, नर्थ क्यारोलिनमा ३४ तथा जर्जियामा ३० लाख अमेरिकी डलर तय गरिएको छ । यी तीन वटै राज्यमा सफलता पाउँदै फेरि ह्वाइट हाउस प्रवेश गर्ने ट्रम्पको योजना छ ।

बिलिनियर एलन मस्क लगायतको सहयोगले ट्रम्प मतदाताको ढोका ढकढक्याउने परम्परागत शैली भन्दा फरक ढंगले अघि बढ्ने अपेक्षा गरिएको छ । नियमित मतदान नगर्नेका लागि ट्रम्पले मतदाता शिक्षाकै योजना बनाएका छन् ।

यो अभियानमा ह्यारिसको साथमा केही नाम चलेका अनुहार हुनेछन् । पूर्व राष्ट्रपति बाराक ओबामाले उनका लागि अबको २८ दिन खर्चने भएका छन् । २८ दिनमा उनले इमेल गर्ने र चन्दा उठाउने काम गर्नेछन् ।

ट्रम्पसँग असहमत भएका रिपब्लिक लिज चेनी लगायत यस निर्वाचनमा ह्यारिसको पक्षमा उभिएका छन् । उनीहरूले ट्रम्पको विकल्प खोजी रहेका मतदातालाई ‘कन्भिन्स’ गर्ने प्रयास गर्नेछन् । ट्रम्पले शनिबार मात्र मस्कलाई कार्यक्रममा उपस्थित गराए ।

तर पूर्व राष्ट्रपति जर्ज डब्ल्यु बुसले केही बोलेका छैनन् । उनका उपराष्ट्रपति डिक चेनीले त ह्यारिसलाई मतदान गर्ने बताइ सकेका छन् । हालै भएको कर कटौतीको निर्णयले धेरै जनाका लागि घर र कार खरिद गर्न सहज भएको छ ।

सेप्टेम्बर महिनामा आएको बेरोजगारी कमीले डेमोक्र्याटलाई लाभ पुग्ने छ । तर पूर्वी तटीय बन्दरगाहको आन्दोलन नै निर्वाचनमा सरिक नहुने निर्णय परिणत भए कठिन हुनेछ । अहिले तेलको मूल्य एउटा चुनावी मुद्दा बनेको छ ।

तर, ट्रम्प नै विजयी हुने र लगत्तै अझ मूल्य वृद्धि भएमा हुनसक्ने झन् पीडाका विषय पनि उठ्न थालेका छन् । ह्यारिसको उम्मेदवारीको घोषणा लगत्तै उनको पक्षमा मतदाता बढ्दै गएका थिए । त्यो अहिले स्थिर भएको छ । मुद्रास्फीतिको मुद्दालाई रिपब्लिकले उठाए पनि अहिलेसम्म त्यसले खासै धेरै प्रभाव पारेको छैन ।

उत्तरी क्यारोलिना र जर्जिया हेलेन आँधीका कारण अत्यधिक प्रभावित क्षेत्र हुन् । धेरै जना हराएका छन् । सो क्षेत्रमा निर्वाचनको समयसम्ममा सरकारले खुसी तुल्याउने या निराशा बढाउने भन्ने प्रश्नले धेरै अर्थ राख्नसक्छ ।

यस्तै यता अहिले मध्यपूर्वको अवस्था नै ह्यारिसको सबैभन्दा ठुलो चिन्ताको विषय हो । अगस्टमा भएको डेमोक्र्याटको सम्मेलनमा त्यहाँका प्यालेस्टाइनी उपस्थित भएनन् । ह्यारिस इजरायली र प्यालेस्टानी दुवैलाई सन्तुलन मिलाउन लागि परेकी छन् ।

अहिले मध्यपूर्वको अवस्था फेरिएको छ । लेबनानमा इजरायलले आक्रमण गरेको छ भने इरानसँग पनि इजरायलको युद्ध सुरु भइसकेको अवस्था छ । यसको असर अमेरिकी निर्वाचनमा पर्नसक्छ ।

खासमा यहुदीको बसोबास रहेको मिसिगनमा मध्यपूर्वको अवस्थाले प्रभाव पार्नसक्छ । मिसिगनमै अरब अमेरिकनले ह्यारिसले इजरायलसँग बाइडेनले बनाएको नीतिलाई फेर्न अनुरोध गरेका छन्।

यसले उनलाई थप सङ्कटमा पारेको छ । अरब अमेरिकन र प्यालेस्टाइनलाई सन्तुलनमा ल्याउनु नै उनका लागि यो निर्वाचन जित्न सबै भन्दा चुनौतीपूर्ण विषय हो ।सन् २०२० को निर्वाचनको परिणाम आएपछि ट्रम्पले गरेको कार्यको सुनुवाइ अहिलेलाई स्थगित भएको छ ।

त्यसले निर्वाचनमा प्रभाव पार्छ या पार्दैन भन्ने अहिलेको मूल विषय हो। त्यसो त ह्यारिसका लागि थप चुनौती छन्। २८ प्रतिशत अमेरिकी मात्र अहिले देश सही दिशामा गइरहेको बताउँछन् ।

सन् २०२०मा बाइडेन राष्ट्रपतिमा निर्वाचित हुँदा यो सङ्ख्या ४० प्रतिशत थियो । यसले बाइडेन प्रशासन प्रतिको असन्तुष्टिलाई पनि चित्रण गरेको छ । सन् १९८० यता सत्तारुढ दलका उम्मेदवारले जित हात पारेको समयमा देश सही बाटोमा गएको भन्नेको सङ्ख्यामा औसतमा ४२ प्रतिशत छ ।

सत्तारुढ दलले हार सहेको समयमा देश सही बाटोमा गएको छैन भन्नेको औसत सङ्ख्या २५ प्रतिशत छ । यसअघि सबैभन्दा कम देश सही बाटोमा गएको छ भनेर सत्तारुढ दलले जितेको सङ्ख्या ३८ प्रतिशत हो ।

Advertisement

यो तथ्यांक आफैमा ह्यारिसका लागि अत्याउने खालको हो । तर यसका बाबजुद ह्यारिस र ट्रम्पको बिचमा तुलना गर्दा ह्यारिस १० विविध विषयमा ट्रम्प भन्दा लोकप्रिय रहेको जनाइन्छ । सन् २०१६ मा जित हात पार्दा पनि ट्रम्प लोकप्रिय थिएनन् ।

भर्खरको समाचार

बालेनलाई सुकुम्बासीको सहयोग, शान्तिपूर्ण चल्यो डोजर

680114328_961789743107710_1313447741745316430_n

स्वागत नगरेको भन्दै सांसद विश्वराजले प्रधानाध्यापकलाई थर्काए, अहंकारको पराकाष्ठा

1569e5cc-f7be-4341-96dd-a772970307a0

देउवाले उल्टाउन नसकेको ओलीको निर्णय बालेनले उल्ट्याइदिए

677108931_958688953417789_3450960544499223528_n

काठमाडौंमा चीन vs अमेरिका vs भारतः विदेशी मन्त्रीहरुको दौडधुप किन बढ्यो?

0a03b400-ca0e-429c-9985-e9aeed50e92d

प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपतिको पक्षमा उभिए हर्क साम्पाङ

harka-sampang-samsad (1)

रविविरुद्धको मुद्दा सुनुवाइको लागि पूर्ण इजलासमा पेसी तोकियो

rabi

होर्मुजमा बारूदी सुरूङ हटाउन अमेरिकालाई ६ महिना लाग्ने

Ships and tankers in the Strait of Hormuz off the coast of Musandam, Oman, April 18, 2026. REUTERS

रवि र बालेनलाई मिलाउने ’मध्यस्थकर्ता’ को बर्हिगमन

675339936_959607513325933_4791161060987648326_n

इरान युद्धमा एक्लिदै ट्रम्प,अमेरिकी नौसेना प्रमुखको राजीनामा, मृत्युदण्ड रोकियो

Trump-Meets-With-Airline-Industry-CEOs-At-The-White-House-GettyImages-634384672-e1531160098739-1024x503

शनिबारदेखि आइतबारसम्ममा थापाथलीको सुकुम्बासी बस्ती खाली हुने

675179624_957832480170103_1281439396769404877_n

सम्बन्धित खबरहरु

Scroll to Top